Sunday, December 20, 2015

प्रेम

ऊः तिम्रो रुचि के हो ?
म: साहित्य, संगीत, कला, विनोद, स्वास्थ्य  अध्यात्म । 
ऊः छोटकरीमा भनन । 
मः प्रेम :-) ।

Monday, November 16, 2015

भारत र चीन

भारतले लगाएको नाकाबन्दीको उपचार चीनसितको नाका खोल्न खोजेर हुँदैन । नेपाल मामिलामा भारत  चीन एकमत छन् । वर्तमानको नेपालको संकट नेपालमा आफ्ना नीति हावी गराउन लागी परेको युरोप-अमेरिका एकातर्फ  तिनको प्रभाव घटाउन प्रयासरत चीन-भारत अर्कोतर्फ भएकाले हो । विश्वशक्ति  क्षेत्रीय शक्तिको यस्तो द्वन्द्वको बीचमा फसेका नेपाली जनताकाे संकट लम्बिने  लामो समयसम्म दु:ख पाउने प्रष्ट देखिएको छ । उच्च कुटनैतिक सुझबुझ आजकाे प्रमुख आवश्यकता हो । तर निकटभविष्यमा यसको संभावना नदेखिएकाले जनताले आफ्ना आवश्यकतालाई न्यूनतम रूपमा व्यवस्थापन गर्नुको विकल्प छैन ।
स्मरण रहोस् 'कुनै पनि शासकका प्राथमिकतामा जनताहरू कहिल्यै पर्दैनन् ।'
पुनश्च: यहाँ शासक भन्नाले तथाकथित महाशक्तिहरू बुझ्नुपर्छ ।

Sunday, October 18, 2015

डिप्टि पीएम्

"लेखे पडेको मध्ये बडि नि यौडा डिप्टि पीएम् राख न हो ओली दाजु ...
मान्छे स्वतन्त्र, शिक्षा पौने पिएच् डी, युवामा भर्खर ३३ को लोर्के ठीटो, 
देशले काँचुली फेर्नि थ्यो क्यारे, 
तिम्रा घैँटाँ कैले घाम लाग्ला  खै? :-( "

Tuesday, September 1, 2015

प्रार्थना गर्छु ती निर्दयी मुटुहरूका लागि!!

यो थारुहरू वा मधेशीहरूको बारेमा मात्रै होईन, यो त समग्र मानवको जीवनको बारेमा हो! यो एउटा मानवचेतनाको सूक्ष्म विकासको बारेमा हो जसले लाखौँ वर्षको अभिवृद्धि पछि स्पप्न प्रेमको भाषा सिक्यो । यो त वासन्ति गीत प्रस्फुटित हुने हृदयको बारेमा हो!  ती आँखाहरूक‍ो बारेमा हो जहाँ स्वर्ग खुल्दछ! 
कसरी एउटा मानव यति असंवेदनशील हुन सक्छ कि उसले अर्को मानवको हत्या गर्न सकोस्? जुनसुकै कारण होस्, यो कदापि न्यायोचित हुनसक्दैन । जीवन भन्दा मूल्यवान केही हुन सक्दैन । म ती हरेक 'वाद'हरू सँग भयभीत छु जसले अझै जीवनको सम्मान गर्न सिकेनन् । मेरो अवस्था आज टीकापुर  बीरगंजमा निर्ममतापूर्वक मारिएकाहरूको चित्र देखेर अत्यन्त दारूण बनेको छ ।
म अत्यन्त लज्जित  अपमानित महसूस गरीरहेछु । म त्यस्त‍ो संसारमा कसरी स्वतन्त्र सुरक्षित रहन सक्छु? जहाँ मेरा दाजुभाईको यस्तो नृशंश हत्या हुन्छ! म दिवंगतहरूका लागि प्रार्थना गर्दिन! संभवत: उनीहरूले परलोकमा केही शान्ति  सम्मान प्राप्त गरेका होलान्! म त बाँचेकाहरूका लागि, हाम्रालागि प्रार्थना गर्छु जसको विवेकले पूर्णत: धोका दियो  प्रार्थना गर्छु ती निर्दयी मुटुहरूका लागि!!
#टीकापुर #बीरगंज
Thank you Ma Bodhi Mudita for stealing words of my heart!

Saturday, August 29, 2015

उपाकर्म

वैदिक कालको उपाकर्म ( वेद पढ्न शुरु गर्ने दिन) , पौराणिक कालको ऋषितर्पणी, बाजेको पालाको जनैपूर्णिमा, बाउको पालाको रक्षाबन्धन, क्वाँटी पुह्नि हुँदै हाल छोराको पालामा रंगी बिरंगी राखीमा सीमित भएको छ । जे जस्तो भए पनि श्रावणी पूर्णिमा मान्ने सम्पूर्णमा शुभकामना!
ॐ विश्वानि देव सवितर्दुरितानि परासुव ।
यद् भद्रं तन्न आ सुव ॥ ~यजुर्वेद ३०/३
मंत्रार्थ – हे सम्पूर्ण सुखका दाता ज्ञानका प्रकाशक, सकल जगतका उत्पत्तिकर्ता एवं समग्र ऐश्वर्ययुक्त परमेश्वर! हजुरका अनुकम्पाले हाम्रो सम्पूर्ण दुर्गुण, दुर्व्यसन  दु:ख दूर होऊन् जो कल्याणकारक गुण, कर्म, स्वभाव, सुख  पदार्थ छन्, तिनीहरू हामीलाई राम्रोसँग उपलब्ध होऊन् ।

Friday, August 28, 2015

धर्म र कर्म 'काले रार्इ' ले गर्यो छक् पर्यो बाहुन!

"य‍ो रुम्जाटारको कोदाको पीठो निर्गुन् को दाऊन ।
धर्म  कर्म गुरुङले गर्यो छक् पर्यो बाहुन ।।"
(कतै 'धर्म  कर्म'को सट्टा 'ज्ञान  ध्यान' भन्ने पाठ छ)
माध्यमिककालका जोसमनी सन्त ज्ञानदिलदासको वचन उनमा सत्य हुन्छ ।
"ए काले! तैँले गरेर खाँदैनस् " भन्ने आफ्ना पिता धम्बे राईको वचनबाट प्रेरणा लिएका काले राईले ३० वर्षको उमेरमा बल्ल कखरा शुरु गर्न पाए । भारतका विभिन्न शहरमा घरेलु सेवकबाट शुरु गरी कडा संघर्ष गरेपछि वेदान्तमा आचार्य, दुर्लभ ग्रन्थ 'वेदान्तनयभूषणम्'को सम्पादनमा विद्यावारिधि  वैष्णवसम्प्रदायको सन्यासी भए पछि काले राई 'डा.स्वामी प्रपन्नाचार्य' भए । क्लिष्ट संस्कृतमा धाराप्रवाह गति भएका उनले संस्कृत "बाहुन् का छोरा"हरूले मात्र पढ्ने विद्या हो भन्ने मिथक तोडे ।
'वेदमा के छ? ' लगायतका अनेक ग्रन्थ रचेका उनको आज ९२ वर्षको वयमा पशुपति मृगस्थलीमा देह छुट्यो ।

Thursday, August 20, 2015

विरहिणी गान


विरहिणी गान
मूल अंग्रेजीः भूषिता वशिष्ठ
नेपाली अनुवादः शिव सङ्कल्प

आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट

Recitation of the translation by the original author of the work can be heard here


तिम्रो अभावले आर्द्र छ मेरो मन । 
त्यो मन्द विलुप्ति तिम्रा नयनहरूको, 
मानौँ निष्क्रमित हुन्छ मेरा नयनागारबाट । 
ती पर्वतहरू तिमी हौ, 
र ती वृक्षहरू पनि, 
अनि त्यो निःस्तब्धता, यौटा शुष्क शारदीय सन्ध्याको । 
त्यो वाताघात वेणुविवरहरूमा,
अथवा त्यो धान्यपत्र सुगन्धित वायु,
अनि यौटा एकाकी नद
सबै तिमी ।
.
तिमी विकसित नीललोहित पुष्प हौ,
सहस्र पत्रकहरूमा आस्फालित ।
तिमी नै त्यो बृद्धपत्र हौ,
एकाकी अनि संकुचित ।
तिमी रक्त हौ, अनि तिमी नै नागरंग अनि नीललोहित वर्ण हौ,
त्यो रोमाच्छन्न पातालपुष्पको,
अनि तिमी नै हरित्कण कच्छपिका हौ तिनका पत्रको ।
.
तिमी अानन्द हौ,
अनि अवसाद पनि तिमी नै,
तिमी नै सूक्ष्म सुर हौ ती भारतीय वाद्यका,
जो विनिर्मित हुन्छन् लाखौँ एकाकी गानहरूमा ।
तिमी प्रवेग हौ, अनि तेज
जसको साथमा ध्वनित हुँदै विलाउँछन् ती सुरहरू
तिमी प्रतिध्वनि हौ तिनको मेरो हृदयमा
र तिमी नै शून्यता हौ तिनको मृत्युपछिको ।
.
तिमी चन्द्र हौ
प्रेमधूसरित
र मेघ हौ त्यो चन्द्रालिंगनकारी ।
तिमी नै आकाशगंगा हौ, अनि नक्षत्र पनि
र दीव्य प्रकाश हौ मेरा ती दुई नेत्रको ।
तिमी समुद्र हौ मेरो हृदयघटपूरणकारी
र व्यग्र ज्वारभाटा पनि तिमी नै, त्यो सागरवक्षस्थलवासी ।
.
तिमी अन्तरिक्ष हौ, स्पर्शातीत ।
अनि तिमी नै प्रेमरसवृष्टि हौ
त्यो सरोवराच्छन्न जाज्वल्य सूर्यकिरण पनि तिमी हौ,
अनि त्यो निशान्धकार पनि तिमी जहाँ विलुप्त हुन्छन् ती सबै ।
तिमी नै पश्चात्रस हौ त्यो सुदूरपूर्वी हरित्पेयको,
तिमी अतृप्त तृष्णा हौ, अनादि, अनन्त अनि अन्धकारमय,
अनि तिमी नै तुष्टि हौ मधुर अनि समृद्ध
जो गान गर्छौ 'अाइज निदरी' मेरो अन्तःकरणमा .... ।

Original

my heart is wet with your absence
the faint evanescence of your eyes,
oozes out of everything my eyes dwell on
these mountains are you,
and these trees, 
the calmness of a dry autumn afternoon,
rustle of wind on the bamboo groove
sweet aroma of paddy fronds,
and the solitary river,
it is all you,
you are the curvaceous bougainvillea
floundering into million frills
you are the dying leaf,
shrunken into lonliness
you are the red, and the orange and the fuchsia
of pubescent zinnia
you are the blotch of chlorophyll in their leaves.
you are the joy they give to me,
and the sadness.
you are the fragile note of indian lyre
disintegrating into million songs of lonliness.
you are the passion, the fire,
these broken dying notes reverberate with.
you are the echo of them in my heart.
and the silence after their death.
you are the moon,
pale with love
and the cloud that embraces her.
you are the galaxy, constellation,
the nebulous luminosity in my eyes.
you are the sea that fills my heart
and the restless waves in its bosom.
you are the sky, i cannot touch
and the rain that soak me to love.
you are the scintillating rays of sun on a lake,
and the darkness of night that eats them all.
you are the aftertaste of sencha tea,
you are the craving - eternal insatiation
ancient, dark.
you are the satiation - sweet and rich
that sings lullaby to my heart.
~ mudita 

ट्विटर, डाक्टर र पेटिकोट


शीर्षक देख्दा लाग्न सक्छ लेखका लेखक अभि सुवेदी हुन् । निःसन्देह शीर्षक प्रभावित छ जापानी हाइकुबाट प्रभावित अभि सुवेदीका कुनै समय प्रकाशित हुने लेखहरूका शीर्षकबाट । जहाँ तीन असम्बद्ध जस्ता लाग्ने शब्दहरू लहरै आउँछन् । तर पढ्दै जाँदा ती शब्दबीचको सूक्ष्म सम्बन्ध प्रष्ट हुन्छ ।
सर्वप्रथम प्रसंग सामाजिक सञ्जालको छ । नेपालमा फेसबुकले लोकप्रियताको फड्को मारीरहँदा केवल १४० मात्रामा आफ्ना अभिव्यक्ति राख्नुपर्ने ट्विटर पनि धेरै पछाडी छैन । विशेष गरी लेखक, पत्रकार र राजनीतिकर्मीहरू माझ वा अझ व्यंगात्मक रूपमा भन्नुपर्दा फुर्सदिलाहरूमाझ ट्विटर लोकप्रिय छ । अन्तराष्ट्रिय रूपमै पनि अलिकति पनि सामाजिक परिचय बनाएको व्यक्तिको ट्विटरमा उपस्थिति हुनु अनिवार्य जस्तै भैसकेको छ । नेपालमा पनि ट्विटर चलाउनेहरूको राम्रो संख्या भैसकेको छ । यदा कदा चलाउनेदेखि लगभग चौबीसै घण्टाजस्तो ट्विटर चलाउनेहरू ट्विटरमा छन् । आफ्नो व्यस्त कार्यतालिकाका बावजुद प्रस्तुत पंक्तिकार पनि बेला मौकामा ट्विटर चलाउन छाड्दैन । धेरैले ट्विटरलाई हल्काफुल्का टिप्पणी गर्ने थलो मानेको देखिन्छ । त्यसो त नामी राजनीतिकर्मीहरू पनि ट्विटरमा जुहारी खेलीरहेका देखिन्छन् भने ट्विटरकै माध्यमले सामाजिक नाम कमाएकाहरू धर्म, संविधान या त्यस्तै चल्तीको प्रसंगको समर्थन वा विरोधमा लेखिरहेका हुन्छन् । खेलप्रेमीहरू खेलको प्रत्यक्ष प्रसारण गरीरहेका हुन्छन् भने प्रेमीहरू प्रेम प्रसंगकै चर्चा गरीरहेका हुन्छन् । तुच्छ र कुत्सित गालीगलौजदेखि अश्लील टिका टिप्पणीबाट पनि ट्विटर मुक्त छैन । साँचो अर्थमा अभिव्यक्तिको यौटा “स्वतन्त्र” माध्यम बनेको छ ट्विटर । 
ट्विटरसंसारका आफ्नै शब्दावली छन् । ह्याण्डल (प्रयोगकर्ताको इमेलको जस्तै आफ्नो विशिष्ट ठेगाना), ट्विट (आफ्नो भनाइ सञ्जालमा राख्नु) , रिट्विट् (अरु प्रयोगकर्ताका शब्दलाई पुनः प्रसारित गर्नु) फेब (कुनै ट्विटलाई मनपराएको चिह्न दिनु) , मेन्सन (अरु प्रयोगकर्तालाई आफ्नो ट्विटमा उल्लेख गर्नु), फलो (कुनै प्रयोगकर्तालाई पच्छ्याउनु), फलोब्याक (आफूलाई पच्छ्याउनेलाई फिर्ता पच्छ्याउनु ),फेक (कुनै सुपरिचित वा अन्य व्यक्ति वा नक्कली वा अमूर्त नाममा ट्विट गर्ने व्यक्ति), टाइमलाइन (आफूले पच्छ्याएकाहरूले लेखेको देखिने चलायमान पत्र, हिजोआज पच्छ्याएपनि आफ्नो टाइमलाइनमा नदेखिन मौन वा म्यूट  गर्ने विकल्प उपलब्ध छ), डीएम् (डाइरेक्ट म्यासेज) आदि ट्विटरसंसारका प्रमुख शब्द हुन् । त्यसो त बरिष्ठ, बतासे, हावा छेकुवा वा यस्तै अरू नेपाली शब्दहरूका पनि ट्विटरमा अलग्गै अर्थ छन् जो बाहिरकालाई नौलो लाग्न सक्छ । 
हालैको प्रसंग हो मेरो टाइमलाइनमा अचानक यौटा सचित्र ट्विट देखापर्यो । मैले फलो नगरेका एकजना ह्याण्डलमै डाक्टर झुण्डिएका व्यक्तित्वको ट्विट थियो त्यो । मैले फलो गरेका अर्का ट्विटेले रिट्विट् गर्नाले त्यो मेरो टाइमलाइनमा देखा परेको थियो । काठमाण्डौँ टुँडिखेल छेउको माहांकाल अगाडीको सडक पेटिको दुरवस्थाको बारेमा सचित्र गरिएको उक्त ट्विटमा उक्त सडकको दुरवस्थाका जिम्मेवार ठानिएका महानगरपालिका र सडक विभागका हाकिमलाई पेटिकोट लगाइदिन माग गरिएको थियो । महिलाका परिधानको माध्यमले अप्रत्यक्ष रूपमा महिलालाई नै निकृष्ट र तुच्छ रूपमा परिभाषित गर्न खोज्ने पुरूषवादी संस्कार नेपालमा पहिले देखि नै रहेको छ । कुनै पनि असक्षमलाई फरिया लगाइदिने, पेटिकोट लगाइदिने, चुरा लागाईदिने वा यसभन्दा पनि तुच्छ र अश्लील तरिकाले महिलालाई जोडेर टिप्पणी गर्ने कुत्सित परम्परा नेपाली समाजमा अझै विद्यमान छ । शायद यसै कारणले पनि होला स्वयं आधुनिक महिलाहरूमा ती परिधान र अलंकारहरू प्रति रूचि कम हुँदै गएको जस्तो देखिन्छ । 
शिक्षित र नयाँ पुस्ता यसबाट बिस्तारै मुक्त हुँदै गए पनि यसको धङधङी अझै बाँकि रहेको प्रमाणको रूपमा उक्त ट्विट देखा परेको थियो । पुरुष र महिला एकै रथका दुई पांग्रा हुन् , दुबै बराबर हुन्, यी दुबैले काँधमा काँध वा हातमा हात मिलाएर अघि बढेमात्र समाज विकास हुन्छ जस्ता शब्दावलीहरू हिजोआज प्रशस्त सुन्न पाइन्छ । तर व्यवहारमा भने यस्ता शब्दावली प्रयोग गर्नेहरू नै महिलाको सम्मान प्रति असंवेदनशील  देखिन्छन्। व्यक्तिगत रूपमा पंक्तिकार महिला र पुरुषलाई बराबर भन्दा पनि आफैमा विशिष्ट मान्नुपर्छ र महिलालाई विशेष सम्मान र सुविधा हुनुपर्छ भन्ने धारणा राख्दछ । पंक्तिकारलाई उक्त ट्विटले चसक्क घोँच्यो । ट्विटकर्ताको बारेमा सामान्य जानकारी (फोटो, नाम र वेबलिंकको आधारमा) प्राप्त गर्दा ट्विटकर्ता राजधानीका एकजना नामी कलेजो विशेषज्ञ रहेको जस्तो देखियो । नेपालका ट्विट अकाउण्ट सितिमिति भेरिफाइ नहुने हुँदा ठोकुवै गरेर भन्न नसके पनि एकजना सुशिक्षित जस्ता देखिने (उनको वेबलिंक हेर्दा तिनले चिकित्साशास्त्रमा स्नातकोत्तर मात्र नभई विद्यावारिधि गरेको देखिन्छ) व्यक्तित्वले त्यस्तो ट्विट गरेको देख्दा पंक्तिकारले सभ्य शब्दमा ध्यानाकर्षण गराउन उचित ठान्यो । उत्तरमा उक्त सज्जन अझ हल्काफुल्का रूपमा आफ्नो ट्विटको बचाउमा उत्रे । हुँदा हुँदा अलिकति अश्लीलता तर्फ ढल्केका शब्द समेत तिनले प्रयोग गरे । कुरा वार्तालापको हदबाट अगाडी बढ्यो । यो यौटा उदाहरणमात्र हो जसले हाम्रो समाजमा रहेका सुशिक्षित व्यक्तिहरूकै पनि महिलाबारेको अवधारणालाई प्रतिविम्बित गर्छ । हुन त उनको पहिलो ट्विट संस्कारजन्य असावधानीको उपज पनि हुन सक्छ तर आफ्नो असावधानीलाई औँल्याइदिने प्रतिको व्यवहारले भने उनको अहंकारी व्यक्तित्वलाई राम्रै प्रतिबिम्बित गर्छ । तर प्रस्तुत पंक्तिकार भेरिफाइको शंकाको लाभ डाक्टर साहेबलाई दिन चाहन्छ । ती ट्विटकर्ता ती नामी डाक्टर साहेब हैनन् अर्कै फेक व्यक्तिले उनको उपाधि नाम र चित्र प्रयोग गरी असंवेदनशील ट्विट तथा वार्तालाप  गरेको हो भन्ने प्रस्तुत पंक्तिकारको मत छ । आफ्नो परिचयको  प्रयोगद्वारा सामाजिक सञ्जालमा भैरहेको संप्रेषणप्रति वास्तविक डाक्टरसाहेब पनि सचेत हुनुहोस् भन्ने पनि प्रस्तुत पंक्तिकारको आशय हो ।
हाम्रो समाजमा अझै पनि डाक्टर र इञ्जिनियर भन्ना साथ मेधावी र उच्च मानसिक क्षमता भएका व्यक्ति भनेर बुझ्ने चलन छ । धेरै अर्थमा यो गलत पनि होइन । आफ्नो नाम अगाडी डा. शब्द जोड्दा नामले धेरै गरिमा बोकेको मानिन्छ । चिकित्सकको योग्यता प्राप्त गरेका वा विद्यावारिधि उपाधि प्राप्त गरेकाहरूले नाम अगाडी डा. लेख्ने चलन छ । हाल धेरै डाक्टरहरूले अप्रासंगिक रूपमा आफ्नो नाम अघि डा. लेख्न बन्द गरे पनि फेसबुक वा ट्विटरमा र अझ हस्ताक्षरमै समेत डा. लेख्ने व्यक्तित्वहरू पनि हाम्रो समाजमा देख्न सकिन्छ ।  कुरा जे भए पनि समाजको आदर्शका रूपमा रहेका सुशिक्षित व्यक्तिहरूले महिलासँग सम्बन्धित टिकाटिप्पणीमा सावधान हुनु अति आवश्यक छ भने यसबारे ध्यानाकर्षण गर्नु पनि हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ ।
उक्त वार्तालापको पुछारमा यसको बारेमा त यौटा लेख नै लेख्नु पर्छ की ? भनेर समेत पंक्तिकारले ट्विट्दा उक्त सज्जनले पनि “हो लेख्नै पर्छ” भनी प्रेरणा दिएका थिए । लेखनमा धेरै विराम लिएको अबस्थाको यो पंक्तिकारलाई यी शब्द लेखाउन प्रेरणा बनेका  “डाक्टरसाहेब”, रिट्विट गर्ने मित्र र उक्त वार्तालापकी साक्षी रहेकी मेरी एक सुपरिचित पत्रकार बहिनीको समेत उत्प्रेरणामा यो लेख लेखिएको हो ।

अन्त्यमा, काठमाण्डौँ टुँडिखेल छेउको माहांकाल अगाडीको सडक पेटिको दुरवस्थाको यथाशीघ सुधार होस् र महिलाप्रति हल्काफुल्का टिप्पणी गर्ने ती सज्जनको मानसिकतामा पनि अझै छिटो सुधार होस् भन्दै मेरा शब्दहरूलाई यहीँ विराम दिन्छु ।


Saturday, August 8, 2015

सम्पत्तिका गति

दानं भोगो नाशश्च तिस्रो गतय: वित्तस्य । 
यो न ददाति न च भुंक्ते तस्य तृतीया गतिर्भवति ।। 
अर्थ: 
दान, उपभोग  नाश सम्पत्तिका यी ३ परिणाम हुन्छन् । जस्ले आफ्नो धन दान पनि गर्दैन भोग पनि गर्दैन त्यसको तेस्रो गति हुन्छ ।

Thursday, July 9, 2015

प्रिये...

प्रिये! के तिमीलाई थाहा छ? कस्तो हुन्छ जब तिमी चचहुय्यिन्छौ एक परित्यक्त आत्मा झैँ, त्यो सुदूर क्षितिज मुनि आफ्ना असीमित परिकल्पनाका बीचमा? त्यो मुर्च्छित कोलाहलका बीच के तिमी श्रवण गर्छौ ती स्वतन्त्रताका नादहरू? मानौँ महोन्मादरूपी नवभूमि तर्फ यात्रारत सैन्यपदचाप झैँ !Original by: Nabin Upadhyay
Do u know how it feels when you swing like an abandoned soul, beneaththe horizon of your limitless imagination?
Admist all the staggering sounds, Do you hear Voices of freedom, making a parade to the new land called ecstasy..

Saturday, June 27, 2015

Second half!

हातमा हात
राखी हामी डुलौँन
लामो नङ चैं नपाल्नु ल!
घोच्छ मन पर्दैन!
सुखै सुख हुन्छ हाम्रो
दुःख कैल्यै पर्दैन!
परे पनि सँगै रुने
एक्लै रुन पर्दैन...
...
मूडी भाको मन पर्छ
रंग भर्छ जीवनमा
सँगै घाम ताप्ने हामी
सँगै भिज्ने झरीमा..
बिहानै ऊठ है
योगा जाउँला सँगै
मोटो भाको पीर छैन
जुम्बा जाउँला सँगै...
...
चुलो चौको के छ गारो
राईस कुकर छँदैछ!
सब्जी म पकाई हाल्छु
प्रेसर कुकर छँदैछ!
युट्युब पनि हेर्नु पर्छ
निशा मधुलिका!
पकाउँछे मीठो मीठो
ढोकला अनि कोरमा...
...
कफी हुन्छ तीतै मीठो
चिनी किन थप्नुपर्यो?
जिन्स  टीसर्ट ड्रेस हाम्रो
आईरन किन घस्नुपर्यो?
...
धेरै ढाँचा किन पार्नु?
कोर्ट म्यारिज गरम् न!
मन मन मिल्यो हाम्रो
सँगै बाँचम् मरम् न!



ओई!
थाम्छौ र हात?
दिन्छौ र साथ?
दुखमा, सुखमा,
हर्शमा, रोदनमा,
संगै मुस्कुराउने,
संगै भक्कानिने,
गर्छौ त अठोट?
बन्छौ त तिमी मेरो
second half!

सुनन!
Moody छु अल्ली,
नरिसाइ फकाउला।
मोटी छु अल्ली,
नघुर्काई स्विकारौला।
लागोस न त घाम,
परोस न त पानी,
बन्छौ त तिमी मेरो
second half!
ला!
चुलो चौको आउँदैन,
सिकाउला नि है
संगै YouTube हेरेर
पकाउंला नि है
मिठो सँग तीतो सँग
माया हाम्रो मिसाउनलाई
बन्छौ त तिमी मेरो
second half!
साँच्चै!!
तितो भए मेरो coffee
चिनी थपी खाउला नि त।
मैले धोका नानाहरु,
Iron गरी लाउला नि त।
गर्छौ त आँट?
भर्छौ त सिंउदो?
बन्छौ त तिमी मेरो
Second half!

Monday, May 18, 2015

बिरामी साथी


             
एउटा अस्पतालको एउटा कोठामा दुई बिरामी थिए । एउटा उठ्न सक्दैनथ्यो भने एउटा मुस्किलले उठेर बस्न सक्थ्यो । उठेर बस्न सक्नेको खाट झ्यालमा थियो भने उठ्न नसक्नेको खाट भित्तापट्टी थियो । तिनीहरू आआफ्ना जीवनको बारेमा कुरा गर्थे । जवानीको बारेमा कुरा गर्थे । भएर पनि आफ्ना हुन नसकेका परिवारका बारेमा कुरा गर्थे...
उठेर झ्याल बाहिर हेर्नसक्नेले साथी बिरामीलाई झ्याल बाहिरको दृश्य बयान गरेर सुनाउँथ्यो । 
बाहिर भएको सुन्दर बँगैचा र पोखरी अनि पोखरीको निर्मल पानी र त्यहाँ खेल्ने हाँस र राजहाँसको बयान गरेर सुनाउँथ्यो । बँगैचाको हरियो दुवो, अनि रंगी बिरंगी फूल अनि त्यहाँ उफ्री उफ्री खेलेका केटाकेटी र सिमसिम पानीमा भिज्दै हातमा हात समातेर छिल्लिँदै गरेका बैँसालु युवक र युवतीको बारेमा सुनाउँथ्यो । पर शहरका घरहरूबाट आएको प्रकाश अनि नीलो आकाशमा कावा खाँदै उडेका चराहरूको बारेमा सुनाउँथ्यो ...
उसको वर्णन सुनेर आनन्द मान्दै साथी बिरामीले आँखा चिम्लन्थ्यो ।
एकदिन राति, उठेर बस्ने बिरामी सुतेको सुत्यै भयो । शान्तिपूर्वक उसको प्राण गएछ । भोलिपल्ट, उठ्न नसक्ने बिरामीले नर्सलाई आफूलाई झ्यालतिर सारिदिन अनुरोध गर्‍यो । नर्सले उसलाई झ्यालतिर सारिदिइन् । उसले सकीनसकी कुहिनाले बल लगाएर झ्याल बाहिर हेर्यो .. त्यहाँबाट त पल्लो घरको भित्तामात्रै देखिने रहेछ ।

देशद्रोहीकी आमा

गाेर्कीकाे अामा भन्ने उपन्यासमा अाधारित चलचित्रकाे पाेष्टर
आमाले छोरालाई खूब माया गरिन् । हुर्काइन् । तर छोरो ठूलो भएर देशद्रोही भयो । आफ्नै शहरलाई, आफ्नै आमा भएको शहरलाई उसले परचक्रीहरूसँग मिलेर बन्धक बनायो । उसले आफ्नी आमालाई त बाहिर आउन भन्यो । तर आमा आइनन् । उसले खाद्यान्न रोक्य‍ो । अन्त्यमा पानी पनि रोक्यो । एक रात आमा शहरबाट बाहिर निस्केर ऊसँग भेट्न आइन् । ऊ खुसी भयो । 'आमा, मैले तपाईँलाई पहिल्यै बाहिर निस्किन भनेको थिएँ, किन यति दिनपछि आउनुभयो? ' आमाको काखमा घुस्रिँदै उसले भन्यो । 

आमाले जबाफ दिइनन् । आमाले आँफ्नो आँचलमा लुकाएर ल्याएको छुराले उसको छातीमा प्रहार गरिन् । उनको निशाना अचूक थियो किनभने उनलाई आफ्नो मुटु कहाँ धड्किन्छ राम्रोसँग थाहा थियो । त्यसपछि उनले छुराले आफ्नै छातीमा प्रहार गरिन्, यसपटक पनि उनको निशाना अचूक थियो किनभने आफ्नो मुटु कहाँ दुखिरहेको छ त्यो पनि उनलाई राम्रोसँग थाहा थियो ।

(म्याक्सिम गोर्कीको कथा 'देशद्रोहीकी आमा'बाट खिँचिएको सार )

चित्रहरू ः अाइएमबिडीडटकमविकिमिडिया
कविता पढ्न नि मजै हुन्च !

Tuesday, April 14, 2015

ॐ शान्तिः । शान्तिः ॥ शान्तिः

ॐ भद्रं कर्णेभिः शृणुयाम देवाः । भद्रं पश्येमाक्षभिर्यजत्राः॥स्थिरैरङ्गैस्तुष्टुवांसस्तनूभिः । व्यशेम देवहितं यदायुः ॥ स्वस्ति न इन्द्रो वृद्धश्रवाः । स्वस्ति नः पूषा विश्ववेदाः॥स्वस्तिनस्तार्क्ष्यो अरिष्टनेमिः ।
स्वस्ति नो बृहस्पतिर्दधातु ॥ ॐ शान्तिः । शान्तिः ॥ शान्तिः ॥
Let us hear good things through
our ears, see good things
through our eyes and may we enjoy our life allotted to us offering praise tothe divine with our strong bodies. May all the divines protect us. May there be harmony all around us!

Monday, April 6, 2015

तेन त्यक्तेन भुञ्जीथा

ॐ ईशा वास्यमिदँ सर्वं यत्किञ्च जगत्यां
जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्
।। ~ईशोपनिषद् 
The almighty is omnipresent, Enjoy things by renunciation. Do not
covet others’ wealth.

Tuesday, February 17, 2015

शिवसंकल्पमस्तु

ॐ यज्जाग्रतो दूरमुदैति दैवं, तदु सुप्तस्य तथैवैति .
दूरंगमं ज्योतिषां ज्योतिरेकं, तन्मे मनः शिवसंकल्पमस्तु ll यजुर्वेद ३४.१.५ ll
O almighty! The mind flees fast and far away in awakened state. It actsthe same way during sleep as well. It is the chief among all senses; such mind should be of pious thoughts.

Monday, February 9, 2015

गाेयट(Goethe) मख्खै परे कालिदास पढेर...

वासन्तं कुसुमं फलं च युगपद्ग्रीष्मं च सर्वं च यत्
यच्चान्यन्मनसो रमायनमतः सन्तर्पणं मोहनम् ।
एकीभूतमभूतपूर्वमथवा स्वर्लोकभूलोकयोः
ऐश्वर्यं यदि वाञ्छसि प्रियसखे शाकुन्तलं सेव्यताम् ॥
Oh my dear friend ! If you want to enchant yourself with the fragrance and taste of flowers and fruits of both spring and summer, that is most soothing to your heart, and if you want to experience the prosperities of both theearth and the heaven please experience (go through) (Kālidāsa's) Abhijñānaśākuntalam
Goethe (Great German poet and playwright)
Poetic Sanskrit Translation by Pt.Vasudev Vishnu Mirashi

धेरै पढिएकाे

पृष्ठ संग्रह