शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारकाे व्यायाम गरीरहेका देखिन्छन् । पुरूष र महिला दुबैले हिजाेअाज अाफ्नाे शारीरिक तन्दुरुस्ति र स्वास्थ्यकाे लागि व्यायामलार्इ समय छुट्याएका हुन्छन् ।
अाज लेख्दैछु यस्तै दुर्इ जना महिलाहरूकाे बारेमा जसले व्यायामलार्इ अाफ्नाे लगन बनाएका छन् । नियमित व्यायामका साथसाथै खानपानमा विशेष ध्यान दिएकै कारणले यी दुबैले अाफ्नाे शारीरिक कायापलट मात्र हैन धेरै अरूलार्इ प्रेरणा पनि दिएका छन् । भारतकाे गुजरात राज्यस्थित अहमदाबादमा बस्ने सपना व्यास कुनैबेला ८६ केजी थिइन् । व्यायाम प्रतिकाे अाकर्षणले उनलार्इ ५३ केजीकी तन्दुरुस्त मात्रै बनाएन व्यायाम र पाेषणमा गम्भीर अध्ययन गर्ने समेत बनायाे । यसै लगनले गर्दा पाेषणमा पिएच् डी गरेकी व्यास हाल एक चर्चित व्यायाम तथा पाेषण प्रशिक्षक हुन् । यसैगरी नेपालकाे पाेखरा निवासी अदिति गुरुङ मात्र तीनवर्ष अघि ९० केजी थिइन् । तन्दुरुस्त हुन व्यायाम थालेकी अदिति हाल ६० केजी भएकी मात्रै हाेइनन् अाफैमा एक प्रमाणपत्र प्राप्त व्यायाम प्रशिक्षक पनि भैसकेकी छन् । अध्ययनले पेडियाट्रिक नर्सिङकी विशेषज्ञ गुरुङ पाेखरा विश्वविद्यालयकी उपप्राध्यापक हुन् । सपना र अदितिकाे परिश्रम र सफलताकाे कथाबाट मैले चाहिँ निरन्तर प्रेरणा लिएकाे छु । यदि तपार्इँ पनि चाहनुहुन्छ भने सपना व्यासकाे फेसबुक तथा इन्स्टाग्राम र अदिति गुरूङकाे फेसबुक तथा इन्स्टाग्राममा गएर व्यायाम र पाेषण सम्बन्धि थप जानकारी र प्रेरणा लिन सक्नुहुन्छ । (चित्रः सपना र अदितिकाे इन्स्टाग्रामबाट पूर्व अनुमतिका साथ प्रकाशित )
सन् १९५० जनवरि १५का दिन भारत उत्तर प्रदेशकाे जाैनपुर जिल्ला अन्तर्गत शांडिखुर्द नामक गाउँमा संस्कृत भाषाका पण्डित राजदेव मिश्र र माता शचीदेवीकाे घरमा एक बालककाे जन्म भयाे । उनकाे नाम गिरिधर मिश्र भनेर राखियाे । बालक गिरिधरकाे २ महिनाकै उमेरमा गलत उपचारका कारण दुबै अाँखाकाेज्याेति नष्ट भयाे । अाधुनिक तथा परम्परागत उपचारका अनेक उपाय गर्दा पनि उनकाे अाँखाकाे ज्याेति फर्कन सकेन । त्यसैले त्यसपछि न त उनले कहिल्यै अक्षर पढ्न नै सके न त लेख्न नै । बालककालदेखि नै एकपटक सुनेपछि कण्ठस्थ भैहाल्ने गुणका कारण उनले ब्रेललिपि पनि सिकेनन् । उनले सुनेर पढ्छन् भने बाेलेर अरूलार्इ लेखाएर काम चलाउँछन्।
सानै उमेरमा गिरिधर मिश्रले अाफ्ना पितामहबाट सुनेरै १५ दिनमा गीता (७०० श्लाेक)र ६० दिनमा रामचरितमानस (१०,९०० चाैपार्इ) कण्ठस्थ गरे । सत्र वर्षकाे उमेरसम्म कुनै अाैपचािरक शिक्षा नलिए तापनि उनले रामायण, महाभारत, भागवत, वेद, उपनिषद् अादि अनेक ग्रन्थ पढीसकेका थिए । उनका मातापिताकाे उनलार्इ कथावाचक बनाउने मन थियाे । तर गिरिधरले अाैपचािरक शिक्षा प्राप्त गर्न मन गरे । सत्र वर्षकाे उमेरमा उनी सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीमा प्रविष्ट भए । त्यहाँ चारवर्ष पढेपछि उनले उत्तरमध्यमा (प्रमाणपत्र तह)उत्तीर्ण गरे । संस्कृत व्याकरणका अतिरिक्त हिन्दी, अंग्रेजी, इतिहास र भूगाेल उनका विषय थिए । त्यसपछि उनले औपचारिक रूपमा व्याकरण विषयमा १९७४मा शास्त्री (स्नातक) र १९७६मा अाचार्य (स्नातकाेत्तर) पढेर विश्वविद्यालय प्रथम भए तापनि उनकाे अद्वितीय क्षमता देखेर विश्वविद्यालयले उनलार्इ एकै पटक विश्वविद्यालयमा पढार्इ हुने सबै विषयकाे अाचार्य उपाधि प्रदान गर्याे । उनले १९८१ मा र १९९७ मा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाटै उनले पाणिनीय व्याकरण विषयमै विद्यावारिधि तथा वाचस्पति (डी लिट्) उपाधि समेत प्राप्त गरे । विद्यावारिधि पछि उनलार्इ साेही विश्वविद्यालयमा व्याकरण विभागकाे अध्यक्ष हुन अाग्रह गरियाे तर धार्मिक जीवन बिताउन रूचाउने भन्दै उनले त्याे प्रस्तावलार्इ अस्वीकार गरे । उनले वैष्णव रामानन्द सम्प्रदायकाे दीक्षा लिए र गिरिधर मिश्रबाट रामभद्रदास हुँदै रामभद्राचार्य भए । हिन्दी र संस्कृत का अतिरिक्त उनी धाराप्रवाह अंग्रेजी, फ्रेन्च, भाेजपुरी, मैथिली, गुजराती, उडिया पञ्जाबी, अबधि, मगधि, ब्रज आदि भाषामा अधिकार राख्दछन् । उनका काव्य तथा शास्त्रका विषयमा अनेक भाषामा ५० भन्दा बढी पुस्तक प्रकाशित छन् ।
उनले सामाजिक सेवाकाे लागि चित्रकुटमा तुलसी पीठ र जगद्गुरु रामभद्राचार्य विकलाङ्ग विश्वविद्यालय पनि खाेलेका छन् । याे विश्वविद्यालयमा दृष्टि, श्रवण, चलन, र मानसिक सबै विकलाङ्गता भएका विद्यार्थीहरूलार्इ अलग अलग विभिन्न विषयमा उच्च अध्ययनकाे सुविधा छ । विश्व भरिमै विकलाङ्गहरूका लागि यो पहिलो विश्वविद्यालय हो ।
विद्यार्थी जीवनमा अनेक स्वर्णपदक जितेका उनले एकपटक अाचार्यकक्षामा पढ्दै गर्दा (१९७५-७६) नयाँ दिल्लीमा अायाेजित अखिलभारतीय संस्कृत सम्मेलनमा संस्कृतका अाठ शास्त्रमा विद्वत्ता प्रदर्शन गरे बापत दिइने अाठमध्ये व्याकरण, सांख्य, न्याय, वेदान्त र संस्कृतश्लाेकअन्ताक्षरी गरी पाँच विधामा स्वर्णपदक जितेका थिए । पदक दिँदै गर्दा उनकाे विद्वत्ताबाट प्रभावित त्याे बेलाकाे भारतकी सर्वशक्तिमान प्रधानमन्त्री इन्दिरा गान्धीले उनलार्इ अाफ्नाे खर्चमा अमेरिका अाँखाकाे उपचार गर्न पठाउने प्रस्ताव गरिन् । गिरधर मिश्रले इन्दिरा गान्धीकाे प्रस्तावलार्इ तलकाे श्लाेकमै उत्तर दिँदै अस्वीकार गरिदिए ।
याे (चर्मचक्षुले देखिने) पतित संसारमा के नै छ र हेर्नु ? असत्य, दाेषैदाेष, क्षुद्रमान्छेका विवाद, छल, र पापाचारदेखि बाहेक ? हेर्नु नै छ भने त (दीव्यचक्षुले अाफ्नै मनमा )सुन्दर बालककाे स्वरूप लिएका घुम्रिएकाे कपालले मुखारबिन्द ढाकेका सच्चिदानन्दस्वरूप तारणहार श्रीरामलार्इ पाे हेर्नु !
कुनै समयमा एउटा गाेठालाे अाफ्ना भेडाहरूकाे विशाल बथानका साथ चरन तर्फ गैरहेकाे थियाे । यस्तैमा विपरीत दिशाबाट एउटा मान्छे अाएर गाेठालाेलार्इ भन्याे - "हेर गाेठाला! तिम्राे याे विशाल बथानमा कति भेडा छन् भनेर म नगनीकन ठ्याक्कै भन्नसक्छु नि!" "हाे र ?" गाेठालाले अचम्म मान्दै साेध्याे, "तिमीले ठ्याक्कै मिलायाै भने म तिमीलार्इ एउटा भेडा उपहारमै दिन्छु!" "लाै भन त! तिम्राे बथानमा ८८४ भेडा छन् हाे कि हाेइन ?" त्याे मान्छेले भन्याे ।"अाेहाे तिमीले त ठ्याक्कै पार्यौ!, एउटा भेडा राेजेर लैजाऊ" गोठालाले चकित पर्दै भन्यो । त्यो मानिसले रोजेर एउटा जन्तु काँधमा हालेर लैजान खोज्दै थियो, गोठालाले भन्यो, "सुन त! म पनि तिम्रो पेशा नसोधिकन नै भन्नसक्छु नि!, तिमी पक्कै पनि अर्थशास्त्री हुनुपर्छ, होइन त? " अब छक्क पर्ने पालो त्यो मान्छेको थियो, उसले उदेक मान्दै सोध्यो-"हो, म अर्थशास्त्री नै हुँ, तर तिमीले कसरी ठ्याक्कै पार्यौ? मैले भेडाको संख्या ठ्याक्कै मिलाएकाले होला हैन?" "हो शङ्का त मलाई त्यतिबेलै लागेको हो तर जब तिमीले मेरो कुकुर रोजेर काँधमा हाल्यौ, त्यसपछि मलाई पक्का भयो।" गोठालाले जबाफ दियो । (चित्रः विकिमिडिया कमन्स)
~शिव सङ्कल्प धेरै नेपालीहरूले झैँ मैले पनि सानै देखि बीबीसी नेपाली सेवा सुन्थेँ । प्रचण्डमान सिंह, खगेन्द्र नेपाली, मणि राणा, स्वर्णिम वाग्ले सुमन खरेलहरूलार्इ सुनेकाे याद छ । म कुरा बुझ्ने हुँदै जानु रवीन्द्र मिश्र बीबीसीमा अाउनु सँगै जस्ताे भयाे । हाल तिनै रवीन्द्र मिश्र चुनावमा उठेकाे प्रसङ्गमा यी अनुच्छेदहरू लेखिँदै छन् ।
ठूलाे संख्यामा नेपालीहरू बेलुका पाैने नाै बजेपछि बीबीसी नेपाली सेवा सुन्छन् । हाम्राे घरमा पनि याे कार्यक्रम सुनिन्थ्याे । तर हाम्राे घरमा यस बाहेक अल इण्डिया रेडियाे, चिनियाँ अन्तराष्ट्रिय रेडियाेकाे नेपाली सेवा, भ्वाइस अफ अमेरिका, डचे बेले, अावाज प्रष्ट अाएसम्म रेडियाे पाकिस्तान, फिलिपिन्स, अष्ट्रेलियाका रेडियाे समेत सुन्ने चलन थियाे । तर कुरा बुझ्ने हुँदै जाँदा मैले बीबीसी सुन्न छाडेँ । संचारकाे नयाँ युग सँगै अन्य रेडियाेहरूका स्थान पनि तिनै समाचार संस्थाका वेबपेजहरूले लिँदै गए ।
मैले बीबीसी सुन्न छाड्नुका धेरै कारण छन् । इराक, लिबिया, अफगानिस्तान, सिरिया, उत्तर काेरिया, साउदी अरेबिया, पाकिस्तान अादिका समाचारमा बीबीसीकाे निष्पक्षताकाे स्तर जर्मनीकाे डचे बेलेकै तुलनामा पनि निम्न काेटीकाे सुनिनु, रवीन्द्र मिश्रकाे प्रश्न गर्ने शैली मलार्इ व्यक्तिगत रूपमा असम्मानजनक र एउटा भद्र पत्रकारकाे लागि अशाेभनीय लाग्नु, भाषिक रूपमा असंगत प्रयाेग निरन्तर गरिनु (जस्तैः फलानाले 'पठाएका' याे रिपाेर्ट) अादि तीमध्ये प्रमुख हुन् ।अहिले त मैले याे सुन्न चटक्कै छाडेकाे पनि दश बाह्र वर्ष पुगिसकेकाे छ । अब चर्चा गराैँ रवीन्द्र मिश्रकाे जाे हालकाे चुनावमा उम्मेद्वारकाे रूपमा खडा छन् । अहिलेकाे परिप्रेक्ष्यमा भाेट हाल्न बडा कठिन छ । हामीसँग उठेकामध्ये कसैलार्इ पनि चुन्दिन भन्ने विकल्प उपलब्ध छैन । बदर गर्दा अज्ञानी ठहरिने अवस्था रहेकाे छ । पुराना दलले अाफ्नाे स्वरूप बारबार देखाइसकेकाे अवस्था छ । त अब भाेट हाल्ने पक्षमा रवीन्द्र मिश्र र उनकाे दलमात्रै विकल्पकाे रूपमा देखा परेका छन् । ती पनि सबै ठाउँमा छैनन् । भएका पनि धेरै ठाउँमा तिनकाे चर्चा छैन । यस्ताेमा जनताले नाम सुनेका विकल्प रवीन्द्र मिश्र नै हुन् । तिनकाे क्षेत्रका विकल्प खाेज्ने धेरैले उनलार्इ भाेट हाल्नेछन् । तर रवीन्द्र मिश्र भयङ्कर पराेपकारी हुन्, उनले देशलार्इ स्वाट्टै बदल्छन्, ठूलाे जागिर छाडेर अाएका छन् अादि विषयलार्इ लिएर पुराना दलका तलुवाचटुवाकै शैलीमा उनकाे स्तुतिगान गरिन्छ भने त्याे परिवर्तनकाे संकेत हाेइन । निःसन्देह एकपटक उनलार्इ भाेट दिन सकिन्छ तर उनलार्इ निरन्तर खबरदारी गर्न र अावश्यक परेमा पाँच वर्ष पछि फेरी कहिल्यै नउठ्ने गरेर बहिष्कार गर्न तयार रहनु पर्छ । जनताकाे यस्तै विचेत शैलीले चुनिएकाहरूले हामीलार्इ धाेका दिने हुन् । विगतका हाम्रा गल्ती तिनै हुन् जब हामीले निरन्तरै एकै शैलीका मान्छेलार्इ चुनिरह्याैँ, कसैलार्इ पनि कहिल्यै उठ्न नसक्ने गरेर बहिष्कार गर्न सकेनाैँ र तिनले हामीलार्इ वारंवार धाेका दिए । रवीन्द्रले हामीलार्इ धाेका देलान् कि नदेलान् त ? त्याे समयकाे गर्भमा छ । तर विगतकाे अाधारमा केही विश्लेषण भने गर्न सकिन्छ ।
रवीन्द्र मिश्रले लामाे समयसम्म विदेशी संचार माध्यममा जागिर खाए । जति नै स्वतन्त्र भने पनि त्यहाँ रहँदा उनले जानेर नजानेर मालिककाे नीतिगत विचारकै पक्षपोषण गर्नुपर्याे । त्यहाँ रहँदा उनलार्इ याे सबैकाे चेत खुलेर राजीनामा दिएका हुन् कि ? उनलार्इ साँच्चै देशकाे मायाले पिराेलेकाे हाे कि? कि उनी कुनै अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइनका पात्र बनेका हुन् ? यसकाे उत्तर खाेज्न रवीन्द्रकाे अागामी राजनैतिक क्रियाकलाप हेर्नै पर्छ । तर पुरातन शैलीका याेगदानशून्य मानिसहरूलार्इ पटक पटक चुनेका हामीले एकपटक उनलार्इ चुन्दैमा केही बित्दैन । उनलार्इ चुनेर उनलार्इ काम गर्न अवसर दिन सकिन्छ । अाशा गर्न सकिन्छ कि बीबीसीमा पश्चिमा हैकमवादकाे छायाँले गाँजिएर केहि त अाफ्नै देशमा गराैँ भन्ने भाव जागेर नै पाे उनी राजनीतिमा छिरेका हुन् कि ? कल्याणकारी काेषकाे कल्याणकारी नै प्रयाेग गर्ने मन रहँदा रहँदै पनि सबै भन्दा अावश्यक ठाउँहरूमा प्रयाेग हुन नसकेकाे हाे कि? जनताका दबाबले उनलार्इ साँच्चै भित्रबाट राम्राे गर्न प्रेरणा दिन्छ कि?
यदि याे सबै भएमा पनि रवीन्द्र मिश्रकाे अागामी मार्ग कठाेर छ । हाम्राे शासकीय स्वरूप खर्चिलाे बनाइएकाे छ । मिश्रित चुनाव प्रणालीले सरकारकाे समर्थन सीमित बनाएकाे छ । शासनतन्त्रकाे खर्च ठूलाे छ । शासक र शासित बीच खाडल बढ्दाे छ । अार्थिक अात्मनिर्भरताकाे तर्फ दूरदूरसम्म पनि अाशालाग्दा किरणहरू छैनन् । वैकल्पिक मानिएका शक्तिहरूले अाफूलार्इ विश्वास गर्ने गतिला अाधारहरू दिन सकेका छैनन् । जनतामा चरम निराशा र अात्मविश्वासकाे अभाव छ । टाढाबाढाहरू कुनै शक्तिकेन्द्रकाे संरक्षणमा पर्न पाए हुन्थ्याे भन्ने दाउमा छन् । बुद्धिजीवि भनिएकाहरू कुबुद्धिजीवि छन् । समाजमा भय, लाेभ र पाप व्याप्त छ, पापी र बिकेकाहरूकाे ठूलाे जमात छ र त्याे भन्दा ठूलाे जमात अवसर पाए पाप गर्न र बिक्न पालाे पर्खेकाहरूकाे छ । यस्ताे प्रतिकूल परिस्थितिमा पनि एकजना दुर्इ जना भए पनि हिम्मत हार्न भने हुँदैन । परिवर्तनका लागि प्रयास गरी नै रहनुपर्छ । अबका परिवर्तनकामीहरूले व्यापक रूपमा जनचेतनाकाे अभिवृद्धिमा लाग्नुपर्छ । अाफ्नाे अार्थिक चरित्र स्वच्छ राख्नसक्नु पर्छ । जनतामा अात्मविश्वास जगाउन सक्नुपर्छ । क्षमतावान् हरूलार्इ अवसर दिइनुपर्छ । सबै तिर भएका नकारात्मक प्रवृत्ति कम गराउँदै लान प्रयास गर्नु पर्छ । यसाे भएका हरेक दल राम्रा हुनेछन् , विवेकशील हुनेछन् र सबैका साझा हुनेछन् । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनेछ, जसले जिते पनि राम्रै गर्नेछन् । चुनावमा अाफूले जिते देश स्वर्ग र अर्काले देश नरक भनेर प्रचार गर्दा पनि पत्याएर सुन्ने जनता रहनेछैनन् । सबैकाे लक्ष्य सुशासन र विकास हुनेछ, लाेकतन्त्र रवीन्द्र मिश्रले भन्ने गरे जस्तो साँच्चैकाे लाेककल्याणकारी तन्त्र बन्नेछ ।
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूकाे संकुचन कहिल्यै पनि उनकाे अाफ्नै लागि भएन चाहे उनी एक्लै किन नहुन् उनलार्इ "विछट्टै राम्री" हुनै पर्याे जसरी बियाेन्से त्याे पातालकी गानसुन्दरी एकाबिहानै उद्घाेष गर्छे "म भर्खर उठ्दा नै यस्ती छु" "लियाेङ ली"का हलुवावेदका ससाना खैरा दागहरूले चुपचाप फल पाकेकाे जनाउ दिन्छन् मान्छेकाे संसारकी हलुवावेद चुपचाप पाक्न पनि सक्दिन उसले सुगन्ध छर्नै पर्छ जल्लादहरूलार्इ पत्ताे दिनै पर्छ "अाउ चिथाेर, चुस अनि निल खाउ मेराे मासु" एउटी नारीले सुगन्धित हुनै पर्छ अरू त अरू उनकाे गुह्यबाट पनि गुलाबकै काेपिलाकाे सुवास अाउनुपर्छ बिहानका सासहरू काेमल दण्ड हुन् प्रत्येक दिन उनले तराेताजा हुनैपर्छ चाहेर हाेस् या नचाहेरै पनि फूलदानमा सजिएकाे गुलाफले बासी हुन पाउँछ र ? तर गुलाफ, अति चहिकिलाे अनि रक्तिम कति काेमल त्याे जीवन फूलदानमा गुलाफ अलक्क झुर्रिए झैँ उनले पाउँछिन् र !, कहिल्यै खुसी ? खुसी ? गुलाफलार्इ खुसी हुन नपर्ला केटाकेटीहरू खुसी हुन्छन् तर नारी केटाकेटी हाेइनन् बालवासना गुलाफलार्इ मच्याकमुचुक पार्नु अपराध त हैन एउटी नारीले बगाउनैपर्छ अाँसु र रगत अनि पल्टिनुपर्छ निष्क्रिय धर्ती झैँ अनि खुँदिनुपर्छ लाेभी पैतालाहरूबाट ती कुलाहरू, खाेँचहरू अनि घाँसे मैदानहरू अनि त्याे समुद्र र लवणयुक्त जल, जहाँ जीवनका बीजहरू टुसाउँछन् त्याे कम्पनकारी रहस्यलाेक सदा सदाकाे लागि चढ्दै अनि सदा सदाकाे लागि अाेर्लँदै बज्छ त्याे सहनशक्तिकाे सङ्गीत
प्रत्येक दिन जीवनले उधिन्छ उनका चिलाउने घाउका भित्ताहरू खाेस्रन्छ उनका मृदुल मासुका पत्रहरू जसरी किसानले खाेतल्छ खेत अालु राेप्नुअघि कहिले त उनी फल दिन्छिन् कहिले सक्दिनन् अनि सुकसुकाउँछिन्
अाँखामुनि लत्रिएकाे छ मासु मानाैँ क्रुद्ध छन् उनका अनुहारका रगतका नसाहरू पनि घण्टाैँकाे राेदन पछि फुलेकाे छ नाथ्राे सक्दिनन् सामना गर्न एेनाकाे "कता लुकाउनु मैले मेराे थुतुनाे ?"
अनेक छन् शृंगारका साधन, ती लाली र पाउडरहरू अनि अनेक शीशी भरी छन् सहानुभूतिका झाेलहरू रङ उँडेका नारीका अनुहारहरूका लागि
उनी जे भेट्छन् हातहरूले, पाेतर्छिन् अनुहारमा छन्द्र्याङ्ग अावाज गर्दै खस्छन् शीशीहरू अनि उनकाे मुटुमा ढ्याङ्राे बज्छ तर अँध्याराे पलाउँदै जान्छ अनि बिस्तारै अाउँछे उन्मत्त मृत्युपरी जूनकाे उज्यालाेकाे प्वाँखमा चढेर काेतर्दै उनका अाँखा मुनिका मासुहरू थुपार्दै मासुका डल्ला उनकाे छिनेकाे कम्मरमा अनि भवन बन्छ कुरूप अाह! त्याे मर्त्यसंगीत !
Original
A woman is every face
with the awareness of being watched that little twich of her lip, or her frown is never entirely for her own, even when alone she is meant to ‘look’ glorious Beyonce announces for the world to see ‘I woke up like this.’
Li Young’s little brown spots, that mark the ripening of Parsimmons. Parsimmons in the human world cannot just ripen without any sign they must leave a trail of fragrance for her executioners to come find her eat her meat .
A woman must smell good, even her cunt should smell of rosebud the morning breaths are the gentle punishment she must undergo everyday fresh whether or not she feels to it Can a rose in a florist’s stand afford staleness? But a rose, so bright and bloody so delicate a creature as the rose pruned carefully in the florist’s stand, can she, but ever, be happy?
Happy? A rose need not be happy. Children are happy A woman isn’t a child paedophile to strangle a rose isn’t a crime a woman must bleed in tears and blood she must lay passive like a virgin land under the trampler’s greedy foot the creeks, the gorges, the turfs the sea the brine, where the seeds of life germinates the tremulous land of mystery forever rising, forever falling the symphonoy of endurance
each day,
the life etches into the walls of her reef ,
scrapping her tender flesh
like a farmer digging in to sow potato
sometimes, she yields
sometimes, she chokes
and weeps
the puffed up bags under her eye
the agitated blood capillaries on her face
the swollen sinus from hours of crying
she cannot face herself in the mirror
where must I hide this ugly face?
There are lotions, there are concealers
there are endless bottles filled with the syrup of sympathy
for the face of a woman gone ugly
She rummages through them
dabbing everything she can get her hands on
the bottles rattle and fall down with heavy, sinister sound
making her heart pound
but the darkness is setting soon
the melancholic angel of death
will be riding on the gentle, silvery filaments of moon
etching the fine lines around her eyes
stuffing a pound of meat, in the slim column of her waist
a building gone awry
the sigh
the music of mortals.
कुनै समयमा एउटा अाँपकाे रूखमा एकजाेडी बकुल्ला अानन्दसित बस्ने गर्थे । तर त्यही रूखकाे फेदकाे टाेँड्काेमा एउटा सर्प पनि बस्थ्याे । बकुल्लाले जति पटक अण्डा पारे पनि बकुल्ला चाराे खाेज्न गएकाे बेला सर्पले रूख चढेर अण्डा खाइदिन्थ्याे । पटक पटक याे घटना दाेहरिए पछि माउ बकुल्लालार्इ धेरै पीर पर्याे । उसलार्इ पीर परेकाे देखेर नर बकुल्लाले जुक्ति लगायाे । उसले यताउता खाेजेर एउटा न्याउरी मुसाकाे दुलाे भेट्टायाे र स-साना माछाहरू मारेर न्याउरीकाे दुलाेबाट अाँफू बस्ने रूखकाे फेदसम्म लहर मिलाएर राख्याे । नभन्दै न्याउरी मुसाे ती माछाहरू खाँदै उनीहरू बस्ने रूखकाे फेदसम्म अाइपुग्याे । बकुल्लाले चाहे जस्तै सर्प पनि अाफ्नाे दुलाेबाट निस्केकाे अवस्था पर्याे । हेर्दाहेर्दै न्याउरीले त्याे सर्प मारिदियाे । बकुल्लाका जाेडी खुसी भए । तर तिनकाे त्याे खुसी धेरैबेर टिकेन । बकुल्लाकाे अावाज सुनेकाे न्याउरीले रूख चढेर बकुल्लाका अण्डा र चल्ला पनि खाइदियाे ।
कस्ताे रैछ कर्म मेराे घरमा साैता पस्याे बरिलै... साैताकाे छ खटन पटन के खानु र मैले बरिलै... स्वामिज्यूकाे मीठाे वचन सुन्न मैले पाइन बरिलै... अाफ्नाे घुरकाे स्वामि पनि पराइ भयाे एेले बरिलै... याे गीत युट्युबमा खाेज्दा पाउन सकिएन । बिहान उठी पानी लिन जाँदा हजारीकाे फूलले बाटाे छेकेकाे.... न त याे नै पाइयाे । उसाे त केटाकेटीमा रेडियाे नेपालमा सुनेका मन परेका मधुबाबु थापा, चन्द्रकला शाह, बमबहादुर कार्की अादिका तीजका सबै गीत युट्युबमा पाउन साह्रै कठिन छ । तैपनि युट्युबमा भेटिएका मध्ये मलार्इ मन परेका दश गीत यहाँहरूकाे मनाेरञ्जनकाे लागि तल सूचीकृत गरेकाे छु । याे भन्दा राम्रा भेटिन्छन् भने टिप्पणी गर्नुहाेला । १०. ए बुडी तीज अायाे टिभी खाेल त
९. जसाे परे पर्ला
८. काेइ छैन किनेर ल्याइदिने काेइ छैन
७. अाइथी रे साली लाइथी रे कुरा
६. दुध र घिउ र खानि भा चट्ट कपाल काेर माया
५. तीज अायाे जाउ न बाबु दिदी लिनलार्इ
४. हम्क्याइलाे
३. घरै रमाइलाे कि माइतै रमाइलाे (४०.१४-४३.३७)
२.लिलै कतली (०.३८-५.४९) १. तिजैमा ल्याइदेकाे मेराे स्वामिराजाले (१५.२८-१९.४१)
याज्ञवल्क्यले गृहस्थाश्रम त्याग्ने बेलामा अाफ्ना दुर्इ पत्नीहरू कात्यायनी र मैत्रेयीमा अाफ्नाे सम्पत्ति बाँडिदिने विचार गरेर मैत्रेयीलार्इ साेधे । मैत्रेयीले साेधिन् "के संसारभरकाे धन पाएर पनि म अमर हुन सक्छु ?" याज्ञवल्क्यले भने "सक्दिनाै, तिम्राे जीवन धेरै धनी मान्छे जस्तै सुखी त हाेला तर धनले अमर भइँदैन ।" "त्यसाे भए कसरी अमर भइन्छ त ? मलार्इ त्याे बताउनुहाेस् " मैत्रेयीले अाग्रह गरिन् । "बडाे उत्तम प्रश्न गर्याै बस, सुन" याज्ञवल्क्यले शुरु गरे... "पतिकाे प्रेमले गर्दा पति प्रिय भएकाे हैन, अाफ्नै कारणले पति प्रिय भएकाे हाे । पत्नीकाे प्रेमले गर्दा पत्नी प्रिय भएकी हैनन्, अाफ्नै कारणले पत्नी प्रिय भएकी हुन् । छाेराछाेरीकाे प्रेमले गर्दा छाेराछाेरी प्रिय भएका हैनन्, अाफ्नै कारणले छाेराछाेरी प्रिय भएका हुन् । धनसम्पत्तिकाे प्रेमले गर्दा धनसम्पत्ति प्रिय भएका हैनन्, अाफ्नै कारणले धनसम्पत्ति प्रिय भएका हुन् । ब्रह्मप्रतिकाे प्रेमले गर्दा ब्रह्म प्रिय भएकाे हैन, अाफ्नै कारणले ब्रह्म प्रिय भएकाे हाे । क्षत्रप्रतिकाे प्रेमले गर्दा क्षत्र प्रिय भएकाे हैन, अाफ्नै कारणले क्षत्र प्रिय भएकाे हाे । संसारप्रतिकाे प्रेमले गर्दा संसार प्रिय भएकाे हैन अाफ्नै कारणले संसार प्रिय भएकाे हाे । देवताप्रतिकाे प्रेमले गर्दा देवता प्रिय भएका हैनन्, अाफ्नै कारणले देवता प्रिय भएका हुन् । जीवजन्तुप्रतिकाे प्रेमले गर्दा जीवजन्तु प्रिय भएका हैनन्, अाफ्नै कारणले जीवजन्तु प्रिय भएका हुन् । यसरी सबैकुरा प्रतिकाे प्रेमले गर्दा सबैकुरा प्रिय भएका हैनन्, अाफ्नै कारणले सबैकुरा प्रिय भएका हुन् । तसर्थ हे मैत्रेयी अाँफूलार्इ नै देख्न, सुन्न, जान्न, मनन गर्न प्रयास गर्नुपर्छ । अाँफैलार्इ देखे, सुने, गुने, जाने पछि नै सबै जानिन्छ । " यस्तै धेरै अात्मचर्चा पछि सबै सम्पत्ति कात्यायनीलार्इ छाडेर याज्ञवल्क्य र मैत्रेयी तपस्या गर्न वन पसे । (कथा बृहदारण्यक उपनिषद् बाट, चित्र किड्स् डट वाप्स डट अाेअारजीबाट )
अाजभन्दा करीब २७ वर्ष अघि २०४७ सालकाे साउन महिनाकै जस्ताे लाग्छ कुनै दिनकाे गाेरखापत्रकाे पहिलाे पृष्ठमा छापिएकाे १५ पुगेर १६ लाग्दै गरेकाे किशाेरकाे चित्र हाे याे । त्याे दिन फलामे ढाेका मानिने एसएलसी परीक्षाकाे परीक्षाफल प्रकाशित भएकाे थियाे । २०४६ माघमा सञ्चालित परीक्षाकाे परीक्षाफल प्रकाशित हुन त्याे साल २०४६ सालकाे परिवर्तनले गर्दा अतिरिक्त ढिला भएकाे थियाे । म मुश्किलले अाठ वर्षकाे थिएँ, महिना र गते यकीन याद नभए पनि मलार्इ स्पष्ट सम्झना छ गाेरखापत्रकाे त्याे अंकमा नेपालभ्रमणमा रहेका भारतीय विदेशमन्त्री अाइके गुजरालले नेपाली प्रधानमन्त्री कृष्णप्रसाद भट्टरार्इसित भेटेकाे तस्वीर सँगैकाे मुख्य समाचार मुनि त्याे साल एसएलसी बाेर्डफर्स्ट भएका नृपेश प्रधानका चित्रकाे छेउमै त्याे साल दाेस्राे भएका स्वर्णिम वाग्लेकाे याे चित्र छापिएकाे थियाे ।
समय बित्दै गयाे कालान्तरमा नृपेश प्रधानले चिकित्साशास्त्र पढे भने स्वर्णिम वाग्लेले अर्थशास्त्र । बेलायतकाे लण्डन स्कूल अव् इकाेनाेमिक्स, अमेरिकाकाे हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियाकाे अष्ट्रेलियन न्याशनल विश्वविद्यालयमा पढेका वाग्लेले विश्व बैंकका साथै संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायमा जागिर गरे । बेलायतमा रहँदा स्वर्णिम वाग्लेले बीबीसी नेपालीसेवामा समाचार पढ्ने समेत गर्दथे । गाेरखाकाे बुङ्काेट घर भएका नेपाली भाषाका शिक्षक पिता जीवन वाग्लेका छाेरा स्वर्णिमकाे नेपाली भाषाप्रति पनि लगाव रहेकाले उनले त्याे अवसर पाएका थिए । उनका समकालीन पश्चिमी मुलुकमा शिक्षादीक्षा पाएकाहरूकाे तुलनामा उनकाे नेपाली उच्चारण, शब्दभण्डार र शब्दचयनमा सजगता सह्रानीय छ ।
अहिले ४३ वर्ष पुगेका युवा स्वर्णिम वाग्लेकाे चर्चा पुनः एकपटक चलेकाे छ किनकी उनी हालै राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष नियुक्त भएका छन् । यस अघि पनि उक्त अायाेगका सदस्य रहीसकेका उनकाे चर्चा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सक्षम र अाशालाग्दा विशेषज्ञकाे रूपमा हुने गरेकाे छ । स्वर्णिम वाग्लेकाे अार्थिक याेगदान तथा कृतिहरूका अध्येता तथा अर्थशास्त्रमा गम्भीर रूचि राख्नेमलेशियामा अाैषधिविज्ञानकाे प्राध्यापक रहेका मेरा मित्र भुवन केसीकाे विचारमा स्वर्णिम वाग्ले नेपालकाे ग्रामीण अार्थिकविकासकाे संयन्त्रका कुशल संचालक हुन सक्छन् ।
विश्वविद्यालय अनुदान अायाेगका अनुसन्धान निर्देशक दीपक कुमार खड्का फेसबुकमा लेख्छन्-
"सरकार बदलिने बित्तिकै योजना आयोगको नेतृत्व बदल्ने नोक्सानको परम्परा त्यागी नेतृत्वलाई ‘आयोगको गठन तथा कार्यसञ्चालन आदेश २०६७’ को दफा १७ अनुसार नै ५ वर्षको कार्यकाल पुरा गर्न दिने हो भने डा. स्वर्णिम वाग्लेले योजना आयोगको भूमिका पुनर्परिभाषित गर्नेदेखि लिएर योग्य नेतृत्वले कसरी प्रतिकुलतामा पनि आश्चर्यजनक उपलब्धि हासिल गर्न सक्छ भनेर देखाउनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
सुयोग्यताले अवसर पाएको यो एक प्रेरक दृष्टान्त हो !"
तुलनात्मक रूपमा धेरै अार्थिक सुविधा भएकाे विदेशी जागिर छाडेर नेपाल अाएका स्वर्णिम वाग्लेले एउटा अन्तर्वार्तामा भनेका छन् "जीवनमा एक बिन्दु यस्ताे अाउँदाे रहेछ, जब मान्छेलार्इ लाग्छ कि जीवनमा बढी बढी अार्थिक सुविधा मात्रै भन्दा पनि मध्यमस्तरकाे जीवनयापन गरेर पनि अाफ्नै देशमा अाफूले जानेकाे विषयमा र त्याे पनि नीतिगत तहमा काम गर्न पाउनु महत्त्वपूर्ण लाग्दाे रहेछ "। तर उनकै शब्दमा भन्दा नेपालमा याेजना अायाेगकाे भूमिका र प्रभाव नै सीमित छ । यसकाे भूमिका नीतिकाे कार्यान्वयन भन्दा पनि सल्लाहकार निकायमै सीमित छ । यस्ताेमा माथि उल्लिखित दीपक कुमार खड्काकाे फेसबुक स्टाटसमा पाका पत्रकार हरि अधिकारीले गरेकाे टिप्पणी पनि मननीय हुन जान्छ - "योजना आयोगको भूमिका पुन:परिभाषित गर्ने भन्ने कुरा त्यसका अध्यक्ष प्रधानमन्त्रीको चाहना, सोच र योजना अनुसार मात्र हुने हो । हाम्रा स्वर्णिमले कुरो राख्नसम्म सक्लान् । वास्तवमा नीति निर्माणको प्रक्रिया तलबाट शुरू हुनु पर्दछ भन्ने विकेन्द्रीकृत योजना प्रणालीका दृष्टिले हेर्दा यो योजना आयोगको तामझाम नै बेकार देखिन्छ । नियंत्रित राजनीतिक व्यवस्थाका लागि मात्र सुहाउने हो यस्तो आयोग । नेपालका सन्दर्भमा त यसले मन्त्रालय विभागहरूसँग व्यवस्थापकीय द्वन्द्व बढाउने बाहेक खासै उपलब्धिमूलक काम गरेको छैन । "
नाम चलेकाे विद्यालयहरूमा पढेका, युवा र समकालीन भन्दा धेरै कुरामा पृथक् उनबाट अाशा लाग्नु स्वभाविकै छ । याेजना अायाेगकाे सदस्य रहँदा उनले कम खर्चमा याेजना अायाेगकाे बैठक कक्ष नेपाल सम्बन्धित तथ्याङ्कहरूकाे चित्र राखेर सजाएकाे लगायतका खबरहरू पनि संचारमाध्यममा प्रचारित भएका थिए । याे एक स्यानाे उदाहरण भएता पनि यसले उनकाे शैलीलार्इ प्रतिबिम्बित गर्दछ । यिनै कुराहरूले स्वर्णिम वाग्ले याेजना अायाेगकाे उपाध्यक्ष हुनुले अामजनमानसमा अाशाकाे सञ्चार गर्दछ ।
तर वर्तमान विश्व र हाम्राे मुलुककाे अवस्थितिलार्इ अाकलन गर्दा भने त्यति उत्साहित भैहाल्ने अवस्था रहेकाे छैन। नेपालकाे याेजनाबद्ध विकासकाे कुरा गर्दा २००७ साल पछिका नेपालका हरेक याेजनामा विदेशी शक्तिकै नीतिकाे हालीमुहाली रहेकाे तीताे यथार्थ अलिकति पनि विश्लेषण गर्न सक्ने समुदायले बुझेकै कुरा हाे । यस परिप्रेक्ष्यमा देशकाे अत्यन्त अस्थिर र तरल नेतृत्वकाे राजनैतिक नियुक्तिमा (अनिश्चित छाेटाे समयका लागि) राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष बनेका वाग्लेबाट देशलार्इ अात्मगाैरव सहितकाे स्थूल र दीर्घकालिक अार्थिक समृद्धि र अात्मनिर्भरतामा अग्रसर बनाउने किसिमकाे ठूलाे नीतिगत परिवर्तन पाउने अाशा गर्नुभने अलिक अनुचित नै लाग्दछ । नेपालकाे नीतिगत तहमा पश्चिमका नामी विश्वविद्यालयमा पढेका विदेशी जागिरकाे उच्च तहमा पसेका वा पस्न लायक व्यक्तिहरू यस अघि हुँदै नभएका भने हाेइनन् । तर प्रश्न 'के तिनले नेपालकाे बाह्यअार्थिकसमृद्धिकै लागि पनि के याेगदान गरे त?' भन्ने हाे । हाे वाग्लेसित डीग्री छन्, अनुभव छ, परिकल्पना पनि हाेलान् तर के ती नेपालका लागि कति उपयाेगी हाेलान् त? के स्वर्णिम वाग्ले अाँफूले तालीम गरेका व्यक्तिहरूद्वारा विपन्न देशलार्इ विपन्न राखीराख्ने र तिनका सामाजिक, राजनीतिक, सांस्कृतिक, अार्थिकलगायतका नीतिमा कब्जा गर्ने पश्चिमी नवउपनिवेशवादकाे दुश्चक्रमा अपवाद हाेलान् त? भियतनाममा बसेका, चीनकाे अार्थिकनीतिमा समेत याेगदान गरेका भनिएका वाग्ले साँच्चै नेपाललार्इ चाहिएजस्तै अर्थशास्त्री हुन् त? यदि हुन् भने पनि उनले नेपालमा उचित अवसर र प्राेत्साहन पाउलान् त ? यिनै प्रश्नहरूकाे उत्तर खाेज्न हामीले अागामी दिनलार्इ पर्खनै पर्ने हुन्छ ।
पश्चिमी शिक्षा र प्रणालीमा भिजेका वाग्लेले पक्कै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालकाे विकास र याेजनालार्इ कुन ढंगबाट अगाडी बढाउन चाहन्छन् भन्ने बुझेकै, अनुभव गरेकै हाेलान्, यस परिप्रेक्ष्यमा उनका सामु शक्तिकेन्द्रकै गाेटी बन्ने वा गाेटी बने झैँ गरेर अलिकति भए पनि देशकाे वास्तविक समृद्धिकाे प्रयास गर्ने विकल्प रहेका छन् । यदि उनले दाेस्राे विकल्प राेजे भने पनि उनले चाहेजस्ताे काम गर्न पाउने कुरामा पनि प्रशस्त शंका छन्, तैपनि उनले अामजनताकाे बाह्यअार्थिकसमृद्धिका लागि थाेरै भए पनि केही प्रभाव पार्छन् कि भन्ने अाशा भने लागेकाे छ । भूकम्प पछि अपेक्षा गरिए जस्ताे हुन नसकेकाे देशकाे पुनर्निर्माण, वैदेशिक राेजगारीमा प्रतिदिन बढ्दाे अार्थिक निर्भरता, कृषिमा अाएकाे ह्रास, अव्यवस्थित शहरीकरण, यातायात र उद्याेगकाे क्षेत्रमा हुननसकेकाे अपेक्षागत प्रगति, उत्पादनमूलक भन्दा उपभाेक्तामूलक हुँदै गएकाे संस्कृति, देशभित्रकाे शिक्षा र स्वास्थसेवाकाे हुन नसकेकाे गुणात्मक प्रगति, युवाहरूमा घटेकाे अात्मविश्वास र अात्मगाैरवकाे अभावजस्ता अनेक विषयहरूलार्इ नेपालले वर्तमानमा गम्भीर भएर मूल्याङ्कन गर्ने अावश्यकता छ । देशकाे याेजना अायाेगले यी सबै क्षेत्रमा समकालीन विश्वसँग कसरी नेपालले प्रतिस्पर्धा गर्न सक्छ त भन्ने विषयमा ठाेस मार्गचित्र प्रस्तुत गर्नुपर्ने देखिन्छ । स्वर्णिम वाग्लेका समक्ष रहेका मुख्य चुनाैती पनि यिनै हुन् ।
उच्च सुविधाकाे अन्तर्राष्ट्रिय जागिर छाडेर कम सुविधाकाे नेपाली जागिर खान अाएका वाग्लेकाे ज्ञान र शीपकाे सही उपयाेगिता तब हुनेछ जब उनी नेपालमा रहनुले धेरै नेपालीहरूकाे अार्थिक विपन्नतामा उल्लेख्य कमी अाउनेछ ।
म सानो छदाँको कुरा झल्झली सम्झन्छु काठमाण्डुमा नै पनि जताततै डाक्टर वा वैद्यकविराजहरू सुलभ थिएनन्, कम्पाउण्डर भनेर चिनिने स्वास्थ्य सहायकहरू अलि सजिलै उपलब्ध थिए तर ती सबैको विश्वसनीयतामा कुनै प्रश्न थिएन। कसैले यो डाक्टर कस्तो होला जान्ने छ कि छैन होला अथवा चाहिँदै नचाहिँने अपरेशन गर्ने भनेर भनेको हो कि हैन होला बनेर सोधपुछ गरेको सुनिन्नथ्याे।
अहिलेको वातावरणमा सबैजसो सचेत बिरामी र बिरामीका परिबारका सदस्यलेले सोध्ने नियमित प्रश्न हुन् यी। यी प्रश्न स्वाभाविक मात्र हैन अत्यावश्यक लाग्छन् किनभने आजभोलि बिरामीको गलत निदान र उपचार भएको, शल्यक्रिया गर्न नपर्ने बिरामीको शल्यक्रिया गरेर बिरामीमाथि कल्पनै गर्न नसकिने विश्वासघात गरिएको वा गर्न खोजिएको जस्ता कुरा धेरै अविश्वसनीय लाग्दैनन्। यी कुरा चिकित्साशास्त्रको शिक्षाको गुणस्तरसित र नियमनकारीको उत्तरदायित्वसित प्रत्यक्ष सम्बन्ध भएका कुरा हुन् ।
चिकित्साशास्त्रको शिक्षामा अरु क्षेत्रमा जस्तै गुणस्तरको समस्या विकराल बन्दै गएको कुरा प्रा. डा. गोविन्द केसीका पटक–पटकका सत्याग्रहका कारण सर्वसाधारणले पनि बुझ्दै गएका छन् । चिकित्सा र चिकित्सा शिक्षा क्षेत्रमा कार्य गर्ने समुदायले यो कुरा नीजि भनिएका मेडिकल कलेजको सञ्चालन नेपालमा पनि भई ती कलेजबाट चिकित्सक उत्पादन हुन थालेदेखि नै अनुभव गरेको थियो। विदेशमा पढेर आउने चिकित्सकमध्ये कतिपयको योग्यता अत्यन्त कमजोर भएको पहिले पनि अनुभव भएकै थियो जस्मा धेरैजसो नीजि मेडिकल कलेजकै उत्पादन थिए। तर पनि देशको शासनले सरकारी रूपमा गरिरहेको गुणस्तरयुक्त हेल्थ असिस्टेण्टको पढाइ बन्द गराउँदैआफ्नो न्यूनतम उत्तरदायित्व शिक्षा र स्वास्थ्यसेवालाई पनि व्यापारको क्षेत्र बन्न प्रोत्साहित गर्दै गयो।
यसरी सरकारले जनताको कर उठाउनुको सार्थकता पनि प्रमाणित गर्न नसकेकाले चिकित्साशास्त्रको शिक्षा पनि अनैतिक व्यापारको क्षेत्रका रूपमा मौलाउन थाल्यो। वास्तवमा वर्तमान परिस्थितिमा ठुलो परिवर्तन गर्न नसकिएमा कमजोरचिकित्साशिक्षाका कारण ठुलो सङ्ख्यामा कमजोर चिकित्सक उत्पादन भैरहने तथा सक्षम चिकित्सक देशबाट पलायन भैरहने कारणबाटअहिले नै धेरै समस्याग्रस्त भैसकेको चिकित्सासेवाको गुणस्तर र विश्वसनीयता अबको दुइ तीन दशकमा कल्पना नै गर्न नसकिने किसिमले गिर्ने र अहिले प्रतिवर्ष देशका जनताकोकरोडौं रुपैयाँ विदेशमा गरिने उपचारमा खर्च भएकोमा अरबौं पुग्नसक्ने र यसै पनि देशको औद्योगिक उत्पादन कम भएर खराब भएको आर्थिक अवस्था झन् कमजोर हुँदै जाने कुरा टड्कारो रूपमा देखिन्छ।
व्यापारको मुख्य उद्देश्यबाट चिकित्साशास्त्रको शिक्षा चल्ने वातावरण बनाउनमा शासनको प्रमुख हात भएको कुरामा विवाद नभए पनि यहि एक मात्र कारण भने हैन। चिकित्साशास्त्र पढ्ने कस्ले र किन भन्ने कुरामा शिक्षाविद्, अभिभावक र विद्यार्थीको विचार नै नपुग्नु र आपसमा खुला छलफल नहुनु, अनि माध्यमिक तथा उच्च माध्यमिक शिक्षाको तीव्र व्यापारीकरणले शिक्षाको वास्तविक स्तर दिनानुदिन कमजोर हुदै जानु पनि यसका सहायक कारण हुन्।
पुर्वीय चिकित्साशास्त्रका पिता चरकले हजारौ वर्ष पहिले चरकसंहितामा चिकित्सा शास्त्रको ज्ञान पैसा कमाउने उद्देश्यले उपदेश गरिएको हैन, वास्तवमा दुस्खीको दु:ख हरण गर्ने एकमात्र उद्देश्य राखेर जो पनि राम्रोसित चिकित्साशास्त्रमा दक्षता प्राप्त गरको चिकित्सक उपचारमा लागिरहन्छ उसले अत्यन्तै विशिष्ट मानसिक सुख प्राप्त गर्छूभन्दैचिकित्साशास्त्रको दुरुपयोग हुन नपाओस्, लोककल्याणमा रुचि हुनेले नै चिकित्साशास्त्र पढुन् भन्ने स्पष्ट मार्गनिर्देशन गरेको पाइन्छ।
चिकित्साको व्यापारीकरण गर्नाले यसबाट प्राप्त हुने असीम आनन्द र पुण्यबाट वञ्छित हुन पर्ने हुन्छ भनेर त्यस्तो काम गर्नबाट बच्न प्रेरणा पनि त्यहाँ दिइएको छ। वास्तवमा रोगीहरूलाई रोगमुक्त गर्दा प्राप्त हुने आनन्दका बारेमा औपचारिकरूपमा आधुनिक चिकित्साशास्त्रको शिक्षामा पढाइँदैन न त अरु वादहरूभन्दा व्यापक रूपमा आफ्नो प्रभाव देखाएको उपभोक्तावादबाटप्रभावित अधिकांश अभिभावक यो आत्मसन्तुष्टिका कारणले आफ्ना सन्तानलाई चिकित्साशास्त्र पढाउने तर्फ आकृष्ट भएको भान हुन्छ।
पढाइमा कमजोर आफ्ना सन्तानलाई पनि धेरै पैसा तिरेर चिकित्साशास्त्र पढाउन थाल्दा मात्रै पनि इज्जत र उपलब्धि ठान्ने र त्यसमाथि एमबबिबिएस उपाधि समेत दिलाउन सक्नु त स्वयम् ठुलो उपलब्धि हो भन्ने भ्रम धेरै अभिभावकमा देखिएको र एमबबिबिएस उपाधि भए पनि ज्ञान र सीपमा कमजोर भएपछि जीवनभर सामाजिक र मानसिक रूपमा हीनताले ग्रस्त भएर बाँच्नुपर्ने सम्भावनाको कुनै आकलन गर्न नसक्ने अभिभावक र भर्ना हुन तत्पर विद्यार्थीका कारण व्यापारिक शिक्षा मौलाउन सकेको छ। फेरि पनि नियमनकारी निकायको पूर्ण हेलचेक्र्याइँ नै यस अवस्थाको कारक भएको कुरो भने बिर्सन मिल्दैन।
वास्तवमा विश्वविद्यालय जस्ता उत्तरदायित्वपूर्ण कार्य गर्नुपर्ने प्राज्ञिक निकाय पनि ज्ञानकै मात्र मापन गर्नमा पनि अत्यन्त कमजोर, जानी नजानी पनि दिइएका मध्ये ५०५ प्रश्नमा दिइएका चार उत्तरमा एउटा सही छान्ने जतिलाई सक्षम मान्ने, प्रवृत्ति र अभिरुचिको परीक्षण नै नगर्ने किसिमका नाममात्रका प्रवेश परीक्षा लिएर चिकित्साशिक्षामा अभिरुचि र अभिमुखीकरण नै नभएका अनिपढ्ने क्षमता र प्रवृत्ति नै भएका कारणकुनै किसिमको प्राज्ञिक शिक्षामा पनि अनुपयुक्त ठहरिनेविद्यार्थी समेत छान्ने काम गरेर यो बेथितिको र व्यापारीकरणकोवाहक तथा परिपोषक हुन पुगेका छन् ।
चिकित्सा शिक्षा जीव विज्ञानमा अभिरुचि र प्रवृत्ति भएका तथा रोगी वा पीडित व्यक्तिसप्रति मानसिक रूपमा संवेदना तथा सहानुभूति राख्नसक्ने, धैर्य, परिश्रम, सहनशीलता, जिज्ञासा जस्ता गुण भएका विद्यार्थीका लागि मात्र उपयुक्त विषय हो। वास्तवमा यी मानवीयगुण त जुनसुकै क्षेत्रमा काम गर्ने जोसुकैका लागि पनि वाञ्छनीय सद्गुण नै हुन्। त्यसमाथि चिकित्साशास्त्रजस्तो मानिसको जीवन र स्वास्थ्यसित सोझै जोडिएको अत्यन्त संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका लागि त यी अनिवार्य नै छन्। यसै कुरामा जोड दिन चिकित्सीय मानविकी शिक्षा भनेर आजभोलि विश्वभरि नै चिकित्साशिक्षा अन्तर्गत यी गुणको विकास गर्न उपयुक्त क्रियाकलाप पाठ्यक्रममा समावेश गर्न पनि थालिएको छ। तर हाम्रो कुरा गर्ने हो भने व्यापारीकरणको मारमा परेका सबैजसो शैक्षिक निकायले कुरा बुझेर पनि नबुझेको जस्तो गरीरहेकै छन् जसले गर्दा जनसाधारणमा यो जसले पैसा तिर्नसक्छ उसले पढ्ने वा भर्ना हुने क्षेत्र हो भनेजस्तो भ्रम झनै बढीरहेको छ।
अर्कातिर साच्चै रुचि र संवेदना भएका अनि भविष्यमा दुर्गम क्षेत्रका जिल्ला वा गाँउमा गएर काम गर्ने संभावना धेरै भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरू चिकित्साशास्त्र पढ्नबाट वञ्चित हुनपर्ने जस्तो देशका लागि अत्यन्त निराशाजनक वातावरण बनेको छ। सानो सङ्ख्यामा नि:शुल्क सीटमा पढ्न पाएका विपन्न र जेहन्दार मध्येका तथा रुचि र सेवाभावका कारण पैसा तिरेरै भर्ना भएकाकतिपय विद्यार्थी पनि उनीहरूसँगै पढ्ने रुचि कम भएका र सेवाभाव नभएका पैसाका भरमा भर्ना भएका विद्यार्थीले सिर्जना गर्ने वातावरणको प्रभावमा आउनसक्ने भएकाले उनीहरूबाट पनि जे जति उत्कृष्ट सीप, संवेदनशीलता र सेवाको भावनाको आशा गर्न सकिन्थ्यो त्यति गर्न नसकिने चिन्ताजनक परिस्थितिले देशको समग्र भविष्य र स्वास्थ्यसेवाको भविष्य प्रति चिन्तनशील सबैको ध्यान आकृष्ट गर्छ।
उपयुक्त विद्यार्थी मात्रै चिकित्साशास्त्र पढ्न छानिने र आर्थिक अवस्थाकै कारण पढ्न नपाउने वातावरणमा आमूल परिवर्तन गर्न ढीलो गर्न नहुने कुरा सबै सम्बन्धित निकायले बुझ्नै पर्छ। -
बिहान बिहान एकजना भार्इकाे यस्ताे चुनाैतीपूर्ण सन्देश अायाे ! "याे अङ्रेजी शब्दहरु लाई नेपाली मा कन्भर्ट गर्नी कोइ छ? " That is too rumassy and dramatrox. How can you homoglobe a braminis in a gremesimical manner of this type without considering the veribound and the jigun-laguns? I can categorically zecresse and progmatidolibrate to every fremmissy occupying this fallatose that, this is nothing but an erravication of a mere catomisimism.So kindly disregard the raframmy and the wacrozzy. " Thank you!!!" मैले पनि चुनाैती स्वीकार गरी फ्याट्टै अनुवाद गर्दिएँ त्याे पनि ठेट नेपालीमा.... " त्याे अति नै गध्र्याङ र नटभद्राे छ । तिमी कसरी त्याे छतेउराेलार्इ यस्ताे घुर्पट्याँस तरिकाले समधरा पार्न सक्छाै, त्याे पनि मबन्दाे र सुद्रूङ-बुद्रूङलार्इ वास्तै नगरी ? म याे खसालाे अाेगटेर बसेका प्रत्येक मिल्याङहरूलार्इ तह मिलाएर टुचेर्न र हमिल्ट्याउन सक्छु, याे त अझ क्यै पनि हैन खाली पनेउलीलार्इ एउटा जुर्निकास मात्रै । त्यसैले कृपया मिलाैराे र कथेरालार्इ वास्ता नगर । धन्यवाद ।"
सबिन एकतारेले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजार' लगायतका केही गीतहरू अत्यधिक चर्चित पनि छन् । तैपनि पनि उनकाे गीतकारकाेपरिचय मुख्य रूपमा पूर्वपरिचितहरूमा मात्रै सीमित छ । गीतकारले किन अावश्यक नाम वापारिश्रमिक पाउँदैनन् ? संयुक्त गीतलेखन कसरी गरिन्छ? एक रसायनशास्त्रकाे विद्यार्थीकाे गीतकारसम्मकाे यात्रा कस्ताे रह्याे ? उनका अागामी याेजनाहरू के छन् ?
यस्तै प्रसङ्गमा गीतकाे वर्णभेदकाे मारमा परेका सबिन एकतारेसँग गरिएकाे कुराकानी यहाँ हेर्न सक्नुहुन्छ । उनको चर्चित ब्लग 'दाइ नभन्नु ल!'कै विषयवस्तुमा आधारित योजनाको संकेत पनि उनले यस कुराकानीमा गरेका छन् ।
(प्रसङ्ग २०४ औँ भानुजयन्ती) भानुभक्त अाचार्य (वि.सं १८७१- १९२५)लार्इ नेपाली साहित्यमा अादिकविकाे रूपमा सम्मान गरिएकाे छ । नेपालमा मात्र नभै नेपाली भाषाभाषी रहेका हरेक स्थानमा उनकाे सम्मान गरिएकाे छ । उनीभन्दा अधि नै पनि धेरै नेपाली कविहरू रहँदा रहँदै पनि भानुभक्तलार्इ अादिकवि मानिनुमा उनकाे विशिष्ट कवित्त्व नै कारण हाे । उनका विभिन्न फुटकर रचनाहरू पनि धेरै उत्कृष्ट भएता पनि मुख्यरूपमा भानुभक्तलार्इ अादिकवि बनाउने कृति भने रामायण नै हाे । संस्कृतकाे अध्यात्म रामायणकाे अनुवादकाे रूपमा रहे तापनि यस कृतिमा प्रचूर माैलिकता समेत भएकाले पनि याे कृति विशिष्ट हुन पुगेकाे हाे । रामायणमा एक महाकाव्यमा हुनुपर्ने सारा गुणहरू रहेका छन् । अाज यहाँ भानुभक्तकाे रामायणका विभिन्न काण्डमा तथा अन्य कृतिहरूमा रहेकाे साहित्यिक रसहरूकाे प्रयाेगकाे उदाहरणहरू सप्रसङ्ग प्रस्तुत गरिँदै छ ।
यसरि किन बहूतै गर्दछस् सेखि धेरै प्रभूकन त परै राख् जाेरी छैनस् तँ मेरै । अघि सरु त तँ जस्ता काेटि रावण् म मारू हुकुम त न भयाकाे मार्नकाे अाज क्यारू ।। सुन्दरकाण्ड ११९ ।
६) करुणरस रावणकाे वधपछि रावणका रानी तथा विभीषणकाे शाेकका प्रसङ्गमा ...
रावण्का सब रानी अायर विलाप् खुप् गर्न लाग्या ताहाँ पृथ्वीमा लडि खुप् विभीषण पनि राेया रहन्थ्या कहाँ । बीत्या दाज्यु भनी विभीषण पनी खुप् रून लाग्या जसै लक्ष्मणलार्इ हुकुम् भयाे प्रभूजिकाे सम्झाउ भन्न्या तसै ।। युद्धकाण्ड २७३ ।
७) भयानकरस रावणकाे वधकाे समयका कालाग्नी स्वरूपका बनेका श्रीरामकाे वर्णन...
कालाग्नीसरिकाे भयङ्कर स्वरूप् राम्को बनेथ्याे जसै कम्पिन् पृथ्वि पनी भयङ्कर स्वरूप् देखिन् र राम्को तसै रावण्का पनि चित्तमा भय पस्याे उल्का बहूतै भया क्या गर्छन् प्रभुले याँहाँ भनि ताहाँ सब् लाेक् डरार्इ गया ।। युद्धकाण्ड २५८ ।
८) शान्तरस श्रीरामलार्इ वनवास पठाउने निर्णय भएपछि अाक्रामक बनेका लक्ष्मणलार्इ बन्धुकाे ससङ्गकाे अनित्यता सम्झाउँदै शान्त पार्न श्रीराम भन्नुहुन्छ...
देश देशका बाेटलीन्छन् बुझ तिमि मनले बाटका पाटिमाहाँ बातचित गर्दै रहन्छन् खुसिसित ति सबै बन्धुझैँ राति ताहाँ प्रातःकाल् भो जसै ता उठिकन ति सबै दश् दिशा लागिजाञ्छन् बन्धुको सङ्ग एस्तै बुझिकन गुणिले दुखः सुख् एक मान्छन् ।। अयाेध्याकाण्ड ३२ ।
तपार्इँहरूलार्इ अामिर खान भनेका काे हुन्? भनेर साेध्ने हाे भने सबैले भन्नुहुन्छ हाेला । अझ कतिले त फुङसुख वाङडु भनेकाे काे हुन्? भने पनि भन्नु हुन्छ हाेला तर साेनाम वाङचुक काे हुन्? भनेर साेध्ने हाे भने धेरैलार्इ थाहा नहुन सक्छ । जम्मु कश्मीरकाे लद्दाखमा जन्मेका साेनाम वाङचुक वास्तविक जीवनका 'फुङसुख वाङडु' हुन् जसले लद्दाखीहरूकाे शिक्षामा व्यापक सुधार गरे । उनकाे पहलमा भएकाे मूलधारकाे भनिने शिक्षालार्इ लद्दाखीहरूकाे अनुकुल बनाउने शैक्षिक सुधारले गाउँकाे विद्यालयकाे उत्तीर्ण प्रतिशत पाँचबाट बढेर पचहत्तर पुग्याे । यतिले पनि सन्तुष्ट नभएका उनले शिक्षामा असफल भनिएकाहरूलार्इ सिन्धु नदीकाे तटमा स्थित गाउँ 'फे'मा भिन्दै विद्यालय सेकमाेलकाे स्थापना गरे। जहाँ विद्यार्थीहरूले प्रयाेग गरेरै सिक्ने माैका पाउँछन् ।
धेरै समय अगाडीकाे कुरा हाे । दुर्इ जना शिकारीहरू शिकार गर्न भनी पूरा तयारीका साथ बन्दूक, दूरबीन अादि सामान लिएर जंगल सफारी गर्ने माेटरमा सवार भएर जंगल तर्फ लागे । जंगल यसाे प्रवेश गरेका मात्र के थिए , एकजनालार्इ पिसाबले च्याप्याे र ऊ पिसाब फेर्न भनी माेटरबाट अाेर्लेर झाडी तर्फ लाग्याे । झाडी नगीचै पुगेकाे मात्र के थियाे त्यहाँ त एउटा सिंह बसीरहेकाे रहेछ । मान्छे अाँफूतर्फ अाएकाे देखेर सिंह झटपट उठेर गर्जँदै ऊतर्फ अगाडी बढ्याे । शिकारीले बन्दूक त माेटरमै छाडेर अाएकाे थियाे तर उसले बुद्धि लगायाे र झटपट खल्तीबाट बन्दूककाे लाइसेन्स निकालेर सिंहलार्इ देखाउँदै भन्याे 'हे सिंह हेर् त मसँग बन्दूककाे लाइसेन्स छ, तैँले मलार्इ खान सक्दैनस्' । पाठकहरूले साेचीसक्नुभयाे हाेला, त्याे शिकारीकाे के अवस्था भयाे हाेला? हामीसँग रहेका धेरै नीति, नियम, कानून पनि त्यस्तै कागज नै हुन् जबसम्म ती लागू हुँदैनन् ।
फूलहरूले श्रद्धा चढाउँछाैँ ... शब्दकाे याे सुन्दर नेपाली गीतमा प्रस्तुत गरीएको कलात्मक शास्त्रीय नृत्यका साथमा अाजबाट मैले अाफ्नाे युट्युब च्यानल प्रारम्भ गरेकाे छु । दुर्इ वर्ष अघि पाेखरामा मनाइएकाे पुस्तकालय दिवसकाे उद्घाटनका अवसरमा याे नृत्य प्रस्तुत गरिएकाे थियाे । मेराे च्यानलमा विशेष गरी साहित्य संगीत र कला सम्बन्धि चलदृश्य राखिने छ भने बेलाबेलामा युवा वैज्ञानिकसँगकाे अन्तर्वार्ता जस्ता रमाइला चलदृश्य पनि राखिनेछ । १०० जना सब्स्क्राइबर नभैकन युट्युबले च्यानलकाे विशिष्ट ठेगाना नदिने रहेछ , अतः मित्रहरूलार्इ सब्स्क्राइब गरिदिनुहुन पनि अनुराेध छ ।
कुनै समयकाे कुरा हाे , बगदादका खलीफा हारून अल-रशीदकाे महल बाहिर एउटा माेचीकाे दाेकान थियाे ।माेची सँधै काम गर्दा प्रशन्न भएर अल्लाहकाे इबादतका गीतहरू गाउने गर्दथ्याे । अाफ्नाे महलकाे झ्यालमा बसेर खलीफा मस्त भएर माेचीकाे गाना सुन्ने गर्दथे । सँधै गाना सुनेर प्रसन्न भएका खलीफालार्इ सँधै माेचीकाे गीत निःशुल्क सुन्र मन लागेन र एकदिन उनले माेचीलार्इ र्इनाम दिने विचार गरे । उनले माेचीलार्इ बाेलाए र एक सय दीनार र्इनाम दिए । शुरुमा माेचीले लिन मानेन तर खलीफाले कर गरे पछि माेचीले र्इनाम लियाे । र्इनाम लिएकाे केहि दिन सम्म त ठिकै थियाे तर दुर्इ तीन दिन पछि माेचीकाे स्वरमा पहिले जस्ताे मस्ती रहेन । तीन चार दिन पछि त माेचीकाे गाना ठ्याम्मै बन्द भयाे । खलीफाले माेची बिरामी भएकाे शंका गरी हेर्न पठाए तर माेची त झाेक्राएर घाेसेमुण्टाे लगाएर जुत्ता सिउँदै रहेछ । खबर पाए पछि खलीफा अाँफै माेचीकाे खबर लिन अाए र माेचीलार्इ गीत नगाउनुकाे कारण साेधे । माेचीले जबाफ दियाे -सरकार मैले हजूरले दिनुभएकाे सय दीनार घर राख्ने ठाउँ नै देखिन, बीबीलार्इ राख्न दिए पनि, सँगै लिएर हिँडे पनि कतै चाेरिने लुटिने हाे कि भन्ने डर लाग्याे, यसले केही खरीद गर्ने कुरा पनि देखिन, अल्लाहकाे कृपाले अाफ्नाे शीपले दैनिकी चलेकै थियाे याे पैसा मलार्इ काम रहेनछ याे पैसा हजूरले नै फिर्ता लिर्इदिनुपर्याे । माेचीकाे कुरा सुनेर खलीफा अवाक् भए । उनले पैसाकाे पाेकाे फिर्ता लिए । भाेलिपल्टदेखि माेचीकाे उही मस्तीका साथ गाना गार्इरहेकाे थियाे । खलीफा अल्लाहकाे कुदरत देखेर राेमांचित भए ।