Tuesday, September 1, 2015

प्रार्थना गर्छु ती निर्दयी मुटुहरूका लागि!!

यो थारुहरू वा मधेशीहरूको बारेमा मात्रै होईन, यो त समग्र मानवको जीवनको बारेमा हो! यो एउटा मानवचेतनाको सूक्ष्म विकासको बारेमा हो जसले लाखौँ वर्षको अभिवृद्धि पछि स्पप्नर प्रेमको भाषा सिक्यो । यो त वासन्ति गीत प्रस्फुटित हुने हृदयको बारेमा हो! र ती आँखाहरूक‍ो बारेमा हो जहाँ स्वर्ग खुल्दछ! 
कसरी एउटा मानव यति असंवेदनशील हुन सक्छ कि उसले अर्को मानवको हत्या गर्न सकोस्? जुनसुकै कारण होस्, यो कदापि न्यायोचित हुनसक्दैन । जीवन भन्दा मूल्यवान केही हुन सक्दैन । म ती हरेक 'वाद'हरू सँग भयभीत छु जसले अझै जीवनको सम्मान गर्न सिकेनन् । मेरो अवस्था आज टीकापुर र बीरगंजमा निर्ममतापूर्वक मारिएकाहरूको चित्र देखेर अत्यन्त दारूण बनेको छ ।
म अत्यन्त लज्जित र अपमानित महसूस गरीरहेछु । म त्यस्त‍ो संसारमा कसरी स्वतन्त्र रसुरक्षित रहन सक्छु? जहाँ मेरा दाजुभाईको यस्तो नृशंश हत्या हुन्छ! म दिवंगतहरूका लागि प्रार्थना गर्दिन! संभवत: उनीहरूले परलोकमा केही शान्ति र सम्मान प्राप्त गरेका होलान्! म त बाँचेकाहरूका लागि, हाम्रालागि प्रार्थना गर्छु जसको विवेकले पूर्णत: धोका दियो र प्रार्थना गर्छु ती निर्दयी मुटुहरूका लागि!!
#टीकापुर #बीरगंज
Thank you Ma Bodhi Mudita for stealing words of my heart!

धेरै पढिएकाे

पृष्ठ संग्रह