Sunday, January 10, 2010

कण कणमा भगवान्

कुनै बखतमा एकजना महात्माको प्रवचन हुँदै थियो "भगवान् सर्वत्र हुनुहुन्छ सबै मानिस, जीव, जन्तु, वनस्पति यहाँसम्म कि निर्जीव ढुंगा माटो लगायत कणकणमा भगवान् हुनुहुन्छ, भगवान्ले सम्पूर्ण जगत्को हित गर्नुहुन्छ ... ..." प्रवचन पछि अत्यधिक प्रभावित एक सज्जन घर फर्कँदै थिए, बाटोमा सबैजना बौलाहा हात्ती आयो भाग भाग भन्दै भागाभाग गर्न लागे । यहाँसम्म कि माहुतेले पनि 'भाग भाग ' भन्दै थिए । तर ती सज्जन 'यो हात्ती पनि त भगवान् नै हो' भन्ने बिचार गरी भागेनन् । हात्ती बहुला न थियो सूँडले टिपेर फालिहाल्यो । भाग्यबश सज्जनको खुट्टामात्र भाँचियो, अरु केहि भएन । भोलिपल्ट ती सज्जन काम्रो मलम पट्टी गरी तामदानमा चढेर ती माहात्माको झाँको झार्न गए, "हेर माहात्मा तिम्रो भगवानले मेरो यो हाल गराए "। महात्माले भन्नुभयो "ती भाग भाग भन्ने माहुते लगायतका त्यत्रा भगवान्हरूको आदेश नमानेकाले ती हात्ती भगवान्ले सजाय दिएका हुन् ।"

धेरै पढिएकाे

पृष्ठ संग्रह