Tuesday, June 13, 2017

सिंह र मान्छे

चित्रः पेक्सेल्सडटकम

धेरै समय अगाडीकाे कुरा हाे ।  दुर्इ जना शिकारीहरू शिकार गर्न भनी पूरा तयारीका साथ बन्दूक, दूरबीन अादि सामान लिएर जंगल सफारी गर्ने माेटरमा सवार भएर जंगल तर्फ लागे । जंगल यसाे प्रवेश गरेका मात्र के थिए , एकजनालार्इ पिसाबले च्याप्याे र ऊ पिसाब फेर्न भनी माेटरबाट अाेर्लेर झाडी तर्फ लाग्याे । झाडी नगीचै पुगेकाे मात्र के  थियाे त्यहाँ त एउटा सिंह बसीरहेकाे रहेछ । मान्छे अाँफूतर्फ अाएकाे देखेर सिंह झटपट उठेर गर्जँदै ऊतर्फ अगाडी बढ्याे । 
शिकारीले बन्दूक त माेटरमै छाडेर अाएकाे  थियाे तर उसले बुद्धि लगायाे र झटपट खल्तीबाट बन्दूककाे लाइसेन्स निकालेर सिंहलार्इ देखाउँदै भन्याे
'हे सिंह हेर् त मसँग बन्दूककाे लाइसेन्स छ, तैँले मलार्इ खान सक्दैनस्' ।


पाठकहरूले साेचीसक्नुभयाे हाेला, त्याे  शिकारीकाे के अवस्था भयाे हाेला? हामीसँग रहेका धेरै नीति,  नियम, कानून पनि त्यस्तै कागज नै हुन् जबसम्म ती लागू हुँदैनन् ।

2 comments:

धेरै पढिएकाे

पृष्ठ संग्रह