Sunday, August 18, 2013

धार्मिक व्यापारी

एउटा व्यापारी साहुले नयाँ कर्मचारी राखेको थियो र उसलाई व्यापारको तालीम दिँदै थियो । नयाँ ग्राहक आएपछि कर्मचारीले सोध्थ्यो 'केशव! केशव! ( यी को हुन्? )। साहुले भन्थ्यो 'गोपाल! गोपाल! ( गोठाला हुन्, ग्रामीण हुन्, अज्ञानी हुन्) ।
कर्मचारीले सोध्थ्यो 'हरि! हरि! ( लुटौँ? लुटौँ? ) साहुले भन्थ्यो 'हर! हर! (लुट! लुट!) । जनतालाई लाग्थ्यो खुब धार्मिक स्वभावका व्यापारी छन्, तर उनीहरूको खेल भिन्दै थियो ।

धेरै पढिएकाे

पृष्ठ संग्रह