तपार्इँहरूलार्इ अामिर खान भनेका काे हुन्? भनेर साेध्ने हाे भने सबैले भन्नुहुन्छ हाेला । अझ कतिले त फुङसुख वाङडु भनेकाे काे हुन्? भने पनि भन्नु हुन्छ हाेला तर साेनाम वाङचुक काे हुन्? भनेर साेध्ने हाे भने धेरैलार्इ थाहा नहुन सक्छ ।
जम्मु कश्मीरकाे लद्दाखमा जन्मेका साेनाम वाङचुक वास्तविक जीवनका 'फुङसुख वाङडु' हुन् जसले लद्दाखीहरूकाे शिक्षामा व्यापक सुधार गरे । उनकाे पहलमा भएकाे मूलधारकाे भनिने शिक्षालार्इ लद्दाखीहरूकाे अनुकुल बनाउने शैक्षिक सुधारले गाउँकाे विद्यालयकाे उत्तीर्ण प्रतिशत पाँचबाट बढेर पचहत्तर पुग्याे । यतिले पनि सन्तुष्ट नभएका उनले शिक्षामा असफल भनिएकाहरूलार्इ सिन्धु नदीकाे तटमा स्थित गाउँ 'फे'मा भिन्दै विद्यालय सेकमाेलकाे स्थापना गरे। जहाँ विद्यार्थीहरूले प्रयाेग गरेरै सिक्ने माैका पाउँछन् ।
खाेजी गर्नुहाेस्
Thursday, June 15, 2017
Tuesday, June 13, 2017
सिंह र मान्छे
चित्रः पेक्सेल्सडटकम |
धेरै समय अगाडीकाे कुरा हाे । दुर्इ जना शिकारीहरू शिकार गर्न भनी पूरा तयारीका साथ बन्दूक, दूरबीन अादि सामान लिएर जंगल सफारी गर्ने माेटरमा सवार भएर जंगल तर्फ लागे । जंगल यसाे प्रवेश गरेका मात्र के थिए , एकजनालार्इ पिसाबले च्याप्याे र ऊ पिसाब फेर्न भनी माेटरबाट अाेर्लेर झाडी तर्फ लाग्याे । झाडी नगीचै पुगेकाे मात्र के थियाे त्यहाँ त एउटा सिंह बसीरहेकाे रहेछ । मान्छे अाँफूतर्फ अाएकाे देखेर सिंह झटपट उठेर गर्जँदै ऊतर्फ अगाडी बढ्याे ।
शिकारीले बन्दूक त माेटरमै छाडेर अाएकाे थियाे तर उसले बुद्धि लगायाे र झटपट खल्तीबाट बन्दूककाे लाइसेन्स निकालेर सिंहलार्इ देखाउँदै भन्याे
'हे सिंह हेर् त मसँग बन्दूककाे लाइसेन्स छ, तैँले मलार्इ खान सक्दैनस्' ।
पाठकहरूले साेचीसक्नुभयाे हाेला, त्याे शिकारीकाे के अवस्था भयाे हाेला? हामीसँग रहेका धेरै नीति, नियम, कानून पनि त्यस्तै कागज नै हुन् जबसम्म ती लागू हुँदैनन् ।
Monday, June 12, 2017
फूलहरूले श्रद्धा चढाउँदै शिव संकल्पकाे युट्युब च्यानल प्रारम्भ
फूलहरूले श्रद्धा चढाउँछाैँ ... शब्दकाे याे सुन्दर नेपाली गीतमा प्रस्तुत गरीएको कलात्मक शास्त्रीय नृत्यका साथमा अाजबाट मैले अाफ्नाे युट्युब च्यानल प्रारम्भ गरेकाे छु । दुर्इ वर्ष अघि पाेखरामा मनाइएकाे पुस्तकालय दिवसकाे उद्घाटनका अवसरमा याे नृत्य प्रस्तुत गरिएकाे थियाे ।
मेराे च्यानलमा विशेष गरी साहित्य संगीत र कला सम्बन्धि चलदृश्य राखिने छ भने बेलाबेलामा युवा वैज्ञानिकसँगकाे अन्तर्वार्ता जस्ता रमाइला चलदृश्य पनि राखिनेछ ।
१०० जना सब्स्क्राइबर नभैकन युट्युबले च्यानलकाे विशिष्ट ठेगाना नदिने रहेछ , अतः मित्रहरूलार्इ सब्स्क्राइब गरिदिनुहुन पनि अनुराेध छ ।
Friday, June 9, 2017
धन र खुसी
फाेटाे ः विकिमिडिया कमन्स |
खलीफाले माेची बिरामी भएकाे शंका गरी हेर्न पठाए तर माेची त झाेक्राएर घाेसेमुण्टाे लगाएर जुत्ता सिउँदै रहेछ । खबर पाए पछि खलीफा अाँफै माेचीकाे खबर लिन अाए र माेचीलार्इ गीत नगाउनुकाे कारण साेधे । माेचीले जबाफ दियाे -सरकार मैले हजूरले दिनुभएकाे सय दीनार घर राख्ने ठाउँ नै देखिन, बीबीलार्इ राख्न दिए पनि, सँगै लिएर हिँडे पनि कतै चाेरिने लुटिने हाे कि भन्ने डर लाग्याे, यसले केही खरीद गर्ने कुरा पनि देखिन, अल्लाहकाे कृपाले अाफ्नाे शीपले दैनिकी चलेकै थियाे याे पैसा मलार्इ काम रहेनछ याे पैसा हजूरले नै फिर्ता लिर्इदिनुपर्याे । माेचीकाे कुरा सुनेर खलीफा अवाक् भए । उनले पैसाकाे पाेकाे फिर्ता लिए । भाेलिपल्टदेखि माेचीकाे उही मस्तीका साथ गाना गार्इरहेकाे थियाे । खलीफा अल्लाहकाे कुदरत देखेर राेमांचित भए ।
निशान भट्टराईलार्इ सुन्नुभयाे ?
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट |
निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोलि टेलिभिजनमा, इण्टरनेटमा खूब सुन्न पाइएको छ उसको गीत । मैले पनि सुनेँ । मैले पहिलो पटक उसलाई हाल एपीवान टेलिभिजनमा चलिरहेको ‘नेपाल आइडल’ भन्ने कार्यक्रमको ‘अडिशन’मा सुनेको थिएँ । शास्त्रीय रागमा आधारित गायनका लागि चर्चित भारतीय गायक मन्नाडेले माइतीघर चलचित्रका लागि जयदेवको संगीतमा गाएको ‘जिन्दगीलार्इ जीत हैन हारले नै स्वागत’ भन्ने गीत उसकाे स्वरमा सुनेर निर्णायकहरू पनि ‘दिक्क’ (चकित) परेका थिए ।
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...