Monday, May 18, 2015

देशद्रोहीकी आमा

गाेर्कीकाे अामा भन्ने उपन्यासमा अाधारित चलचित्रकाे पाेष्टर
आमाले छोरालाई खूब माया गरिन् । हुर्काइन् । तर छोरो ठूलो भएर देशद्रोही भयो । आफ्नै शहरलाई, आफ्नै आमा भएको शहरलाई उसले परचक्रीहरूसँग मिलेर बन्धक बनायो । उसले आफ्नी आमालाई त बाहिर आउन भन्यो । तर आमा आइनन् । उसले खाद्यान्न रोक्य‍ो । अन्त्यमा पानी पनि रोक्यो । एक रात आमा शहरबाट बाहिर निस्केर ऊसँग भेट्न आइन् । ऊ खुसी भयो । 'आमा, मैले तपाईँलाई पहिल्यै बाहिर निस्किन भनेको थिएँ, किन यति दिनपछि आउनुभयो? ' आमाको काखमा घुस्रिँदै उसले भन्यो । 

आमाले जबाफ दिइनन् । आमाले आँफ्नो आँचलमा लुकाएर ल्याएको छुराले उसको छातीमा प्रहार गरिन् । उनको निशाना अचूक थियो किनभने उनलाई आफ्नो मुटु कहाँ धड्किन्छ राम्रोसँग थाहा थियो । त्यसपछि उनले छुराले आफ्नै छातीमा प्रहार गरिन्, यसपटक पनि उनको निशाना अचूक थियो किनभने आफ्नो मुटु कहाँ दुखिरहेको छ त्यो पनि उनलाई राम्रोसँग थाहा थियो ।

(म्याक्सिम गोर्कीको कथा 'देशद्रोहीकी आमा'बाट खिँचिएको सार )

चित्रहरू ः अाइएमबिडीडटकमविकिमिडिया

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह