Monday, May 18, 2015

बिरामी साथी


             
एउटा अस्पतालको एउटा कोठामा दुई बिरामी थिए । एउटा उठ्न सक्दैनथ्यो भने एउटा मुस्किलले उठेर बस्न सक्थ्यो । उठेर बस्न सक्नेको खाट झ्यालमा थियो भने उठ्न नसक्नेको खाट भित्तापट्टी थियो । तिनीहरू आआफ्ना जीवनको बारेमा कुरा गर्थे । जवानीको बारेमा कुरा गर्थे । भएर पनि आफ्ना हुन नसकेका परिवारका बारेमा कुरा गर्थे...
उठेर झ्याल बाहिर हेर्नसक्नेले साथी बिरामीलाई झ्याल बाहिरको दृश्य बयान गरेर सुनाउँथ्यो । 
बाहिर भएको सुन्दर बँगैचा र पोखरी अनि पोखरीको निर्मल पानी र त्यहाँ खेल्ने हाँस र राजहाँसको बयान गरेर सुनाउँथ्यो । बँगैचाको हरियो दुवो, अनि रंगी बिरंगी फूल अनि त्यहाँ उफ्री उफ्री खेलेका केटाकेटी र सिमसिम पानीमा भिज्दै हातमा हात समातेर छिल्लिँदै गरेका बैँसालु युवक र युवतीको बारेमा सुनाउँथ्यो । पर शहरका घरहरूबाट आएको प्रकाश अनि नीलो आकाशमा कावा खाँदै उडेका चराहरूको बारेमा सुनाउँथ्यो ...
उसको वर्णन सुनेर आनन्द मान्दै साथी बिरामीले आँखा चिम्लन्थ्यो ।
एकदिन राति, उठेर बस्ने बिरामी सुतेको सुत्यै भयो । शान्तिपूर्वक उसको प्राण गएछ । भोलिपल्ट, उठ्न नसक्ने बिरामीले नर्सलाई आफूलाई झ्यालतिर सारिदिन अनुरोध गर्‍यो । नर्सले उसलाई झ्यालतिर सारिदिइन् । उसले सकीनसकी कुहिनाले बल लगाएर झ्याल बाहिर हेर्यो .. त्यहाँबाट त पल्लो घरको भित्तामात्रै देखिने रहेछ ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह