Thursday, February 9, 2017

नेता र किसान


दक्षिण भारतको कुनै गाउँमा नेताको भाषण सुन्न एक जनामात्र किसान आएको देखेर नेताले आफ्नो सचिवलाई कार्यक्रम रद्द गर्न भने । यो सुनेर किसानले भन्यो 'मैले जंगलमा चर्न छाडेका गाईमध्ये एउटा पनि फर्केर गोठमा आयो भने उसलाई घाँस हाल्छु भोकै राख्दिन' । यो सुनेर नेता उत्साहित भएर एक घण्टा भाषण गरे ।
'तर मैले एउटा गाईलाई पुग्ने मात्र घाँस दिन्छु, तपाईँले जसरी हजारौँलाई भन्ने कुरा एकैजनालाई सुनाए जस्तो गर्दिन' किसानले भन्यो ।
नेता निरूत्तर भए ।
(फोटो सौजन्य: सासांग लामा)

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह