कर्म गर फल नखोजी कर्मयोग जिन्दगानी
तत्व बुझे सत्य चिने चिदानन्द जिन्दगानी ।।
भन्ने भए नाटक भन, अभिनय राम्रो गर
आफ्नो आफ्नो कर्मबन्धन खेल नै हो जिन्दगानी ।।
दृश्य तिमी, पात्र तिमी, दर्शक तिमी, दीर्घा तिमी
शुल्क तिमी, मञ्च तिमी, पर्दा तिमी जिन्दगानी ।।
आदि छैन, अन्त्य छैन, आत्मा अजर अमर छ
देहधारी भइ घुम्छ दशै दिशा जिन्दगानी ।।
सत्य एक विधाता र तिमी एकै चेतना हौ
मयापूर्ण संसार छ ‘गुरु’ज्ञान जिन्दगानी ।।
२०६७ जेष्ठ १३, बृहस्पतिबार
No comments:
Post a Comment