Friday, November 3, 2017

नारी-रस


एउटी नारी, ती प्रत्येक अनुहार हुन्
जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू
उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूकाे संकुचन
कहिल्यै पनि उनकाे अाफ्नै लागि भएन
चाहे उनी एक्लै किन नहुन्
उनलार्इ "विछट्टै राम्री" हुनै पर्याे
जसरी बियाेन्से त्याे पातालकी गानसुन्दरी एकाबिहानै उद्घाेष गर्छे
"म भर्खर उठ्दा नै यस्ती छु"


"लियाेङ ली"का हलुवावेदका ससाना खैरा दागहरूले
चुपचाप फल पाकेकाे जनाउ दिन्छन्
मान्छेकाे संसारकी हलुवावेद
चुपचाप पाक्न पनि सक्दिन
उसले सुगन्ध छर्नै पर्छ
जल्लादहरूलार्इ पत्ताे दिनै पर्छ
"अाउ चिथाेर, चुस अनि निल
खाउ मेराे मासु"

एउटी नारीले सुगन्धित हुनै पर्छ
अरू त अरू उनकाे गुह्यबाट पनि गुलाबकै काेपिलाकाे सुवास अाउनुपर्छ
बिहानका सासहरू
काेमल दण्ड हुन्
प्रत्येक दिन उनले तराेताजा हुनैपर्छ
चाहेर हाेस् या नचाहेरै पनि
फूलदानमा सजिएकाे गुलाफले बासी हुन पाउँछ र ?
तर गुलाफ, अति चहिकिलाे अनि रक्तिम
कति काेमल त्याे जीवन
फूलदानमा गुलाफ अलक्क झुर्रिए झैँ
उनले पाउँछिन् र !, कहिल्यै खुसी ?

खुसी ?
गुलाफलार्इ खुसी हुन नपर्ला
केटाकेटीहरू खुसी हुन्छन्
तर नारी केटाकेटी हाेइनन्
बालवासना
गुलाफलार्इ मच्याकमुचुक पार्नु
अपराध त हैन
एउटी नारीले  बगाउनैपर्छ
अाँसु र रगत
अनि पल्टिनुपर्छ निष्क्रिय
धर्ती झैँ अनि  खुँदिनुपर्छ लाेभी पैतालाहरूबाट
ती कुलाहरू, खाेँचहरू अनि घाँसे मैदानहरू
अनि त्याे समुद्र
र लवणयुक्त जल, जहाँ जीवनका बीजहरू टुसाउँछन्
त्याे कम्पनकारी रहस्यलाेक
सदा सदाकाे लागि चढ्दै अनि सदा सदाकाे लागि अाेर्लँदै बज्छ

त्याे सहनशक्तिकाे सङ्गीत

प्रत्येक दिन
जीवनले उधिन्छ उनका चिलाउने घाउका भित्ताहरू
खाेस्रन्छ उनका मृदुल मासुका पत्रहरू
जसरी किसानले खाेतल्छ खेत अालु राेप्नुअघि
कहिले त उनी फल दिन्छिन्
कहिले सक्दिनन्
अनि सुकसुकाउँछिन्

अाँखामुनि लत्रिएकाे छ मासु
मानाैँ क्रुद्ध छन् उनका अनुहारका रगतका नसाहरू पनि

घण्टाैँकाे राेदन पछि फुलेकाे छ नाथ्राे
सक्दिनन् सामना गर्न एेनाकाे
"कता लुकाउनु मैले मेराे थुतुनाे ?"

अनेक छन् शृंगारका साधन, ती लाली र पाउडरहरू
अनि अनेक शीशी भरी छन् सहानुभूतिका झाेलहरू
रङ उँडेका नारीका अनुहारहरूका लागि

उनी जे भेट्छन् हातहरूले, पाेतर्छिन् अनुहारमा
छन्द्र्याङ्ग अावाज गर्दै खस्छन् शीशीहरू
अनि उनकाे मुटुमा ढ्याङ्राे बज्छ
तर अँध्याराे पलाउँदै जान्छ
अनि बिस्तारै अाउँछे उन्मत्त मृत्युपरी
जूनकाे उज्यालाेकाे प्वाँखमा चढेर
काेतर्दै उनका अाँखा मुनिका मासुहरू
थुपार्दै मासुका डल्ला उनकाे छिनेकाे कम्मरमा
अनि भवन बन्छ कुरूप
अाह!
त्याे मर्त्यसंगीत !




Original

A woman is every face 
with the awareness of being watched
that little twich of her lip, or her frown
is never entirely for her own,
even when alone
she is meant to ‘look’ glorious
Beyonce announces for the world to see
‘I woke up like this.’

Li Young’s little brown spots,
that mark the ripening of Parsimmons.
Parsimmons
in the human world
cannot just ripen without any sign
they must leave a trail of fragrance
for her executioners
to come find her
eat her
meat .

A woman must smell good,
even her cunt should smell of rosebud
the morning breaths
are the gentle punishment
she must undergo everyday
fresh
whether or not she feels to it
Can a rose in a florist’s stand afford staleness?
But a rose, so bright and bloody
so delicate a creature
as the rose pruned carefully in the florist’s stand,
can she, but ever, be happy?

Happy?
A rose need not be happy.
Children are happy
A woman isn’t a child
paedophile
to strangle a rose
isn’t a crime
a woman must bleed
in tears and blood
she must lay passive
like a virgin land under the trampler’s greedy foot
the creeks, the gorges, the turfs
the sea
the brine, where the seeds of life germinates
the tremulous land of mystery
forever rising, forever falling
the symphonoy of endurance
each day,
the life etches into the walls of her reef ,
scrapping her tender flesh
like a farmer digging in to sow potato
sometimes, she yields
sometimes, she chokes
and weeps
the puffed up bags under her eye
the agitated blood capillaries on her face
the swollen sinus from hours of crying
she cannot face herself in the mirror
where must I hide this ugly face?
There are lotions, there are concealers
there are endless bottles filled with the syrup of sympathy
for the face of a woman gone ugly
She rummages through them
dabbing everything she can get her hands on
the bottles rattle and fall down with heavy, sinister sound
making her heart pound
but the darkness is setting soon
the melancholic angel of death
will be riding on the gentle, silvery filaments of moon
etching the fine lines around her eyes
stuffing a pound of meat, in the slim column of her waist
a building gone awry
the sigh
the music of mortals.
~ bhushita, 'Every Woman'

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह