भारतले लगाएको नाकाबन्दीको उपचार चीनसितको नाका खोल्न खोजेर हुँदैन । नेपाल मामिलामा भारतर चीन एकमत छन् । वर्तमानको नेपालको संकट नेपालमा आफ्ना नीति हावी गराउन लागी परेको युरोप-अमेरिका एकातर्फर तिनको प्रभाव घटाउन प्रयासरत चीन-भारत अर्कोतर्फ भएकाले हो । विश्वशक्तिर क्षेत्रीय शक्तिको यस्तो द्वन्द्वको बीचमा फसेका नेपाली जनताकाे संकट लम्बिनेर लामो समयसम्म दु:ख पाउने प्रष्ट देखिएको छ । उच्च कुटनैतिक सुझबुझ आजकाे प्रमुख आवश्यकता हो । तर निकटभविष्यमा यसको संभावना नदेखिएकाले जनताले आफ्ना आवश्यकतालाई न्यूनतम रूपमा व्यवस्थापन गर्नुको विकल्प छैन । स्मरण रहोस् 'कुनै पनि शासकका प्राथमिकतामा जनताहरू कहिल्यै पर्दैनन् ।' पुनश्च: यहाँ शासक भन्नाले तथाकथित महाशक्तिहरू बुझ्नुपर्छ ।