Monday, February 27, 2017

संविधानको भाषा

। संविधान संशोधन गर्दा याद गरौँ, गराऔं ।। 
संविधानको भाषा सामन्ती बाहुन् ले मत्रै बुझ्नि खाले गाह्रो भयो (जस्तै: न्यायाधीश पदीय मर्यादामा नबसेमा संसद्ले महाभियोग लगाउन सक्नेछ) । यस्लाई सबैले बुज्ने सजिलो बनाउनु पर्छ ( जस्तै: जजले ल्याङ गरे हाउस्‌ले किक् गर्न सक्नेछ) । :-P

Thursday, February 9, 2017

नेता र किसान


दक्षिण भारतको कुनै गाउँमा नेताको भाषण सुन्न एक जनामात्र किसान आएको देखेर नेताले आफ्नो सचिवलाई कार्यक्रम रद्द गर्न भने । यो सुनेर किसानले भन्यो 'मैले जंगलमा चर्न छाडेका गाईमध्ये एउटा पनि फर्केर गोठमा आयो भने उसलाई घाँस हाल्छु भोकै राख्दिन' । यो सुनेर नेता उत्साहित भएर एक घण्टा भाषण गरे ।
'तर मैले एउटा गाईलाई पुग्ने मात्र घाँस दिन्छु, तपाईँले जसरी हजारौँलाई भन्ने कुरा एकैजनालाई सुनाए जस्तो गर्दिन' किसानले भन्यो ।
नेता निरूत्तर भए ।
(फोटो सौजन्य: सासांग लामा)

Sunday, February 5, 2017

धार्मिक लेनिन



म अल्लि चढेकै छु । लरतरोलाई मान्छे नगन्ने । बाहिर गनेझैँ गरे पनि मनबाट फिटिक्कै नगन्ने । हुन त म कोहि स्वनामधन्य सेलेब्रिटि पनि हैन, जसले गनेर वा नगनेर कसैलाई फरक परोस् । फेरि म भन्दै हिँड्ने पनि हैन । मनमै राख्ने हो । तर आज अलिकति भन्न मन लाग्यो ।
मेरो आफ्नै स्वभावत: पनि म लेनिनलाई यौटा खासेखुसे ट्विटे र टापटिपे पत्रकार भन्दा खासै गन्दिनथेँ । यो लेख पढेपछि भने लेनिनलाई तीखो कलमेमा जोडेँ । उसको कथाको पात्र भन्दा पनि मलाई कथाको विषयवस्तु र जनजीवनको जोड मनपर्‍यो । भाषाको तोड मन पर्‍यो । हुन त एक मन लेनिन पनि कुन्साङपथमा लाग्यो कि झैँ नलागेको हैन । तर कुन्साङ काका भन्दा लेनिन युवा छ । मेरै उमेरको । लेख्नुलाई उसले अल्लि भिन्नै ढंगले लिनेछ भन्ने आशा छ ।
उसले यहाँ भनेका कुरा नौला हैनन् । यी कुरा धेरै पटक भनिए । मैले पनि भनेँ । धेरैले अझै तीखो भने । र यसलाई लेनिनले पनि बडो तीखो भन्यो । ठामठामै नवराज पराजुलीको कविताको वास्ना हालेर भन्यो । उसले भविष्यका शासकलाई पनि यत्तिकै तीखो भन्न सकोस् । स्थायी प्रतिपक्ष हुनुको दायित्व निभाओस् । गासको र बासको अनि बुढी र छोराको मुख हेरेर सम्झौता गर्न नपरोस् उसलाई...
मेरा लागि लेखको प्रधानमन्त्री अमुकमात्र हैन । निकटभूतकालका सबै हुन् । अझ इतिहासका सबै शासक हुन् । जनताप्रति जवाफदेही हुनु बाहेक शासकको विकल्प छैन । लेखकको धर्म शासकलाई सचेत गर्नु हो । लेनिनलाई धर्मनिरपेक्ष हुन नपरोस् सँधै यसै गरी धार्मिक भएर लेख्न सकोस् ।

धेरै पढिएकाे

पृष्ठ संग्रह