Sunday, August 19, 2012

विश्व सुन्दरीमा चिनियाँ युवती

वर्तमान विश्व बजारको विश्व हो, विश्वको पहिलो जनसंख्या, चीनले आर्थिक उदारीकरणका साथ बजार खोले पछि विश्व सुन्दरीमा चिनियाँ युवतीलाई जिताइनु यौटा अपरिहार्य घटना थियो l 2007 मा झांग जिलिनको सफलता चीनको विश्व बजारमा प्रवेशको शंखनाद थियो भने 2012 मा यु वेंगजियाको सफलता विश्व बजारमा चीनको प्रभावको ढोल हो l
1990 को दशकमा आर्थिक महाशक्तिको रूपमा उदाउन लागेको विश्वको दोस्रो जनसंख्या भारतमा बजार अर्थतन्त्र चुलिनु र ऐश्वर्या राय र सुस्मिता सेनको सफलतामा ठूलो सम्बन्ध छ l ती सुन्दरीको उमेर ढल्कँदै जाँदा प्रियंका चोपडा, लारा दत्ता, युक्ता मुखी आदिले बजारमा प्रभाव कायम राखेका हुन् l यी सबै तमाशाहरू तथाकथित नवउदारवाद, वैश्वीकरण रबहुराष्ट्रिय कम्पनीको विश्व बजारमा एकछत्र राजका उपकरण हुन् l

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह