Saturday, March 11, 2017

फागूमा प्राकृतिक रँङ प्रयोग गरौँ ।


फागूमा प्राकृतिक रँङ प्रयोग गरौँ । बजारमा पाइने अधिकांश रँङ हानिकारक रसायनबाट बनेका हुन्छन् । यस्ता रासायनिक रँङहरूमध्ये कपर सल्फेट (हरियो) ले आँखा र छालाको एलर्जी, क्रोमियम आयोडाइड (बैजनी)ले दम, मर्क्युरिक सल्फाइड (रातो)ले छालाको रोग तथा आल्मुनियम ब्रोमाइड (सेतो)ले क्यान्सरसम्म गराउन सक्छ । बजारमा पाइने अबीरको प्रयोग पनि सकेसम्म गर्नुहुँदैन ।




प्राकृतिक रँङ श्रीखण्डचन्दन, चामलको पीठो (सेतो), केशर, बेसार, सयपत्री वा अन्य फूल (पँहेलो) , रचना, मजिठो, गुलाफ पत्र (रातो), दुवो (हरियो), तिल, कालीमाटी (कालो), अंगुर, चुकन्दर र विभिन्न फलफूलहरू (नीलो, बैजनी र अन्य रँङहरू) पिनेर सजिलै बनाउन सकिन्छ ।
जानकारीको लागि परिवार साथी भाईमा सचेतना फैलाऔँ ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह