Monday, August 7, 2017

याज्ञवल्क्य र मैत्रेयी


याज्ञवल्क्यले गृहस्थाश्रम त्याग्ने बेलामा अाफ्ना दुर्इ पत्नीहरू कात्यायनी र मैत्रेयीमा अाफ्नाे सम्पत्ति बाँडिदिने विचार गरेर मैत्रेयीलार्इ साेधे ।

मैत्रेयीले साेधिन्  "के संसारभरकाे धन पाएर पनि म अमर हुन सक्छु ?"

याज्ञवल्क्यले भने "सक्दिनाै,  तिम्राे जीवन धेरै धनी मान्छे जस्तै सुखी त हाेला तर धनले अमर भइँदैन ।"

"त्यसाे भए कसरी अमर भइन्छ त ? मलार्इ त्याे बताउनुहाेस् " मैत्रेयीले अाग्रह गरिन् ।

"बडाे उत्तम प्रश्न गर्याै बस, सुन"  याज्ञवल्क्यले  शुरु गरे...

"पतिकाे प्रेमले गर्दा पति प्रिय भएकाे हैन, अाफ्नै कारणले पति प्रिय भएकाे हाे । पत्नीकाे प्रेमले गर्दा पत्नी प्रिय भएकी हैनन्, अाफ्नै कारणले पत्नी प्रिय भएकी हुन् । छाेराछाेरीकाे प्रेमले गर्दा छाेराछाेरी प्रिय भएका हैनन्, अाफ्नै कारणले छाेराछाेरी प्रिय भएका हुन् । धनसम्पत्तिकाे प्रेमले गर्दा धनसम्पत्ति प्रिय भएका हैनन्, अाफ्नै कारणले धनसम्पत्ति प्रिय भएका हुन् । ब्रह्मप्रतिकाे प्रेमले गर्दा ब्रह्म प्रिय भएकाे हैन, अाफ्नै कारणले ब्रह्म प्रिय भएकाे हाे । क्षत्रप्रतिकाे प्रेमले गर्दा क्षत्र प्रिय भएकाे हैन, अाफ्नै कारणले क्षत्र प्रिय भएकाे हाे । संसारप्रतिकाे  प्रेमले गर्दा संसार प्रिय भएकाे हैन अाफ्नै कारणले संसार प्रिय भएकाे हाे । देवताप्रतिकाे प्रेमले गर्दा  देवता प्रिय भएका हैनन्, अाफ्नै कारणले  देवता प्रिय भएका हुन् । जीवजन्तुप्रतिकाे प्रेमले गर्दा जीवजन्तु प्रिय भएका हैनन्, अाफ्नै कारणले जीवजन्तु प्रिय भएका हुन् । यसरी सबैकुरा प्रतिकाे प्रेमले गर्दा सबैकुरा प्रिय भएका हैनन्, अाफ्नै कारणले सबैकुरा प्रिय भएका हुन् । तसर्थ हे मैत्रेयी अाँफूलार्इ नै देख्न, सुन्न, जान्न, मनन गर्न प्रयास गर्नुपर्छ । अाँफैलार्इ देखे, सुने, गुने, जाने पछि नै सबै जानिन्छ ।  "

यस्तै धेरै अात्मचर्चा पछि सबै सम्पत्ति कात्यायनीलार्इ छाडेर याज्ञवल्क्य र मैत्रेयी तपस्या गर्न वन पसे ।

(कथा बृहदारण्यक उपनिषद् बाट, चित्र किड्स् डट वाप्स डट अाेअारजीबाट )

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह