"देश् देश् का बोटुलिन्छन् बुझ तिमि मनले बाटका पाटिमाहाँ
बात् चित् गर्दै रहन्छन् खुसीसित ति सबै बन्धु झैँ राति ताहाँ
प्रातःकाल् भो जसै ता उठीकन ति सबै दश् दिशा लागि जान्छन्
बन्धुको संग यस्तो बुझिकन गुणीले दुःख सुख् एक मान्छन् ll"
-भानुभक्तकृत रामायण, अयोध्याकाण्ड, श्लो ३२
People from several locations meet at the highway guesthouses. They talk happily during the nights, as they were long time friends.
Next very morning they all leave for their respective destinations.
Knowing this fate of all alliances, wisemen remain neutral over joy and sorrow.
खाेजी गर्नुहाेस्
Sunday, October 21, 2012
Wednesday, September 12, 2012
मैले मृत्यु किनेँ
मेरा रगतमा अक्षर बहन्छन् म अक्षर नै श्वास फेर्छु, म अनुभव गर्छु मेरा शरीरका हरेक जीवकोषका आनुवंशिकी सूत्रहरूमा अक्षरहरू बटारिन्छन्, ती तँछाड मछाड गर्छन् जन्म लिन र श्वास लिन खुला आकाशमा । मेरो बालककाल बित्यो मेरा पिताजीको पुस्तकालयमा जहाँ मेरा खेलौनाहरू पुस्तक बाहेक केही थिएनन् । सानो बालकका लागि पूर्णतया दुर्बोध पुस्तकहरू तर जीवनका उन्नाइस बसन्त पार गर्दा नगर्दै त्यस पुस्तकालयका आधाजसो पुस्तकहरू मैले पढेर सक्काएँ बाकिँ पुस्तक शायद न म पढेर बुझ्न नै सकुँला र अब त त्यस पुस्तकालयबाट भौतिक दुरीमा भएको नै एक दशक भयो । तर ती दिनहरू सुनौला थिए जसले ममा अनौठो जग बसाए जहाँ म कुनै दिन जस्तो चाह्यो महल खडा गर्न सक्नेछु अक्षरको, साहित्यको ।
.
तर साहित्यले पेटको समस्या हल गर्दैन । कम्तिमा शुरूमा त गर्दै गर्दैन त्यसैले त नेपालमा सचिवहरू साहित्यकार हुन्छन् कि त अझ नेताहरू वा व्यापारीहरू । म साहित्यकार होइन किनभने मसँग समय छैन । म पनि कुनै दिन साहित्यकार बनुँला जुन दिन ताउलो बसाल्ने पीरबाट म मुक्त हुनेछु । तर धन्यवाद छ मेरा गौरवमय देशका रचनात्मक मानिसहरूलाई जसले तालिका मिलाएर बन्द गर्छन् देश र प्रदान गर्छन् यौटा साहित्यिक बन्द सत्र नभए औषधि विज्ञानशास्त्रको तथाकथित अनुसन्धान छात्र मसँग समय नै कहाँ छ र यी सब कुराहरूका लागि ? यसैले यी अक्षरहरूको जन्मको श्रेय जान्छ तिनै महान् सपूतहरूलाई जसले बन्द गरीदिन्छन् देश र र जन्म लिन्छन् अक्षरहरूले जसले अन्यथा गर्भमै मर्नु पथ्र्यो ।
.
फेसबुकले ममा रहेको प्रतिसाहित्यकार जगायो । सबिन सिंहका गजल गीत हुन् वा हाइवे भन्ने चलचित्रको बहुप्रचार । ती कारण बनेँ मेरो लेखनका, प्रेरणा बने ममा रहेको आलोचक बाहिर निकाल्नमा र नवीन पहारी उपाध्यायका हरेक कविताहरू उत्तेजना बने मेरो कल्पनालोकका प्रतिच्छायाहरू बाहिर निकाल्नमा ।
.
तर आज प्रसंग छ सूरज अर्यालको 'मृत्यु विक्रिमा छ' को । सूरज अर्याल नातामा मेरा बरिष्ठ हुन्, उमेरमा समकालीन । समग्रमा एक सहृदयी मित्र हुन् । यिनले विगत केहि सप्ताहबाट इन्टरनेटको कल्पनालोकमा एउटा दोकान थापे मृत्यु विक्रिमा छ भन्ने सूचना टाँगेर । पढ्ने फुर्सत जुटाउँदा जुटाउँदै यसका ६ भाग आए र यसको धारावाहिक अन्त्य भयो । म भाग्यशाली हुँ यस अर्थमा कि मैले एउटा भाग पढेर अर्कोको लागि पर्खनु परेन एकै दिन सबै पढेर यो लेखोट लेख्न पाएँ ।
.
सर्वप्रथम कथानकको मूल सारमा नै जाउँ । मृत्युको पसल खुलेको दिन अर्थात् पहिलो भाग पोखरावासी 'म'पात्रको एक रात संभवतः (परिचय नखुलेको अर्थमा) एक पूर्व परिचितासंग इन्टरनेटमा भेट भएको कुरामा सकिन्छ । दोस्रो भागमा भेट मोबाइल फोनको सन्देशमा सर्दछ । तेस्रो भागमा मोबाइल फोनकै सन्देशमा परिचय खुलेको प्रसंगमा सकिन्छ । यहाँ सम्म कथामा कथानकको नै अभाव छ केवल एउटा रहस्यमात्र पैदा गर्न खोजिएको छ । चौथो भागमा कथा 'फ्ल्याशब्याक'मा 'टिपिकल डियर कल्याण' शैलीमा अगाडी बढ्छ जहाँ परिचय खुलेकी पात्र (स्मारिका पौडेल) र 'म'पात्र (सुयोग्य लम्साल)बीच केही वर्ष पहिला काठमाण्डौमा चलेको प्रेमप्रसंगलाई चुरोटसंग घोलेर प्रस्तुत गरिएको छ । पाँचौ भागमा त्यही सम्बन्धले उचाई लिएर कथाको माग अनुसार एकदिन रहस्यपूर्ण ढंगमा 'ब्रेक अप मेसेज' आएको देखाइएको छ । कथाको अन्तिम भाग अर्थात् छैटौं भाग सबैभन्दा राम्रो छ लेखनको शैलीमा, परिष्कारवादी । रहस्य यथावत् छ अन्त्यसम्म "नोरा कता गई ?" भने जस्तो तर एउटा कुरा फरक के छ भने यहाँ 'नोरा' फर्किन्छे तर किन विछोड भयो त शायद यही रहस्य हो । कम्प्युटर, इन्टरनेट, मोबाइल, म्यासेज, कफी, चिया, चुरोट यीनै आधुनिक उपकरण, प्रविधि र जीवनशैली को जालमा घुमेको छ कथा l उत्तरकिशोरावस्थाको प्रेम, आत्मीयता, मानवका संवेदना र सम्बन्धहरूमा सूचना प्रविधिको प्रभाव, नवआधुनिक जीवनशैलीका शायद विवाहपूर्वको भौतिक सम्बन्धसम्मका उदारताका प्रसंगहरू कथामा पाइन्छन् । समग्रमा शायद कथाको प्रस्तुतिकरण वा लेखकको व्यक्तिगत स्वैरकल्पना नै यसको विशेषता हो । यो शुभ सन्देश हो आगामी दिनको ।
.
कथा उत्तरआधुनिक शैलीको छ मजस्तो जीवनको एउटा पाटोमा गहिरो पुरातनपन्थी संस्कारबोकेको व्यक्तिले यसको समीक्षा गर्न खोज्नु नै प्रसंग बाहिर लाग्यो मलाई । तसर्थ शायद यो फरक निबन्ध हो । 'मृत्यु विक्रिमा छ' प्रशंगबश घुस्न पुग्यो यसमा ।
.
अन्त्यमा सूचना प्रविधिका ज्ञाता लेखकले आफ्नो संजालपृष्ठलाई गह्रौँ र चित्रविचित्र बनाइदिँदा हामी जस्ता कच्छप गतिको अन्तरसंजाल सुविधा लिएर बसेका पाठकलाई धैर्यको मीठो पाठ पढाउन सफल हुनुलाई पनि एउटा उपलब्धि मान्नुपर्ने भयो अनि, यसले गर्दा ममा रहेको प्रतिसाहित्यकारले पुनः शिर उठायो एउटा धारावाहिक आख्यान लेख्न तर देशका गौरवपूर्ण जनताहरूले मलाई तालिकाबद्ध तवरले मलाई सहयोग गर्लान् ?
.
मैले महंगो मुल्य तिरेर मृत्यु किनेँ ।

Wednesday, September 5, 2012
दिगम्बरः कथं जीवेत् अन्नपूर्णा न चेद् गृहे ?
स्वयं पञ्चमुखः पुत्रौ गजानन षडाननौ
दिगम्बरः कथं जीवेत् अन्नपूर्णा न चेद् गृहे ll
आफ्ना पाँच मुख छन् छोराहरू हात्तीमुखे र छ मुखे छन्, यस्तोमा माता अन्नपूर्णा घरमा नभएकी भए दिगम्बर भगवान् शिवजी कसरी बाँच्थे होलान् ?

Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...