वर्तमान विश्व बजारको विश्व हो, विश्वको पहिलो जनसंख्या, चीनले आर्थिक उदारीकरणका साथ बजार खोले पछि विश्व सुन्दरीमा चिनियाँ युवतीलाई जिताइनु यौटा अपरिहार्य घटना थियो l 2007 मा झांग जिलिनको सफलता चीनको विश्व बजारमा प्रवेशको शंखनाद थियो भने 2012 मा यु वेंगजियाको सफलता विश्व बजारमा चीनको प्रभावको ढोल हो l
1990 को दशकमा आर्थिक महाशक्तिको रूपमा उदाउन लागेको विश्वको दोस्रो जनसंख्या भारतमा बजार अर्थतन्त्र चुलिनु र ऐश्वर्या राय र सुस्मिता सेनको सफलतामा ठूलो सम्बन्ध छ l ती सुन्दरीको उमेर ढल्कँदै जाँदा प्रियंका चोपडा, लारा दत्ता, युक्ता मुखी आदिले बजारमा प्रभाव कायम राखेका हुन् l यी सबै तमाशाहरू तथाकथित नवउदारवाद, वैश्वीकरण रबहुराष्ट्रिय कम्पनीको विश्व बजारमा एकछत्र राजका उपकरण हुन् l
खाेजी गर्नुहाेस्
Sunday, August 19, 2012
Monday, July 23, 2012
बालस्मृति
जलनको पीडा सहन गर्दै
म पुनरूक्ति गर्दै छु धर्मराजको अगाडी
मेरा नारकीय भोगाइहरू प्रेम, ऐश्वर्य अनि प्रणयको नाममा
एक नवजात आत्मवञ्चना : मानौँ की जीवन एक उन्माद हो
म उन्माद नै लक्ष्य प्राप्त गर्छु मानौँ यो नै एक ब्रह्मज्ञान हो
म अवचेतनमा रमण गर्छु अनि एउटा साम्राज्य किन्छु म
म श्रवण गर्छु पदचाप असुरसैन्यागमनको र अराजक त्यो स्मितहास्य
अनि सम्झाउँछन्, मेरा तप्त श्रुतिविवरहरू मेरो नव प्रेमोत्कर्ष
हो ! म प्रीति गर्छु मेरै उन्मत्तता र गदोद्वेगलाई
मूल अंग्रेजीः नवीन उपाध्याय

Enduring the pain of burning blisters,
I reiterate on the judgment day,
All hell in the name of love, luxury and romance,
Smug in the infancy, life is crazy
I can reach the insanity, the culminate wisdom
Wondering in the trance, I can buy a kingdom,
I can hear the devil parade, the boisterous smile,
And the blazing ear is warm, like a new ecstasy
Oh, I love the sense of lunacy and madness....
Saturday, July 21, 2012
हाइवे हेरे पछि
सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइन । त्यसैले पाठकहरूले मेरो यस लेखोटमा अभिव्यक्त कुराहरूले समग्र नेपाली चलचित्रको तुलनात्मक मापदण्डलाई कुनै पनि रूपमा अभिव्यक्त गर्दैनन् भन्ने बुझिदिनुहोला । आजको मेरो “हाइवे” दर्शन, नितान्त मेरा वैज्ञानिक एवं कला संस्कृतिप्रेमी अग्रज समीरमणि दीक्षितको नेपाली चलचित्रलाई भेटी चढाऔं भन्ने आह्वानको पालना एवं र सहृदयी सूरज अर्यालको मित्रवत् प्रस्ताव (यसमा यातायात सुविधा संलग्न छ है! ) को फलस्वरूप थियो ।
पोखराको श्रीकृष्णचलचित्र भवनको विशिष्टश्रेणी लगभग भरिएको स्थितिमा चलचित्र प्रारम्भ भयो । व्यक्तिगत रूपमा मेरो चलचित्रबाट अपेक्षा शून्य नै थियो ( साधारणतया हरेक चलचित्रबाट म यही अपेक्षा राख्छु, अतः निराशाको कुनै संभावना रहन्न )l अझ म त पहिले नै चलचित्रको दरो छिद्रान्वेषण गरेर कटु टीप्पणी गरौँला भनेर भवनमा छिरेको थिएँ । तर भवनबाट बाहिरिँदा विचार व्यापक परिवर्तन भैसकेको थियो । तैपनि शुरू उपदेशबाट नै गरौँ । सर्वप्रथम नेपालीहरूमा धूमपानको अभिरूचि व्यापक भए पनि चलचित्रमा यस दृश्यलाई कम गर्न सकिन्थ्यो जस्तो लाग्छ । पर्दाको दृश्यबाट मन थाम्न नसकेका मेरा सहदर्शकहरूको मौखिक र व्यावहारिक आतुरताबाट पनि मलाई यो टीप्पणी विशेष रूपमा गर्न मन लाग्यो ।
चलचित्र दर्शकहरू पटमूर्ख हुन्छन् भन्ने सोचाईबाट माथि उठेर दर्शकलाई प्रशस्त आफ्नो सृजनशीलतालाई प्रयोग गर्ने अवसर प्रदान गर्नुपर्छ र निश्चय नै एउटा राम्रो चलचित्रले धेरै प्रश्नहरूको उत्तर दर्शकलाई नै गर्न दिनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। यस अर्थमा कथासित संलग्न रहन नै नै हरबखत कान र आँखा चनाखा पार्नु पर्ने यस चलचित्र मलाई धेरै नै मन पर्यो । घटनाक्रमलाई तासका पत्ति जस्तै फिटेर देखाइँदा पनि चलचित्रले आफ्नो गति राखेको देख्ता उदेकका साथै धेरै रमाइलो लाग्यो । चिकित्साशास्त्र पढ्न लागेको विद्यार्थी , बसचालक, डाक्टर, घरेलु वा रेष्टुरेण्ट कामदारलगायत समाजका विभिन्न वर्गका प्रतिनिधि पात्रहरू पनि तासकै पत्ति जस्तै विभिन्न गुरुत्वका तर एक अर्कासँग नराम्ररी गाँजिएर आएका थिए । उनीहरूको अन्योन्याश्रित सम्बन्धले हरेक सजग दर्शकलाई यौटा सामाजिक अनुसन्धाता बनाउन सफल भयो ।
समग्रमा नायकरहित भए पनि शुरुमा मैले आफ्नो नायकाकांक्षा इलम दीक्षित बाट पूरा गरेँ । अग्ला सलक्क परेका इलम आकर्षक देखिए । अपर्झट दुलाहा बनेका इलम दीक्षितले सल्काएको चुरोटबाटै दुलही बनेकी अभिनेत्रीले चुरोट सल्काउन लागेको दृश्य पर्दामा धेरै प्रेमपूर्ण देखिए पनि लगत्तैको दृश्यमा उनले चुरोट तान्न नजानेको देख्दा निर्देशक बढी नै सृजनशील (तान्न नजानेकै देखाउन खोजेको अर्थमा) वा सहनशील (पुनःदृश्याङ्कन नगराएको अर्थमा) लागे । चलचित्रमा उत्तेजक नृत्य नभएको भनिए तापनि “पप्लु” नामक गीतले यसलाई प्रतिनिधित्व गरेको देखियो तर क्यामेरा संचालन र यसको लम्बाई र कथाको सम्बन्धको सरसताको दृष्टिकोणले यसलाई क्षम्य नै मान्न सकिने ठानियो । सुधारको रूपमा, रवीन्द्र मिश्रको चरित्रलाई अझ सबल बनाउन सकिन्थ्यो सशक्त संवादद्वारा (सेन्सरले काटेको अंशदेखि अतिरिक्त पनि) त्यसमा निर्देशक चुकेका छन् । संपादनमा पनि उनी रहेको दृश्यमा अरु निर्दयीपन आवश्यक थियो जस्तो लाग्छ । पार्श्व ध्वनिको प्रयोग/अभाव दुवै उत्कृष्ट छ । शास्त्रीय संगीत कतै सुने जस्तो लाग्छ । त्यो अझ कतै एक ठाउँमा नेपाली शैलीमा चुटुक्क एक्कै छिन मीठो बजेको भए राम्रै सुनिन्थ्यो । छायाङ्कन (सिनेमाटोग्राफि) उत्कृष्ट र अन्तर्राष्ट्रियस्तरको छ बसको गियरमुनिबाट लिएको “शट” , रबीन्द्र मिश्रले खानलाग्दाको “डिष्टण्ट् शट” र अन्त्यको काठमाण्डौंको झरीपूर्णसडकको “रात्री शट” मलाई औधी मन परे ।
चलचित्र समग्रमा राम्रो छ तर निश्चय नै यौटा ठूलो समूहले यसलाई मन पराउने छैन तर मेरो बुझाइमा चलचित्रका निर्माताहरू यस तथ्यबाट राम्ररी परिचित छन् । लगानी सानो छ तर प्रचार प्रसारका खर्चले पनि यसमा उल्लेख्य हिस्सा ओगटेको होला । चलचित्रले १०० दिन वा १५० दिन मनाउला भनेर त कसैले पनि आशा नगरेकै कुरा हो तर यसलाई याद गरिनेछ यौटा अलग्गै धारको ( साँच्चैको अर्थमा) चलचित्रको रूपमा । चलचित्रका परिकल्पनाकार संभवतः निर्देशक दीपक रौनियार हुन् उनलाई धेरै धेरै साधुवाद छ र उनले र जो अन्य सम्पादकले यसका दृश्यहरूलाई निर्मायासित (सकारात्मक अर्थमा) चटचट काटे, उनीहरूको आत्मविश्वास नै मेरो लागि यस चलचित्रको सबै भन्दा बढी प्रसंशनीय पक्ष हो ।
मेरो नितान्त नीजी विचारमा चलचित्रको नाम नेपाली शब्दमा राख्ने साहस पनि निर्माण पक्षले देखाउनु पर्थ्यो जसले यौटा भए पनि नेपाली शब्दलाई यसको अन्तर्राष्ट्रिय सफलताको सन्दर्भमा वैश्वीकरण गराउँथ्यो कि ?
विगतमा रेनकोट (हिन्दी, २००४), पीपली लाइव (२०१०), धोबीघाट (२०१०) अ सेपेरेशन (२०११, ईरान) जस्ता चलचित्र मन पराएको मलाई यसको अन्त्य सबैभन्दा उत्कृष्ट लाग्यो, जहाँ “जनता” जो जति नै सर्वशक्तिमान भएता पनि कति निरीह छन् र संसाररूपी नाटकका प्रतिनिधि पात्रद्वारा क्षणिक प्रयोजनका लागि कसरी प्रयुक्त तथा अन्त्यमा परित्यक्त हुन्छन् भन्ने प्रतिबिम्ब छ र मेरालागि तिनै जनताहरू यस चलचित्रका वास्तविक नायक हुन् l
यद्यपि मलाई थाहा छ की मेरो समय र परिवेश अनि रस्सियन फिल्मकर्मी सेर्गेइ आइजेन्स्टाइनले बाँचेको समय र परिवेश दुवै नितान्त फरक छन्।
मेरो यो जीवनकै पहिलो चलचित्र समीक्षा हो र मैले यसलाईँ पाँचमा साँढे चार तारा दिएँ ।

Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...