Friday, February 4, 2011

ज्यान पनि पैसा पनि

आज आयुर्वेदका दुई पुराना व्यंग्य प्रस्तुत गर्छु:

१. 'वैद्यानां शारदी माता, पिता च कुसुमाकर:'

अर्थः शरद् ऋतु डाक्टरकी आमा  वसन्त ऋतु डाक्टरका पिता हुन् । ( खूब कमाई हुञ्च भन्नि अर्थ हो ।)

२. वैद्यराज नमस्तुभ्यं यमराज सहोदर!
यमस्तु हरते प्राणान्, वैद्य: प्राणान् धनानि च ।।

अर्थ: "हे डाक्टर साएप्, तपैँलाई नमस्कार छ, तपैँ यमराजका सहोदर दाजु हुनुञ्च, यमराजले त ज्यान मत्रै लिञ्चन्, तपैँले त ज्यानपनि पैसा पनि लिनुञ्च " ।।

Saturday, January 15, 2011

हुने विरूवाकाे चिल्लाे पात


झरना श्रेष्ठ नाै वर्षकी भइन् । याम्दीकाे पास्कल विद्यालयमा तीन कक्षामा पढ्ने झरनाकाे घर कति राम्राे है ?
हामी पनि केटाकेटीमा यसरी नै खेल्थ्याैँ । भाेलि पर्सी ठूली भए पछि याे चित्र देखिन् भने उनले पनि अहिले हामीले सम्झे जस्तै सम्झने छिन् ।

Thursday, May 27, 2010

जिन्दगानी

कर्म गर फल नखोजी कर्मयोग जिन्दगानी
तत्व बुझे सत्य चिने चिदानन्द जिन्दगानी ।।

भन्ने भए नाटक भन, अभिनय राम्रो गर
आफ्नो आफ्नो कर्मबन्धन खेल नै हो जिन्दगानी ।।

दृश्य तिमी, पात्र तिमी, दर्शक तिमी, दीर्घा तिमी
शुल्क तिमी, मञ्च तिमी, पर्दा तिमी जिन्दगानी ।।

आदि छैन, अन्त्य छैन, आत्मा अजर अमर छ
देहधारी भइ घुम्छ दशै दिशा जिन्दगानी ।।

सत्य एक विधाता र तिमी एकै चेतना हौ
मयापूर्ण संसार छ ‘गुरु’ज्ञान जिन्दगानी ।।

२०६७ जेष्ठ १३, बृहस्पतिबार

धेरै पढिएकाे

पृष्ठ संग्रह