पँहेलो हैन है! हल्का हल्का हरियो
बाङ्गो हैन है!
हल्का हल्का सोझो
झिँगौरीले मसीना दुलाहरू पारे पनि
छाम्दा मुलायम अनि सुलुत्त परेको
मसीना काँडा अनि पातलो बोक्रा भएको
सरर्र चिर्दा तरर्र रस आउने
नाकै बसाए जस्तो
आँतै रसाए जस्तो
जिभ्रो भन्दा बढी चित्त भिजाउने
आँखा भन्दा बढी मन लोभ्याउने
नुन बिना नै
खुर्सानी बिना नै
कर्याम कुरुम पारुँ जस्तो
झर्याम झुरुम पारूँ जस्तो
...
ताजा काँक्रो जस्तै छ तिम्रो माया!
माघ २८, २०७६
No comments:
Post a Comment