Sunday, September 4, 2022

शिव सङ्कल्पका साथमा छन्द-कविता-पाठ अभ्यास कार्यक्रम

  
यही २०७९ भाद्र १३ देखि १९ गतेसम्म विद्युतीय माध्यम जूम मार्फत सञ्चालित शिव सङ्कल्पका साथमा छन्द-कविता-पाठ अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । यही २०७९ भाद्र २० गते आयोजित समारोहमा निम्न सहभागीहरू(नाम वर्णानुक्रममा)लाई विद्युतीय प्रमाणपत्र (नामपछि प्रमाणपत्र नम्बर राखिएको छ )अर्पण गरियो ।


१. अनुज घिमिरे, काठमाडाैँ (हाल अमेरिका)   ChandaAbhyas2079-01
२. उज्ज्वल लामिछाने,  सल्यान                      ChandaAbhyas2079-02
३. कुमार तिमिल्सिना, काठमाडाैँ                   ChandaAbhyas2079-03
४. केजिया तिमिल्सिना, काठमाडाैँ                 ChandaAbhyas2079-04
५. दीपा काफ्ले, विराटनगर                           ChandaAbhyas2079-05
६. दुधराज पराजुली, पोखरा                          ChandaAbhyas2079-06
७. प्रत्यूष ज्ञवाली, नेपालगञ्ज (हाल पोखरा)      ChandaAbhyas2079-07
८. महेश्वर तिमिल्सिना,  कास्की                      ChandaAbhyas2079-08
९.लक्ष्मी अधिकारी, काठमाडाैँ                       ChandaAbhyas2079-09
१०.सञ्जय अधिकारी, काठमाडाैँ                     ChandaAbhyas2079-10
११.सुदेश ज्ञवाली, नेपालगञ्ज (हाल पोखरा)     ChandaAbhyas2079-11
१२.सुरेश बस्ताकोटी, काठमाडाैँ (हाल लिबिया)  ChandaAbhyas2079-12

कार्यक्रममा विविध कारणबस निम्न सहभागीहरूले आंशिक रूपमा मात्र सहभागिता जनाउनुभयो । 
१. प्रकाश पाैडेल,  स्याङ्जा
२. प्रमेश प्रधान, काठमाडाैँ
३. सन्तोष लामिछाने,  कास्की

कार्यक्रममा आमन्त्रितको रूपमा छन्द वाचनमा विशिष्ट परिचय बनाउनु भएकी सरु गुरागाईँले पनि छन्द कवितापाठका साथमा सहभागिता जनाउनुभएको थियो । 

Friday, June 17, 2022

के हाे डीआईडी ? बताउने नाटक केस नं ३११

 

अदालतकाे कठघरामा उभिएकी एकजना युवतीकाे व्यवहार अचम्मलाग्दाे छ ।   न्यायाधीशले उनकाे स्वास्थ्यपरीक्षण गराउन आदेश दिन्छन् । डाक्टरसँग ती युवती छिनमै आँफूलाई शिखा शर्मा र छिनमै तारा विद्राेही बताउछिन् । यसाे बताइरहँदा उनकाे हाउभाउ भावभङ्गी सबै फरक फरक देखिन्छ । 

याे दृश्य हाे पाेखरा  थिएटर गैह्रापाटनका चाैथाे र पाँचाै ब्याचका प्रशिक्षार्थीहरूकाे सक्रियतामा हाल पाेखरा  थिएटरमा मञ्चन भैरहेकाे नाटक केस नं ३११ काे  । याे नाटक डिसाेसिएटिव आइडेन्टिटि डिसअर्डर वा डीआईडी  भनिने मानसिक राेगसँग तथा पारिवारभित्रै हुने याैन दुर्व्यवहारसँग सम्बन्धित छ । सामान्य भाषामा स्प्लिट पर्सनालिटि समेत भनिने डीआईडी  उत्पन्न हुने अनेक कारणमध्ये बाल्यकालमा हुने याैनहिंसाकाे  विषयलाई नाटकले उठाएकाे छ । पारिवारिक मूल्य र मान्यताकाे स्खलन, मानसिक राेग उत्पन्न गराउने सामाजिक कारण र अवस्थालाई नाटकीय स्वरूप  दिएर बनाइएकाे नाटक शिक्षाप्रद छ । 

नाटक न्यायालयकाे पृष्ठभूमिमा बुनिएकाे छ । नाटककाे द्वैध चरित्र रहेकाे मुख्य भूमिकामा अनामिका रिजालले उत्कृष्ट अभिनय गरेकी छन् । नाटकमा  वकील बनेका एलिसा भाेग र अदित भुजेलले नाटकलाई उचालेका छन् । न्यायाधीश बनेका झलक थापा, आमा बनेकी  प्रतिभा रिमाल, प्रहरी बनेकी दिप्सना विश्वकर्मा, डाक्टर बनेका दिव्य अमृत  सबैले आ आफ्नाे भूमिकालाई न्याय गर्न परिश्रम गरेका छन् । नाटकका अन्य कलाकारहरूमा सुशील बराल, मनीषा केसी, पालमती थापा, सुरज तिवारी, गोपाल भुसाल र कमल तामाङ रहेका छन् । नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गरेका हुन् ।



कलाकार प्रकाश घिमिरे, अधिवक्ता एवं लेखक दीपक पराजुली, पाेखरा  थिएटरका  निर्देशक परिवर्तन
तथा नाटक केस नं ३११ का नाट्यकर्मीहरूका साथमा शिव सङ्कल्प


चित्रहरू पाेखरा थिएटरकाे फेबुबाट





Monday, May 9, 2022

संसारभरका प्रतिनिधि लोकगीतहरू

 

नेपाली

चिनियाँ

स्पेनिस

अङ्ग्रेजी

हिन्दी

बङ्गाली

पुर्तगाली

रस्सियन

जापानी



पञ्जाबी



भियतनामी

मराठी

तेलुगु



फारसी (इरानी)

सिन्धी

जर्जियन

तान्जानियन स्वाहिली

धेरै पढिएकाे

पृष्ठ संग्रह