Tuesday, June 20, 2006

संगत

"पाहाड्को जन्म पाई अति अबुझ छुचा क्रोधी जन् संग पाई
लेखेछन् ग्रन्थ सुन्दर तर पनि कविले धन्य लाग्यो मलाई ।।"
माथिको पद्य मेरा पितामह पण्डित कविराज नरनाथ शर्मा अाचार्य (१९६२- २ं०४५) ले अाफ्ना पूर्वज अादिकवि भानुभक्त अाचार्य (१८७१-१९२५) प्रति अाज भन्दा लगभग ५०-५५ वर्ष पहिले लेख्नुभएको हो । यहाँ पहाडको विकट भूगोलको जन्म  अति अबुझ, छुचा, एवं क्रोधी जनको संगत हुँदा पनि कविले सुन्दर ग्रन्थ लेखेको प्रसंग छ । गजाधर सोतीको घरमा निकालिनु, गिरिधारी भाटसंग कुलाको विवाद हुनु लगायतका प्रसंगमा रचिएका भानुका कविताले त्यो समयको मूल्यांकन गर्न सघाए पनि मेरा पितामहको अाफ्नै अनुभव पनि यस पद्यको रचनामा प्रेरणा रहेको होला । अाज मैले यो पद्यको उद्धरण दिनुको अर्थ अाज २०० वर्ष पछि पहाडको जीवन भौतिक रूपमा केही समृद्ध त भयो तर अधिकांश व्यक्तिको गुण उस्तै नै रहेको छ, यस्तो प्रतिकूल वातावरणमा पनि सीमीत संख्यामा भए पनि बाँकी सकारात्मक व्यक्तिले रचनात्मक कार्यमा संलग्न हुनु पर्छ भन्ने हो ।

धेरै पढिएकाे

पृष्ठ संग्रह