Tuesday, October 31, 2017

बकुल्लाकाे अात्मघाती जुक्ति

कुनै समयमा एउटा अाँपकाे रूखमा एकजाेडी बकुल्ला अानन्दसित बस्ने गर्थे । तर त्यही रूखकाे फेदकाे टाेँड्काेमा एउटा सर्प पनि बस्थ्याे । बकुल्लाले जति पटक अण्डा पारे पनि बकुल्ला चाराे खाेज्न गएकाे बेला सर्पले रूख चढेर अण्डा खाइदिन्थ्याे ।  पटक पटक याे घटना दाेहरिए पछि माउ बकुल्लालार्इ धेरै पीर पर्याे । उसलार्इ पीर परेकाे देखेर नर बकुल्लाले जुक्ति लगायाे । उसले यताउता खाेजेर एउटा न्याउरी मुसाकाे दुलाे भेट्टायाे र स-साना माछाहरू मारेर न्याउरीकाे दुलाेबाट अाँफू बस्ने रूखकाे फेदसम्म लहर मिलाएर राख्याे । नभन्दै न्याउरी मुसाे ती माछाहरू खाँदै उनीहरू बस्ने रूखकाे फेदसम्म अाइपुग्याे । बकुल्लाले चाहे जस्तै सर्प पनि अाफ्नाे दुलाेबाट निस्केकाे अवस्था पर्याे । हेर्दाहेर्दै न्याउरीले त्याे सर्प मारिदियाे । बकुल्लाका जाेडी खुसी भए । तर तिनकाे त्याे खुसी धेरैबेर टिकेन । बकुल्लाकाे अावाज सुनेकाे न्याउरीले रूख चढेर बकुल्लाका अण्डा र चल्ला पनि खाइदियाे ।



कथाः हिताेपदेश


धेरै पढिएकाे

पृष्ठ संग्रह