Friday, June 17, 2022

के हाे डीआईडी ? बताउने नाटक केस नं ३११

 

अदालतकाे कठघरामा उभिएकी एकजना युवतीकाे व्यवहार अचम्मलाग्दाे छ ।   न्यायाधीशले उनकाे स्वास्थ्यपरीक्षण गराउन आदेश दिन्छन् । डाक्टरसँग ती युवती छिनमै आँफूलाई शिखा शर्मा र छिनमै तारा विद्राेही बताउछिन् । यसाे बताइरहँदा उनकाे हाउभाउ भावभङ्गी सबै फरक फरक देखिन्छ । 

याे दृश्य हाे पाेखरा  थिएटर गैह्रापाटनका चाैथाे र पाँचाै ब्याचका प्रशिक्षार्थीहरूकाे सक्रियतामा हाल पाेखरा  थिएटरमा मञ्चन भैरहेकाे नाटक केस नं ३११ काे  । याे नाटक डिसाेसिएटिव आइडेन्टिटि डिसअर्डर वा डीआईडी  भनिने मानसिक राेगसँग तथा पारिवारभित्रै हुने याैन दुर्व्यवहारसँग सम्बन्धित छ । सामान्य भाषामा स्प्लिट पर्सनालिटि समेत भनिने डीआईडी  उत्पन्न हुने अनेक कारणमध्ये बाल्यकालमा हुने याैनहिंसाकाे  विषयलाई नाटकले उठाएकाे छ । पारिवारिक मूल्य र मान्यताकाे स्खलन, मानसिक राेग उत्पन्न गराउने सामाजिक कारण र अवस्थालाई नाटकीय स्वरूप  दिएर बनाइएकाे नाटक शिक्षाप्रद छ । 

नाटक न्यायालयकाे पृष्ठभूमिमा बुनिएकाे छ । नाटककाे द्वैध चरित्र रहेकाे मुख्य भूमिकामा अनामिका रिजालले उत्कृष्ट अभिनय गरेकी छन् । नाटकमा  वकील बनेका एलिसा भाेग र अदित भुजेलले नाटकलाई उचालेका छन् । न्यायाधीश बनेका झलक थापा, आमा बनेकी  प्रतिभा रिमाल, प्रहरी बनेकी दिप्सना विश्वकर्मा, डाक्टर बनेका दिव्य अमृत  सबैले आ आफ्नाे भूमिकालाई न्याय गर्न परिश्रम गरेका छन् । नाटकका अन्य कलाकारहरूमा सुशील बराल, मनीषा केसी, पालमती थापा, सुरज तिवारी, गोपाल भुसाल र कमल तामाङ रहेका छन् । नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गरेका हुन् ।



कलाकार प्रकाश घिमिरे, अधिवक्ता एवं लेखक दीपक पराजुली, पाेखरा  थिएटरका  निर्देशक परिवर्तन
तथा नाटक केस नं ३११ का नाट्यकर्मीहरूका साथमा शिव सङ्कल्प


चित्रहरू पाेखरा थिएटरकाे फेबुबाट





1 comment:

  1. DID = Dissociative Identity Disorder
    Judge = Jhalak Thapa ✅

    ReplyDelete

धेरै पढिएकाे

पृष्ठ संग्रह