अाज लेख्दैछु यस्तै दुर्इ जना महिलाहरूकाे बारेमा जसले व्यायामलार्इ अाफ्नाे लगन बनाएका छन् । नियमित व्यायामका साथसाथै खानपानमा विशेष ध्यान दिएकै कारणले यी दुबैले अाफ्नाे शारीरिक कायापलट मात्र हैन धेरै अरूलार्इ प्रेरणा पनि दिएका छन् ।
भारतकाे गुजरात राज्यस्थित अहमदाबादमा बस्ने सपना व्यास कुनैबेला ८६ केजी थिइन् । व्यायाम प्रतिकाे अाकर्षणले उनलार्इ ५३ केजीकी तन्दुरुस्त मात्रै बनाएन व्यायाम र पाेषणमा गम्भीर अध्ययन गर्ने समेत बनायाे । यसै लगनले गर्दा पाेषणमा पिएच् डी गरेकी व्यास हाल एक चर्चित व्यायाम तथा पाेषण प्रशिक्षक हुन् ।
यसैगरी नेपालकाे पाेखरा निवासी अदिति गुरुङ मात्र तीनवर्ष अघि ९० केजी थिइन् । तन्दुरुस्त हुन व्यायाम थालेकी अदिति हाल ६० केजी भएकी मात्रै हाेइनन् अाफैमा एक प्रमाणपत्र प्राप्त व्यायाम प्रशिक्षक पनि भैसकेकी छन् । अध्ययनले पेडियाट्रिक नर्सिङकी विशेषज्ञ गुरुङ पाेखरा विश्वविद्यालयकी उपप्राध्यापक हुन् ।
सपना र अदितिकाे परिश्रम र सफलताकाे कथाबाट मैले चाहिँ निरन्तर प्रेरणा लिएकाे छु । यदि तपार्इँ पनि चाहनुहुन्छ भने सपना व्यासकाे फेसबुक तथा इन्स्टाग्राम र अदिति गुरूङकाे फेसबुक तथा इन्स्टाग्राममा गएर व्यायाम र पाेषण सम्बन्धि थप जानकारी र प्रेरणा लिन सक्नुहुन्छ ।
(चित्रः सपना र अदितिकाे इन्स्टाग्रामबाट पूर्व अनुमतिका साथ प्रकाशित )
No comments:
Post a Comment