अदालतकाे कठघरामा उभिएकी एकजना युवतीकाे व्यवहार अचम्मलाग्दाे छ । न्यायाधीशले उनकाे स्वास्थ्यपरीक्षण गराउन आदेश दिन्छन् । डाक्टरसँग ती युवती छिनमै आँफूलाई शिखा शर्मा र छिनमै तारा विद्राेही बताउछिन् । यसाे बताइरहँदा उनकाे हाउभाउ भावभङ्गी सबै फरक फरक देखिन्छ ।
याे दृश्य हाे पाेखरा थिएटर गैह्रापाटनका चाैथाे र पाँचाै ब्याचका प्रशिक्षार्थीहरूकाे सक्रियतामा हाल पाेखरा थिएटरमा मञ्चन भैरहेकाे नाटक केस नं ३११ काे । याे नाटक डिसाेसिएटिव आइडेन्टिटि डिसअर्डर वा डीआईडी भनिने मानसिक राेगसँग तथा पारिवारभित्रै हुने याैन दुर्व्यवहारसँग सम्बन्धित छ । सामान्य भाषामा स्प्लिट पर्सनालिटि समेत भनिने डीआईडी उत्पन्न हुने अनेक कारणमध्ये बाल्यकालमा हुने याैनहिंसाकाे विषयलाई नाटकले उठाएकाे छ । पारिवारिक मूल्य र मान्यताकाे स्खलन, मानसिक राेग उत्पन्न गराउने सामाजिक कारण र अवस्थालाई नाटकीय स्वरूप दिएर बनाइएकाे नाटक शिक्षाप्रद छ ।
नाटक न्यायालयकाे पृष्ठभूमिमा बुनिएकाे छ । नाटककाे द्वैध चरित्र रहेकाे मुख्य भूमिकामा अनामिका रिजालले उत्कृष्ट अभिनय गरेकी छन् । नाटकमा वकील बनेका एलिसा भाेग र अदित भुजेलले नाटकलाई उचालेका छन् । न्यायाधीश बनेका झलक थापा, आमा बनेकी प्रतिभा रिमाल, प्रहरी बनेकी दिप्सना विश्वकर्मा, डाक्टर बनेका दिव्य अमृत सबैले आ आफ्नाे भूमिकालाई न्याय गर्न परिश्रम गरेका छन् । नाटकका अन्य कलाकारहरूमा सुशील बराल, मनीषा केसी, पालमती थापा, सुरज तिवारी, गोपाल भुसाल र कमल तामाङ रहेका छन् । नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गरेका हुन् ।
कलाकार प्रकाश घिमिरे, अधिवक्ता एवं लेखक दीपक पराजुली, पाेखरा थिएटरका निर्देशक परिवर्तन
तथा नाटक केस नं ३११ का नाट्यकर्मीहरूका साथमा शिव सङ्कल्प
तथा नाटक केस नं ३११ का नाट्यकर्मीहरूका साथमा शिव सङ्कल्प
चित्रहरू पाेखरा थिएटरकाे फेबुबाट