Wednesday, July 12, 2017

भानुभक्तका कृतिमा रसकाे प्रयाेग (कवितापाठ सहित)

(प्रसङ्ग २०४ औँ भानुजयन्ती)

भानुभक्त अाचार्य (वि.सं १८७१- १९२५)लार्इ  नेपाली साहित्यमा अादिकविकाे रूपमा सम्मान गरिएकाे छ । नेपालमा मात्र नभै नेपाली भाषाभाषी रहेका हरेक स्थानमा उनकाे सम्मान गरिएकाे छ ।  उनीभन्दा अधि नै पनि धेरै नेपाली कविहरू रहँदा रहँदै पनि भानुभक्तलार्इ अादिकवि मानिनुमा उनकाे विशिष्ट कवित्त्व नै कारण हाे । उनका  विभिन्न फुटकर रचनाहरू पनि धेरै उत्कृष्ट भएता पनि मुख्यरूपमा भानुभक्तलार्इ अादिकवि बनाउने कृति भने रामायण नै हाे । संस्कृतकाे अध्यात्म रामायणकाे अनुवादकाे रूपमा रहे तापनि यस कृतिमा प्रचूर माैलिकता समेत भएकाले पनि याे कृति विशिष्ट हुन पुगेकाे हाे ।  रामायणमा एक महाकाव्यमा हुनुपर्ने सारा गुणहरू रहेका छन् ।  अाज यहाँ भानुभक्तकाे रामायणका विभिन्न काण्डमा  तथा अन्य कृतिहरूमा रहेकाे   साहित्यिक रसहरूकाे प्रयाेगकाे उदाहरणहरू सप्रसङ्ग  प्रस्तुत गरिँदै छ । 







  • १) 
    शृङ्गाररस

    कान्तिपुर वर्णन
    चपला अबलाहरू एक् सुरमा
    गुनकेशरीकाे फुल ली शिरमा
    हिँडन्या सखि लीकन अाेरिपरी
    अमरावति कान्तिपुरी नगरी ।। फुटकर पद्य ।

    २) हास्यरस

    श्रीरामले अहल्यालार्इ  पाउले कुल्ची पत्थर स्वरूपबाट मुक्त गरी मानव स्वरूपकी बनाइदिनुभए पछि श्रीराम गङ्गातीरमा गर्इ गङ्गापार गर्न नाउमा चढ्न लाग्दा मल्लाह (माझी) भन्दछ ....

    ख्वामित् र्इ दुइ पाउकाे अतिअसल्  धूलाे जसै ता पर्‍यो
    पत्थर् हाे तपनि मनुष्यसरिकाे सुन्दर् स्वरूपै धर्‍यो ।
    तस्तै पाठ याँहाँ भयाे भनि भन्या नावै स्वरूप् धर्दछन्
    नावैले पनि रूप् धर्‍या यदि भन्या हाम्रा जहान् मर्दछन् ।। बालकाण्ड ९७ ।।

    ३) अद्‌भुतरस

    श्रीरामले जनकपुरमा धनुष भाँच्दाकाे प्रसङ्गमा ...

    साँचा वाणी सुन्या र साेही रितका बात् चित् भयाथ्या जसै
    पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनू साे तसै ।
    ताँहाँ श्रीरघुनाथ् उठेर नजिकै वाँही धनूथैँ गया
    वाम् हात्‌मा सहजै उचालि धनु त्याे राम्‌ले त लीँदा भया ।।

    ताँदाे जल्दि चढाइ खैँचनुभयाे ताँहाँ धनूकाे जसै
    दूर्इ टूक् भइ पाे गिर्याे उ धनु ता खूसी भया सब् जसै ।

    बालकाण्ड १०५-१०६।।

    ४) रौद्ररस
    श्रीरामले जनकपुरमा धनुष भाँचेकाे सुनेका परशुराम क्राेधित भएर भन्दछन्...


    कस्काे पुत्र तँ हाेस् बता मँकँन रे जाबाे पुरानू धनू
    भाँच्तैमा अतिगर्व भाे तँकन ता धेरै कुरा क्या भनू ।
    याे ता हाे हरिकाे धनू विर भया ताँदाे यसैमा चढा
    भन्दै खूप् रिसले रह्या परशुराम् राम्‌का अगाडी खडा ।। बालकाण्ड १२६।।


  • ५) वीररस 

    हनुमानले रावणलार्इ फटका
    र्दाकाे प्रसङ्गमा ...

    यसरि किन बहूतै गर्दछस् सेखि धेरै
    प्रभूकन त परै राख् जाेरी छैनस् तँ मेरै ।
    अघि सरु त तँ जस्ता काेटि रावण् म मारू
    हुकुम त न भयाकाे मार्नकाे अाज क्यारू ।। सुन्दरकाण्ड ११९ । 


  • ६) करुणरस
    रावणकाे वधपछि रावणका रानी तथा विभीषणकाे शाेकका प्रसङ्गमा ...

    रावण्‌का सब रानी अायर विलाप् खुप् गर्न लाग्या ताहाँ
    पृथ्वीमा लडि खुप् विभीषण पनि राेया रहन्थ्या कहाँ ।
    बीत्या दाज्यु भनी विभीषण पनी खुप् रून लाग्या जसै
    लक्ष्मणलार्इ हुकुम् भयाे प्रभूजिकाे सम्झाउ भन्न्या तसै ।। युद्धकाण्ड २७३ ।

  • ७) भयानकरस

    रावणकाे वधकाे समयका कालाग्नी स्वरूपका बनेका श्रीरामकाे वर्णन...

    कालाग्नीसरिकाे भयङ्कर स्वरूप् राम्‌को बनेथ्याे जसै
    कम्पिन् पृथ्वि पनी भयङ्कर स्वरूप्  देखिन् र राम्‌को तसै
    रावण्‌का पनि चित्तमा भय पस्याे उल्का बहूतै भया
    क्या गर्छन् प्रभुले याँहाँ भनि ताहाँ सब् लाेक् डरार्इ गया ।। युद्धकाण्ड २५८ ।

  • ८) शान्तरस

    श्रीरामलार्इ  वनवास पठाउने निर्णय भएपछि अाक्रामक बनेका लक्ष्मणलार्इ  बन्धुकाे ससङ्गकाे अनित्यता  सम्झाउँदै  शान्त पार्न श्रीराम भन्नुहुन्छ...


    देश देशका बाेटलीन्छन् बुझ तिमि मनले बाटका पाटिमाहाँ
    बातचित गर्दै रहन्छन् खुसिसित ति सबै बन्धुझैँ राति ताहाँ 
    प्रातःकाल् भो जसै ता उठिकन ति सबै दश् दिशा लागिजाञ्छन्  
    बन्धुको सङ्ग एस्तै बुझिकन गुणिले  दुखः सुख् एक मान्छन् ।। अयाेध्याकाण्ड ३२ ।




सन्दर्भग्रन्थः  भानुभक्तकृत भाषारामायण ( लाेकानुकूल सुलभ संस्करण, २०७३ ) सम्पा. शिवराज अाचार्य काैण्डिन्न्यायन प्रकाशकः सांग्रिला बुक्स, काठमाण्डाैँ ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह