Thursday, June 23, 2005

गजल

धेरै दिन पछि आज मीठो हाँस्यौ मन पर्यो
टुटेको त्यो सम्बन्धलाइ फेरि गाँस्यौ मन पर्यो
.
समय हो औषधि यो रिसराग भुलाउने
दिन बित्दै जाँदा घृणा जति मास्यौ मन पर्यो
.
गल्ती मेरै थियो मैले माफी पनि माग्दा
बचे खुचेको त्यो रिस सबै नास्यौ मन पर्यो
.
लाग्थ्यो मायाँको त्यो घैँटो नराम्ररी चर्किसक्यो
एकै मुस्कानले टम्म पारी टाँस्यौ मन पर्यो
(June 23, 2005)

धेरै पढिएकाे

पृष्ठ संग्रह