Thursday, May 18, 2017

मरूभूमिका ऊँट

एउटा चिडियाघरमा ऊँट र उसको बच्चा थिए । बच्चा ऊँट धेरै चकचके र चलाख थियो । एकदिन बच्चा ऊँटले आमा ऊँटलाई सोध्यो 'हाम्रो ढाडमा किन जुरो हुन्छ?' आमा ऊँटले भनिन् 'हामीलाई मरूभूमिमा धेरै दिन हिँड्दा खाना र पानीको अभाव नहोस् भनि भण्डारको रूपमा हाम्रो जुरो हुन्छ।'
'अनि हाम्रो खुट्टा किन लामा र बलिया?' बच्चाले फेरी सोध्यो। 'मरूभूमिमा हिँड्न' आमाले जबाफ दिइन् ।
'अनि हाम्रो आँखिभौँ किन यति लामो र बाक्लो? कहिलेकाहिँ त हेर्न पनि गाह्रो हुन्छ।' बच्चाले फेरि सोध्यो । 'मरूभूमिमा हावा चल्दा उड्ने वालुवाबाट बचाउन ।' आमाले जवाफ दिइन्।
... ...
'हाम्रो जुरो, खुट्टा अनि आँखिभौँ सबै मरूभूमिमा काम लाग्ने रहेछ त हामी किन चिडियाखानामा?' बच्चाले एकछिन पछि पुन: सोध्यो । यसपटक आमासँग जबाफ थिएन ।
(Photo credit: www.manonthelam.com)

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह