Wednesday, November 2, 2011

मोनसान्टोलार्इ राेकाैँ

मोनसान्टो एउटा अमेरिकी बीउ कम्पनी हो जसले आफ्ना उन्नत भनाउँदा बीउ बेच्नका लागि षडयन्त्रपूर्वक हाम्रा परम्परागत बीउ मासिदिन्छ। त्यसपछि हाम्रो कृषि जैविक विविधता खत्तम हुन्छ  हामी सधैँका लागि बीउबिजनका लागि पराश्रित हुन पुग्छौँ। कृषकहरू बीउ मलको खर्च उठाउन सक्दैनन्  भारतमा जसरी आत्महत्या गर्ने अवस्थासम्म पुग्छन्। कृषि गरीबहरुका हातबाट साहुहरूका हातमा पुग्छ। सरकारमा बस्नेहरूलाई स्वार्थमा फसाउन/वा अल्मल्याउन सक्ने भ्रष्ट कर्मचारीका बुई चढाएर स्वार्थी दाताले नेपालमा छिराउन लागेको मोनसान्टोलाई रोक्न तपाईँ हामी पनि सक्छौँ - यसका बारेमा लेखेर, बोलेर आआफ्ना जानपहिचानका राजनीतिक व्यक्तिहरूलाई लबी गरेर। मोनसान्टोलाई रोकौँ, कृषिको सार्वभौमिकता जोगाओँ।

धेरै पढिएकाे

पृष्ठ संग्रह