Tuesday, July 22, 2008

आयुर्वेद

हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम् 
मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते॥
~चरक (सूत्रस्थान १/४१)
अर्थात् आयु ( शरीर मन  आत्माको समुच्चय) काे हित तथा अहित (पथ्य  अपथ्य), आयु काे प्रमाण (मापन) एवं उक्त आयुकाे स्वरूप जहाँ बताइन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।

Tuesday, June 10, 2008

ज्योतिषी र बुढिया

कुनै बखतमा एकजना ज्योतिषी राती ताराहरूको अध्ययन गर्दै हिंड्दै गर्दा अचानक एउटा कुवामा खस्न पुगे l नजिकैको घरमा बस्ने एकजना बुढियाले यो देखि झटपट दौडेर आएर आफ्नो पटुकाले तानेर ज्योतिषीलाई कुवाबाट निकालिदिइन् l 
ज्योतिषीले अति प्रशन्न भएर भने, "आमा ! तपाईले मेरो उद्धार गर्नुभयो, म ठूलो राजज्योतिषी हुँ l भोलि मेरो घरमा आउनुहोस्, म तपाईँको सारा भविष्य बताइदिनेछु"l यो करा सुनेर बुढिया हाँस्दै "जो आफ्नो आँखा अगाडीको कुवा नदेखेर खस्दछ, त्यस्ताले अरूको भविष्य हेर्ने?" भन्दै आफ्नो घरभित्र पसिन् l

(चित्रः पिक्सेल्स डट कम )

Wednesday, May 21, 2008

हे सरस्स्वति माता!

अपूर्व: कोऽपि कोशोऽयं विद्यते तव भारति!
व्ययतो वृद्धिमायाति क्षयमायाति सञ्चयात्
।।
~हे सरस्स्वति माता! हजुरको भण्डार कस्तो अपूर्व छ! जुन खर्च गरे बढ्ने  साँचे घट्ने गर्छ!

धेरै पढिएकाे

पृष्ठ संग्रह