Thursday, August 20, 2015

विरहिणी गान


विरहिणी गान
मूल अंग्रेजीः भूषिता वशिष्ठ
नेपाली अनुवादः शिव सङ्कल्प

आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट

Recitation of the translation by the original author of the work can be heard here


तिम्रो अभावले आर्द्र छ मेरो मन । 
त्यो मन्द विलुप्ति तिम्रा नयनहरूको, 
मानौँ निष्क्रमित हुन्छ मेरा नयनागारबाट । 
ती पर्वतहरू तिमी हौ, 
र ती वृक्षहरू पनि, 
अनि त्यो निःस्तब्धता, यौटा शुष्क शारदीय सन्ध्याको । 
त्यो वाताघात वेणुविवरहरूमा,
अथवा त्यो धान्यपत्र सुगन्धित वायु,
अनि यौटा एकाकी नद
सबै तिमी ।
.
तिमी विकसित नीललोहित पुष्प हौ,
सहस्र पत्रकहरूमा आस्फालित ।
तिमी नै त्यो बृद्धपत्र हौ,
एकाकी अनि संकुचित ।
तिमी रक्त हौ, अनि तिमी नै नागरंग अनि नीललोहित वर्ण हौ,
त्यो रोमाच्छन्न पातालपुष्पको,
अनि तिमी नै हरित्कण कच्छपिका हौ तिनका पत्रको ।
.
तिमी अानन्द हौ,
अनि अवसाद पनि तिमी नै,
तिमी नै सूक्ष्म सुर हौ ती भारतीय वाद्यका,
जो विनिर्मित हुन्छन् लाखौँ एकाकी गानहरूमा ।
तिमी प्रवेग हौ, अनि तेज
जसको साथमा ध्वनित हुँदै विलाउँछन् ती सुरहरू
तिमी प्रतिध्वनि हौ तिनको मेरो हृदयमा
र तिमी नै शून्यता हौ तिनको मृत्युपछिको ।
.
तिमी चन्द्र हौ
प्रेमधूसरित
र मेघ हौ त्यो चन्द्रालिंगनकारी ।
तिमी नै आकाशगंगा हौ, अनि नक्षत्र पनि
र दीव्य प्रकाश हौ मेरा ती दुई नेत्रको ।
तिमी समुद्र हौ मेरो हृदयघटपूरणकारी
र व्यग्र ज्वारभाटा पनि तिमी नै, त्यो सागरवक्षस्थलवासी ।
.
तिमी अन्तरिक्ष हौ, स्पर्शातीत ।
अनि तिमी नै प्रेमरसवृष्टि हौ
त्यो सरोवराच्छन्न जाज्वल्य सूर्यकिरण पनि तिमी हौ,
अनि त्यो निशान्धकार पनि तिमी जहाँ विलुप्त हुन्छन् ती सबै ।
तिमी नै पश्चात्रस हौ त्यो सुदूरपूर्वी हरित्पेयको,
तिमी अतृप्त तृष्णा हौ, अनादि, अनन्त अनि अन्धकारमय,
अनि तिमी नै तुष्टि हौ मधुर अनि समृद्ध
जो गान गर्छौ 'अाइज निदरी' मेरो अन्तःकरणमा .... ।

Original

my heart is wet with your absence
the faint evanescence of your eyes,
oozes out of everything my eyes dwell on
these mountains are you,
and these trees, 
the calmness of a dry autumn afternoon,
rustle of wind on the bamboo groove
sweet aroma of paddy fronds,
and the solitary river,
it is all you,
you are the curvaceous bougainvillea
floundering into million frills
you are the dying leaf,
shrunken into lonliness
you are the red, and the orange and the fuchsia
of pubescent zinnia
you are the blotch of chlorophyll in their leaves.
you are the joy they give to me,
and the sadness.
you are the fragile note of indian lyre
disintegrating into million songs of lonliness.
you are the passion, the fire,
these broken dying notes reverberate with.
you are the echo of them in my heart.
and the silence after their death.
you are the moon,
pale with love
and the cloud that embraces her.
you are the galaxy, constellation,
the nebulous luminosity in my eyes.
you are the sea that fills my heart
and the restless waves in its bosom.
you are the sky, i cannot touch
and the rain that soak me to love.
you are the scintillating rays of sun on a lake,
and the darkness of night that eats them all.
you are the aftertaste of sencha tea,
you are the craving - eternal insatiation
ancient, dark.
you are the satiation - sweet and rich
that sings lullaby to my heart.
~ mudita 

धेरै पढिएकाे

पृष्ठ संग्रह