Showing posts with label सुभाषित. Show all posts
Showing posts with label सुभाषित. Show all posts

Sunday, July 15, 2018

भगवद्गीता र विश्वकप फुटबल २०१८ (छन्द कविता पाठ सहित)

श्रीमद्‌भगवद्‌गीता द्वितीय अध्याय (विश्वकप फुटबल २०१८ विशेष-१)



अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
संभावितस्य चाकीर्ति मरणादतिरिच्यते ।।३४

अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिता:
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।३६

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८

अर्थ:
(जब पेनाल्टि मिस हुनेछ) तब सबैले त्यसैको चर्चा गरेर अपयश फैलाउने छन् । पहिला (लिगमा उत्कृष्ट खेलेर) बनाएको नाम बदनाम हुँदा मरेतुल्य भन्दा पनि नराम्रो हुनेछ ।। ३४

(फेसबुक ट्विटर आदिमा) धेरैले दुर्वाच्य बोल्नेछन् । (लाजमर्दा मिमहरू बनाउनेछन्, उत्कृष्ट खेलाडिहरूको ) सामर्थ्यको ('गल्लीको टोलीसँग पनि जित्न सक्दैन' आदि भन्दै) निन्दा गर्नेछन् । त्यो भन्दा दुःखपूर्ण के होला ।। ३६

तर (मेसी, रोनाल्डो, नेमार, मुलर आदि खेलाडीहरू हो! ) सुख र दुःखलाई बराबर मानेर (यसबाट कत्ति प्रभावित नभैकन, तिमीहरू) यस (फुटबलको) युद्धमा लाग, यसरी लागेमा नै तिमी(हरू)लाई पाप (कलङ्क) लाग्नेछैन ।।३८

श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-२)

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रम:
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। २। ६२-६३ ।।

अर्थ:
(फुटबल आदि) इन्द्रियका विषयको (सेवन) चिन्तनले तिनमा ( र त्यो खेल खेल्ने टोलीप्रति) आशक्ति पैदा हुन्छ। आशक्तिले गर्दा (ती टोलीले जितोस् भन्ने) कामना पैदा हुन्छ । कामना पूरा नहुँदा क्रोध पैदा हुन्छ । क्रोधले गर्दा आँखै नदेख्ने हुन जान्छ । आँखै नदेखे पछि मति भ्रमित हुन जान्छ । भ्रमित मति भएकाको बुद्धिनाश भएर जान्छ।  (र मान्छेले सामाजिक सञ्जालमा अनापशनाप लेख्न थाल्छ।) र बुद्धिनाश भएपछि अन्त्यमा त्यस्ता  मान्छेको (मान, व्यक्तित्व) नाश भएर जान्छ ।



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-३)

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्य: स मे प्रिय:।। १२।१७ ।।

अर्थ:
(हे फ्यानहरू हो! ) जो (फ्यानहरू, पेनाल्टी गोल हुँदा वा रोकिँदाका कारणले ) न हर्षित हुन्छन् न त (स्ट्राइकर वा कीपर प्रति) द्वेष नै गर्छन् । न त (गोल हुँदा वा रोकिँदा) कुनै शोक नै गर्छन् , न त  (गोल भइदिए वा रोकिए हुन्थ्यो भन्ने) कुनै कामना नै गर्छन् । त्यस्ता शुभ र अशुभ सबै कर्मका त्यागी (खेललाई नितान्त खेलकै रूपमा लिएर आनन्द लिनसक्ने ) भक्तियुक्त व्यक्तिहरू नै (सच्चा खेलप्रेमी फ्यान भएकाले) मलाई प्रिय छन् ।



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष -४)

तस्मात् सर्वेषु कालेषु मामनुस्मर युद्ध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम् ।। ८।७।।

अर्थ:
(म्याराडोना मेसीलाई भन्छन्:) त्यसैले (हे मेसी,) सबै समयमा मलाई नै सम्झिय, (मैले आफ्नो जमानामा कस्तो खेल्थेँ, त्यो याद गर) र (फुटबलको मैदानमा डटेर) युद्ध गर । ममा (र मेरै खेलमा) मन र बुद्धि लगायौ (र खेल्यौ) भने नि:सन्देह तिमीले (आफ्नो खेलमा पनि) मलाई नै पाउनेछौ । :-P



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष -५)

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही ।।२।२२।

अर्थ:
जसरी (हारेका टोलीका जर्सी आदि) पुराना वस्त्र त्याग गरेर (फुटबल फ्यान) मान्छेले (नकआउट चरणमा प्रवेश गरेको टोलीको) नयाँ (जर्सीरूपी) वस्त्र धारण गर्दछ (र रिसको झोँकमा फुटाएको सीआरटी टिभी त्याग गरी नयाँ एलसीडी टिभी किन्दछ) त्यसैगरी आत्माले पनि पुरानो शरीर त्याग गरी नयाँ शरीरधारण गर्दछ । :-)



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-अन्तिम)

नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देह: करिष्ये वचनं तव ।। १८-७३

अर्थ:
हजुरका कृपाले मलाई (यो विश्वकपको) मोह नष्ट भएको छ । मैले स्मृति पाएको छु । अब संशयरहित भएर हजुरले भने जस्तै (फुटबल फुटबल भन्दै काम नष्ट गर्न छाडेर) म संसारका सारा आफ्ना कर्तव्यहरू पालन गर्नेतर्फ लाग्दछु ।

अन्त्यमा विश्वकप सम्बन्धी एक छन्द कविता







Monday, December 11, 2017

प्रेमरहस्य (हरिभजन)



हे हरि...
म त  तिम्रै प्रेममा परेँ नि
संसारका दुःख संसारका पीडा
यसैमा भुलेँ नि
हे हरि...

राधा र मीराले पिएथे प्याला
मलाइ नि पिलाउ नन्दका लाला
तिम्रै प्रेममा लपक्कै परेँ नि
हे हरि...

प्रेमकाे डाेरी बाट्दा बाट्दै
न छुट्टी चाय्याे न विदा चाय्याे नि
म त हरि यसैमा भुलेँ  नि
हे हरि...

घर छ मेराे, घर् छैन मेराे
जाँ बसे पनि भर् छैन मेराे
फैलिएँ म त संसारै भरी नि
हे हरि...

तिमी त बस्याै मन् भित्र मेरा
(हरि तिम्लाइ) घर् किन चाय्याे नि
म त हरि कता पाे बस्नु नि
हे हरि...

अाकाश् र धर्तीले पुग्दैन तिम्लाइ
थपक्कै मेराे मनमा अाउनु नि
अनि बस्नु ढली र मली निहे हरि...

छु भने छैन, नभए छु म
बन्नेछु मै पनि
हरि!तिम्राे चरणकाे धूलाे नि 
हे हरि...

बेनामकृत रामूजे इश्कमा अाधारित । मेरा प्रिय मित्र सबिन एकतारे र अाबिदा परवीनलार्इ विशेष धन्यवाद । 



Sunday, December 11, 2016

पत्नी नै घर हो ।


वृक्षमूलेऽपि दयिता यस्य तिष्ठति तद् गृहम् ।
प्रासादोऽपि तया हीन: कान्तार इति निश्चितम् ।।
~महाभारत, शान्तिपर्व १४४।१२
अर्थ:
रूखमुनि पनि यदि पत्नी रहन्छे भने त्यो घर हो । पत्नी नरहेको त दरबार पनि जङ्गलै हो ।

Monday, August 8, 2016

चेपारे

परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनं
वर्जयेत् तादृशं मित्रं विषकुम्भं पयोमुखम् ।।
परोक्षमा खेदो खन्नि  प्रत्यक्षमा चेपारे पार्नि मित्रलाई माथि माथि दुध भएका विषका घैँटालाई जस्तै त्याग गर्नुपर्छ ।

Sunday, December 20, 2015

प्रेम

ऊः तिम्रो रुचि के हो ?
म: साहित्य, संगीत, कला, विनोद, स्वास्थ्य  अध्यात्म । 
ऊः छोटकरीमा भनन । 
मः प्रेम :-) ।

Friday, August 28, 2015

धर्म र कर्म 'काले रार्इ' ले गर्यो छक् पर्यो बाहुन!

"य‍ो रुम्जाटारको कोदाको पीठो निर्गुन् को दाऊन ।
धर्म  कर्म गुरुङले गर्यो छक् पर्यो बाहुन ।।"
(कतै 'धर्म  कर्म'को सट्टा 'ज्ञान  ध्यान' भन्ने पाठ छ)
माध्यमिककालका जोसमनी सन्त ज्ञानदिलदासको वचन उनमा सत्य हुन्छ ।
"ए काले! तैँले गरेर खाँदैनस् " भन्ने आफ्ना पिता धम्बे राईको वचनबाट प्रेरणा लिएका काले राईले ३० वर्षको उमेरमा बल्ल कखरा शुरु गर्न पाए । भारतका विभिन्न शहरमा घरेलु सेवकबाट शुरु गरी कडा संघर्ष गरेपछि वेदान्तमा आचार्य, दुर्लभ ग्रन्थ 'वेदान्तनयभूषणम्'को सम्पादनमा विद्यावारिधि  वैष्णवसम्प्रदायको सन्यासी भए पछि काले राई 'डा.स्वामी प्रपन्नाचार्य' भए । क्लिष्ट संस्कृतमा धाराप्रवाह गति भएका उनले संस्कृत "बाहुन् का छोरा"हरूले मात्र पढ्ने विद्या हो भन्ने मिथक तोडे ।
'वेदमा के छ? ' लगायतका अनेक ग्रन्थ रचेका उनको आज ९२ वर्षको वयमा पशुपति मृगस्थलीमा देह छुट्यो ।

Saturday, August 8, 2015

सम्पत्तिका गति

दानं भोगो नाशश्च तिस्रो गतय: वित्तस्य । 
यो न ददाति न च भुंक्ते तस्य तृतीया गतिर्भवति ।। 
अर्थ: 
दान, उपभोग  नाश सम्पत्तिका यी ३ परिणाम हुन्छन् । जस्ले आफ्नो धन दान पनि गर्दैन भोग पनि गर्दैन त्यसको तेस्रो गति हुन्छ ।

Sunday, December 14, 2014

धन्यस्तु संन्यस्यति

तुङ्गं वेश्म सुताः सतामभिमताः संख्यातिगाः संपदः
कल्याणी दयिता वयश्च नवमित्यज्ञानमूढो जनः ।
मत्वा विश्वमनश्वरं निविशते संसारकारागृहे
संदृश्य क्षणभङ्गुरं तदखिलं धन्यस्तु संन्यस्यति ॥ ~भतृहरि
Tall buildings, bright children, uncountable wealth, beautiful and dutiful wife and youth... When ignorant people have all these, they tend to think that this world is eternal and indestructible. And they enter the worldly prison voluntarily. But intelligent folks understand that all these are just ephemeral and become renounciate.

Sunday, November 16, 2014

रसो वै स:

" रसो वै स: " ~तैत्तिरीयोपनिषद् 
wow! what a statement! plz don't ask to translate! Its impossible! Its worth learning sanskrit for twelve years just to feel the ecstacy of this single statement! :-)

Saturday, May 10, 2014

...सन्ति सन्तः कियन्तः

मनसि वचसि काये पुण्यपीयूषपूर्णाः
त्रिभुवनमुपकारश्रेणिभिः प्रीणयन्तः।
परगुणपरमाणून्पर्वतीकृत्य नित्यं
निजहृदि विकसन्तः सन्ति सन्तः कियन्तः॥
Meaning
Full of pious nectar in mind, words and body
Pleasing the Three Worlds by successive obligations
Always making a mountain of smallest of others virtue
By developing it in one's own heart, how many
good people of such kind are there?

Wednesday, December 25, 2013

योजकस्तत्र दुर्लभः

अमन्त्रमक्षरं नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुष: नास्ति योजकस्तत्र दुर्लभः ।।
अर्थ: 
त्यस्तो कुनै (कन्द)मूल [वनस्पति] छैन जसको औषधीय गुण नहोस्
त्यस्तो कुनै पुरुष ( मान्छे) छैन जसको कुनै न कुनै योग्यता नहोस्
तर यी कुराहरु (गुण  गुणी) लाई जोड्नेवाला भने दुर्लभ छ!

Thursday, November 29, 2012

वृत्ति

येन शुक्लीकृता हंसाः शुकाश्च हरितीकृताः | 
मयूराश्चित्रिता येन स ते वृत्तिं विधास्यति ll - हितोपदेश
One, who made the swans white; parrots green; 
and the peacocks spotted, will also provide them their living.

Wednesday, September 5, 2012

दिगम्बरः कथं जीवेत् अन्नपूर्णा न चेद् गृहे ?

स्वयं पञ्चमुखः पुत्रौ गजानन षडाननौ 
दिगम्बरः कथं जीवेत् अन्नपूर्णा न चेद् गृहे ll


आफ्ना पाँच मुख छन् छोराहरू हात्तीमुखे  छ मुखे छन्, यस्तोमा माता अन्नपूर्णा घरमा नभएकी भए दिगम्बर भगवान् शिवजी कसरी बाँच्थे होलान् ?

Sunday, July 8, 2012

वरं शून्या शाला...

वरं शून्या शाला न च खलु वरो दुष्ट वृषभो
वरं वेश्या पत्नी न पुनरविनीता कुलवधूः ।
वरं वासोऽरण्ये न पुनरविवेकाधिपपुरे
वरं प्राणत्यागो न पुनरधमानामुपगमः ॥ (हितोपदेशः ४, १३१)
I prefer an empty stable rather than a wild bull in it
I prefer a whore wife rather than an indecent housewife
I prefer a shelter in woods rather than in a state ruled by idiots
I prefer to die rather than be in the circle of scoundrels.

Friday, February 4, 2011

ज्यान पनि पैसा पनि

आज आयुर्वेदका दुई पुराना व्यंग्य प्रस्तुत गर्छु:

१. 'वैद्यानां शारदी माता, पिता च कुसुमाकर:'

अर्थः शरद् ऋतु डाक्टरकी आमा  वसन्त ऋतु डाक्टरका पिता हुन् । ( खूब कमाई हुञ्च भन्नि अर्थ हो ।)

२. वैद्यराज नमस्तुभ्यं यमराज सहोदर!
यमस्तु हरते प्राणान्, वैद्य: प्राणान् धनानि च ।।

अर्थ: "हे डाक्टर साएप्, तपैँलाई नमस्कार छ, तपैँ यमराजका सहोदर दाजु हुनुञ्च, यमराजले त ज्यान मत्रै लिञ्चन्, तपैँले त ज्यानपनि पैसा पनि लिनुञ्च " ।।

Sunday, September 20, 2009

सबैलाई वशमा कसरी राख्ने ?

सबैलाई वशमा राख्नि टिप्स्:
"मित्रं स्वच्छतया, रिपुं नयबलैर्, लुब्धं धनैरीश्वरं
कार्येण, द्विजमादरेण, युवतीं प्रेम्णा, शमैर् बान्धवान् ।
अत्युग्रं स्तुतिभिर्, गुरुं प्रणतिभिर्, मूर्खं कथाभिर्, बुधम्
विद्याभि: रसिकं रसेन सकलं शीलेन कुर्याद् वशम् ।।"
अर्थ:
"मित्रलाई बिनाछलकपटको स्वच्छभावले, शत्रूलाई कूटनीतिले, लोभीलाई धनले, ईश्वरलाई कर्मले, विद्वान् लाई आदरले, युवतीलाई प्रेमले, बन्धुलाई समभावले,अतिउग्रलाई स्तुतिले, गुरुलाई प्रणाम(समर्पणभाव)ले, मूर्खलाई कथाले, बुद्धिमान् लाई विद्याले, रसिकलाई रसले सबैलाई शील(चरित्र)ले वशमा गर्न सकिन्छ ।"

Friday, February 20, 2009

आशा

भीष्म द्रोण  कर्ण अादि बलवान् उस्ता महावीरको,
पत्ता केही चलेन आज अहिले प्रत्यक्ष नै देखियो ।
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी,
लागेकै छ मलाई हा! बलवती आशा अहो तैपनि ।
~चक्रपाणिकृत संक्षिप्त भारत

Tuesday, July 22, 2008

आयुर्वेद

हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम् 
मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते॥
~चरक (सूत्रस्थान १/४१)
अर्थात् आयु ( शरीर मन  आत्माको समुच्चय) काे हित तथा अहित (पथ्य  अपथ्य), आयु काे प्रमाण (मापन) एवं उक्त आयुकाे स्वरूप जहाँ बताइन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।

Sunday, May 20, 2007

योगी कि पशु ?

उत्तम वचनले, संगीतले, युवतीहरूका हाउभाउ  कटाक्षले पनि जसको हृदय (चिरिँदैन) छुँदैन, ऊ कि त योगी हो कि त पशु !

Tuesday, June 20, 2006

संगत

"पाहाड्को जन्म पाई अति अबुझ छुचा क्रोधी जन् संग पाई
लेखेछन् ग्रन्थ सुन्दर तर पनि कविले धन्य लाग्यो मलाई ।।"
माथिको पद्य मेरा पितामह पण्डित कविराज नरनाथ शर्मा अाचार्य (१९६२- २ं०४५) ले अाफ्ना पूर्वज अादिकवि भानुभक्त अाचार्य (१८७१-१९२५) प्रति अाज भन्दा लगभग ५०-५५ वर्ष पहिले लेख्नुभएको हो । यहाँ पहाडको विकट भूगोलको जन्म  अति अबुझ, छुचा, एवं क्रोधी जनको संगत हुँदा पनि कविले सुन्दर ग्रन्थ लेखेको प्रसंग छ । गजाधर सोतीको घरमा निकालिनु, गिरिधारी भाटसंग कुलाको विवाद हुनु लगायतका प्रसंगमा रचिएका भानुका कविताले त्यो समयको मूल्यांकन गर्न सघाए पनि मेरा पितामहको अाफ्नै अनुभव पनि यस पद्यको रचनामा प्रेरणा रहेको होला । अाज मैले यो पद्यको उद्धरण दिनुको अर्थ अाज २०० वर्ष पछि पहाडको जीवन भौतिक रूपमा केही समृद्ध त भयो तर अधिकांश व्यक्तिको गुण उस्तै नै रहेको छ, यस्तो प्रतिकूल वातावरणमा पनि सीमीत संख्यामा भए पनि बाँकी सकारात्मक व्यक्तिले रचनात्मक कार्यमा संलग्न हुनु पर्छ भन्ने हो ।

धेरै पढिएकाे

पृष्ठ संग्रह