Wednesday, May 25, 2011

कलियुग

एक पटक कुनै सज्जनले एक महात्मासँग सोधे -"महात्माजी, संसारमा पापी (कर्तव्यच्युत) मान्छेहरू सुखी र धर्मात्मा (कर्तव्यनिष्ठ) मान्छेहरू दु:खी देखिन्छन्, यस्तो किन भएको हो? कलियुग(खराब संगत)ले गर्दा हो कि? यस्तोमा धर्म (कर्तव्यनिष्ठता)को गौरव के रह्यो? " महात्माले भन्नुभयो "पापको र भौतिक समृद्धिको खुसी क्षणिक छ, तिनले पापको दण्ड यसै युगमा अवश्यै पाउँछन् र धार्मिकमान्छेहरू कहिल्यै दु:खी हुँदैनन्, क्षणिक भौतिक सुखमा लिप्त पापीहरूलाई सुखी देख्ने धार्मिकभनिएकाहरू पनि पापी नै हुन् । कलियुग भनेको तिनैको मानसिकतालाई हो । साँच्चैका धार्मिकहरू सँधै सुखी हुन्छन् । तिनलाई कहिल्यै कलियुगले छुँदैन ।"

धेरै पढिएकाे

पृष्ठ संग्रह