Tuesday, June 10, 2008

ज्योतिषी र बुढिया

कुनै बखतमा एकजना ज्योतिषी राती ताराहरूको अध्ययन गर्दै हिंड्दै गर्दा अचानक एउटा कुवामा खस्न पुगे l नजिकैको घरमा बस्ने एकजना बुढियाले यो देखि झटपट दौडेर आएर आफ्नो पटुकाले तानेर ज्योतिषीलाई कुवाबाट निकालिदिइन् l 
ज्योतिषीले अति प्रशन्न भएर भने, "आमा ! तपाईले मेरो उद्धार गर्नुभयो, म ठूलो राजज्योतिषी हुँ l भोलि मेरो घरमा आउनुहोस्, म तपाईँको सारा भविष्य बताइदिनेछु"l यो करा सुनेर बुढिया हाँस्दै "जो आफ्नो आँखा अगाडीको कुवा नदेखेर खस्दछ, त्यस्ताले अरूको भविष्य हेर्ने?" भन्दै आफ्नो घरभित्र पसिन् l

(चित्रः पिक्सेल्स डट कम )

धेरै पढिएकाे

पृष्ठ संग्रह