Wednesday, November 2, 2011

मोनसान्टोलार्इ राेकाैँ

मोनसान्टो एउटा अमेरिकी बीउ कम्पनी हो जसले आफ्ना उन्नत भनाउँदा बीउ बेच्नका लागि षडयन्त्रपूर्वक हाम्रा परम्परागत बीउ मासिदिन्छ। त्यसपछि हाम्रो कृषि जैविक विविधता खत्तम हुन्छ  हामी सधैँका लागि बीउबिजनका लागि पराश्रित हुन पुग्छौँ। कृषकहरू बीउ मलको खर्च उठाउन सक्दैनन्  भारतमा जसरी आत्महत्या गर्ने अवस्थासम्म पुग्छन्। कृषि गरीबहरुका हातबाट साहुहरूका हातमा पुग्छ। सरकारमा बस्नेहरूलाई स्वार्थमा फसाउन/वा अल्मल्याउन सक्ने भ्रष्ट कर्मचारीका बुई चढाएर स्वार्थी दाताले नेपालमा छिराउन लागेको मोनसान्टोलाई रोक्न तपाईँ हामी पनि सक्छौँ - यसका बारेमा लेखेर, बोलेर आआफ्ना जानपहिचानका राजनीतिक व्यक्तिहरूलाई लबी गरेर। मोनसान्टोलाई रोकौँ, कृषिको सार्वभौमिकता जोगाओँ।

Wednesday, May 25, 2011

कलियुग

एक पटक कुनै सज्जनले एक महात्मासँग सोधे -"महात्माजी, संसारमा पापी (कर्तव्यच्युत) मान्छेहरू सुखी र धर्मात्मा (कर्तव्यनिष्ठ) मान्छेहरू दु:खी देखिन्छन्, यस्तो किन भएको हो? कलियुग(खराब संगत)ले गर्दा हो कि? यस्तोमा धर्म (कर्तव्यनिष्ठता)को गौरव के रह्यो? " महात्माले भन्नुभयो "पापको र भौतिक समृद्धिको खुसी क्षणिक छ, तिनले पापको दण्ड यसै युगमा अवश्यै पाउँछन् र धार्मिकमान्छेहरू कहिल्यै दु:खी हुँदैनन्, क्षणिक भौतिक सुखमा लिप्त पापीहरूलाई सुखी देख्ने धार्मिकभनिएकाहरू पनि पापी नै हुन् । कलियुग भनेको तिनैको मानसिकतालाई हो । साँच्चैका धार्मिकहरू सँधै सुखी हुन्छन् । तिनलाई कहिल्यै कलियुगले छुँदैन ।"

Friday, February 4, 2011

ज्यान पनि पैसा पनि

आज आयुर्वेदका दुई पुराना व्यंग्य प्रस्तुत गर्छु:

१. 'वैद्यानां शारदी माता, पिता च कुसुमाकर:'

अर्थः शरद् ऋतु डाक्टरकी आमा  वसन्त ऋतु डाक्टरका पिता हुन् । ( खूब कमाई हुञ्च भन्नि अर्थ हो ।)

२. वैद्यराज नमस्तुभ्यं यमराज सहोदर!
यमस्तु हरते प्राणान्, वैद्य: प्राणान् धनानि च ।।

अर्थ: "हे डाक्टर साएप्, तपैँलाई नमस्कार छ, तपैँ यमराजका सहोदर दाजु हुनुञ्च, यमराजले त ज्यान मत्रै लिञ्चन्, तपैँले त ज्यानपनि पैसा पनि लिनुञ्च " ।।

Saturday, January 15, 2011

हुने विरूवाकाे चिल्लाे पात


झरना श्रेष्ठ नाै वर्षकी भइन् । याम्दीकाे पास्कल विद्यालयमा तीन कक्षामा पढ्ने झरनाकाे घर कति राम्राे है ?
हामी पनि केटाकेटीमा यसरी नै खेल्थ्याैँ । भाेलि पर्सी ठूली भए पछि याे चित्र देखिन् भने उनले पनि अहिले हामीले सम्झे जस्तै सम्झने छिन् ।

धेरै पढिएकाे

पृष्ठ संग्रह