This collection contains three sections. Nepali, English and Art Sections. Photographs of the creators are also taken from the past (2004-2007) as far as practicable.
The collection can be viewed below:
खाेजी गर्नुहाेस्
Sunday, October 25, 2020
सिमलचाैरको बहः Simalchaur Hiraeth
A bilingual anthology called Simalchaur Hiraeth (Simalchaur ko Baha in Nepali ) is published as an eBook today. This is the collection of the selected literature and artworks of the students of The
School of Pharmaceutical and Biomedical Sciences (SPBS), Pokhara University during the years 2004-2007. The school is currently known as the School of Health and Allied Sciences. During that period, the school was located at the Shwet Bhavan, Simalchaur, Pokhara. The works collected here were published on the Students'
Desk managed by Pokhara University Students' Pharma Association (PUSPA).
Friday, July 17, 2020
समूह असफल हुने पाँच कारण
![]() |
समूह असफल हुने अनेक कारण हुन सक्छन् । तिनलाई अलग अलग रूपमा गन्न पनि सकिएला तर यस स्यानाे टिपाेटमा 'द फाइव डिस्फङ्शन्स अव अ टीम' ( The Five Disfunctions of a Team) अर्थात् 'समूह असफल हुने पाँच कारण' भन्ने अमेरिकी लेखक प्याट्रिक लेन्सियोनि ( Patric Lencioni)द्वारा लिखित सन् २००२ मा प्रकाशित एउटा लोकप्रिय नेतृत्व वा व्यवस्थापन सम्बन्धित आख्यानमा गनिएका पाँच कारणबारे लेखिँदैछ ।
यसमा नेतृत्व, व्यापार र व्यवस्थापन सञ्चालन गर्दा समूहमा आउन सक्ने समस्या र त्यसलाई समाधान गर्ने उपायहरू 'डिसिजन टेक'भन्ने एक काल्पनिक कम्पनिका प्रमुख, पूर्व प्रमुख, बजार प्रमुख, आर्थिक प्रमुख आदिको बीचमा घटेको कथानकका माध्यमले बताइएको छ ।
पुस्तकमा गणना गरिए अनुसार कुनै पनि समूह असफल हुनुमा तलका पाँच कारणहरू जिम्मेवार हुन्छन् । ती कारणहरू र तिनका कारण उत्पन्न हुनसक्ने परिस्थितिलाई तल सूचीकृत गरिएको छ ।
१. विश्वासको अभाव:
कमजोरी र गल्तीको दोष एक अर्कालाई लगाउने । सिक्न र सिकाउन डर या लाज मान्ने । अरुको बाहिरी शैली वा व्यवहारबाटै उसको बारेमा अन्तिम अवधारणा बनाउने, यसबारे प्रष्टसित नसोध्ने, केवल एक्लै सोचेर समय नष्ट गर्ने । एक अर्काका विशिष्ट ज्ञान र शीपबाट सिक्न नखोज्ने । तुस पाल्ने । छलफलबाट बच्ने । एक अर्काको सामुन्ने पर्नै नखोज्ने ।

२. संघर्षको डर:
पट्यारलाग्दा बोक्रे बैढक गर्ने तर खुलेर कुरा नगर्ने । परोक्षमा अनेक तिकडम/राजनीति गर्ने । व्यक्तिगत आरोप प्रत्यारोप आक्षेप गर्ने । चर्चा गर्नुपर्ने विवादास्पद कुरामा छलफलै नगर्ने । गजक्क परेर बस्ने । झगडा हुन्छ कि वा एक्लै परिएला कि भनेर डराएर आफ्नो मत राख्नबाट पछि हट्ने ।

३. प्रतिबद्धताको कमी:
के गर्न खोजेको वा कुन कुरा महत्त्वपूर्ण छ भन्ने कुरा
छुट्याउन नसक्ने/नचाहने, अनावश्यक ढीलासुस्ती र ज्यादा विश्लेषण गरेर समय बिताउने र मौका गुमाउने । आत्मविश्वासको कमी र असफल हुने डर । फर्की फर्की पुरानै छलफल र निर्णयहरूमा भुल्ने ।

४. जबाफदेहिताबाट पन्छिने प्रवृत्ति:
फरक कार्यकुशलता भएका सदस्यबीच तीतोपन बढाउने । कामचलाउ प्रवृत्ति । समयसीमाहरू छुटाउने र परिणाम निकाल्न नसक्ने । सबै जिम्मेवारी समूह नेतामा थुपार्ने ।
फरक कार्यकुशलता भएका सदस्यबीच तीतोपन बढाउने । कामचलाउ प्रवृत्ति । समयसीमाहरू छुटाउने र परिणाम निकाल्न नसक्ने । सबै जिम्मेवारी समूह नेतामा थुपार्ने ।
५. नतिजामा ध्यान नदिने प्रवृत्ति:
यथास्थितिमा रहने/रहन चाहने । प्रतिस्पर्धामा विरलै रहने । सँधै पछि पर्नुलाई स्वीकार गर्ने । राम्रो गर्न चाहने व्यक्तिहरूलाई गुमाउँदै जाने । समूहका सदस्यहरू समूहको सफलताभन्दा पनि व्यक्तिविशेषको सफलतालाई प्राथमिकता दिने तर्फ पुग्ने । सजिलैसित आफ्नो कामभन्दा अन्य अनावश्यक कुरा तर्फ भुल्ने ।

यी चीजहरूबाट बच्न सकेमा मात्र कुनै पनि समूह सफल हुन सक्छ ।
Saturday, February 29, 2020
हंसपुरेलाई प्रश्न (कविता)
~शिव सङ्कल्प
खोल्साको किनारमा
टुक्रुक्क बसेको पुरानो तगाराले सोध्यो
'भीरमा पखेरामा
भ्याकुर नाचेको मात्रै हैन
गाउँमा मोटर अनि
पानी पनि उकालियो हैन र?

आधा बाँझो अनि आधा
तोरि फुलेको पाखाले सोध्यो
'गाउँमा चाउचाउ र विखालु पेयको
विक्रि मात्रै बढेको हैन
यहाँका साग सिस्नो यहीँ चिस्सिएर
आँटो पिठोसितै शहर छिर्न थाले हैन र?
बाख्राले बुत्रुक्क उफ्रदै
म्याँ गरेर सोध्यो
'मेरा साथी ती किसानको
छोराछोरी पनि
म जस्तै बुर्कुसी मार्दै
पाठशाला दगुर्दै छन् हैन र?'

देउरालीको पुरानो ढुङ्गाले
खु:इय्य गर्दै सोध्यो
'बलिया बाङ्गाहरू परदेश
अनि बजार छिरेका मात्रै हैन
लेखे पढेका अनि जोश जाँगर भएकाहरू
गाउँ फर्किएका पनि हुन् हैन र?'
'हो त है?' भन्दै
लिप्यानी अनि देउरालीको सेरोफेरो घुमेर
स्याक्लुङ कोटअनि रामकोट उक्लेपछि
इन्द्रगुफा घुमेर औतारीमाइलाई ढोगेपछि
एउटा परदेशीले हंसपुरेलाई सोध्यो
'त्यसो भए म हंसपुरमा छु हैन र?'
२०७६ फागुन १७, हंसपुर अक्षरयात्रा
चित्रहरू:स्वयं, हंसपुरको सेरोफेरो
खोल्साको किनारमा
टुक्रुक्क बसेको पुरानो तगाराले सोध्यो
'भीरमा पखेरामा
भ्याकुर नाचेको मात्रै हैन
गाउँमा मोटर अनि
पानी पनि उकालियो हैन र?

आधा बाँझो अनि आधा
तोरि फुलेको पाखाले सोध्यो
'गाउँमा चाउचाउ र विखालु पेयको
विक्रि मात्रै बढेको हैन
यहाँका साग सिस्नो यहीँ चिस्सिएर
आँटो पिठोसितै शहर छिर्न थाले हैन र?
बाख्राले बुत्रुक्क उफ्रदै
म्याँ गरेर सोध्यो
'मेरा साथी ती किसानको
छोराछोरी पनि
म जस्तै बुर्कुसी मार्दै
पाठशाला दगुर्दै छन् हैन र?'

देउरालीको पुरानो ढुङ्गाले
खु:इय्य गर्दै सोध्यो
'बलिया बाङ्गाहरू परदेश
अनि बजार छिरेका मात्रै हैन
लेखे पढेका अनि जोश जाँगर भएकाहरू
गाउँ फर्किएका पनि हुन् हैन र?'
'हो त है?' भन्दै
लिप्यानी अनि देउरालीको सेरोफेरो घुमेर
स्याक्लुङ कोटअनि रामकोट उक्लेपछि
इन्द्रगुफा घुमेर औतारीमाइलाई ढोगेपछि
एउटा परदेशीले हंसपुरेलाई सोध्यो
'त्यसो भए म हंसपुरमा छु हैन र?'
२०७६ फागुन १७, हंसपुर अक्षरयात्रा
चित्रहरू:स्वयं, हंसपुरको सेरोफेरो
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...