Thursday, June 15, 2017

साँच्चैका 'फुङसुख वाङडु' साेनाम वाङचुकलार्इ चिन्नुहुन्छ ?

तपार्इँहरूलार्इ अामिर खान भनेका काे हुन्? भनेर साेध्ने हाे भने सबैले भन्नुहुन्छ हाेला । अझ कतिले त फुङसुख वाङडु भनेकाे काे हुन्? भने पनि भन्नु हुन्छ हाेला तर साेनाम वाङचुक काे हुन्? भनेर साेध्ने हाे भने धेरैलार्इ थाहा नहुन सक्छ । 

जम्मु कश्मीरकाे लद्दाखमा जन्मेका साेनाम वाङचुक वास्तविक जीवनका 'फुङसुख वाङडु' हुन् जसले लद्दाखीहरूकाे  शिक्षामा व्यापक सुधार गरे । उनकाे पहलमा भएकाे मूलधारकाे भनिने शिक्षालार्इ लद्दाखीहरूकाे अनुकुल बनाउने शैक्षिक सुधारले गाउँकाे विद्यालयकाे उत्तीर्ण प्रतिशत पाँचबाट बढेर पचहत्तर पुग्याे । यतिले पनि सन्तुष्ट नभएका उनले  शिक्षामा असफल भनिएकाहरूलार्इ  सिन्धु नदीकाे तटमा स्थित गाउँ 'फे'मा  भिन्दै विद्यालय सेकमाेलकाे स्थापना गरे। जहाँ विद्यार्थीहरूले प्रयाेग गरेरै सिक्ने माैका पाउँछन् ।

Tuesday, June 13, 2017

सिंह र मान्छे

चित्रः पेक्सेल्सडटकम

धेरै समय अगाडीकाे कुरा हाे ।  दुर्इ जना शिकारीहरू शिकार गर्न भनी पूरा तयारीका साथ बन्दूक, दूरबीन अादि सामान लिएर जंगल सफारी गर्ने माेटरमा सवार भएर जंगल तर्फ लागे । जंगल यसाे प्रवेश गरेका मात्र के थिए , एकजनालार्इ पिसाबले च्याप्याे र ऊ पिसाब फेर्न भनी माेटरबाट अाेर्लेर झाडी तर्फ लाग्याे । झाडी नगीचै पुगेकाे मात्र के  थियाे त्यहाँ त एउटा सिंह बसीरहेकाे रहेछ । मान्छे अाँफूतर्फ अाएकाे देखेर सिंह झटपट उठेर गर्जँदै ऊतर्फ अगाडी बढ्याे । 
शिकारीले बन्दूक त माेटरमै छाडेर अाएकाे  थियाे तर उसले बुद्धि लगायाे र झटपट खल्तीबाट बन्दूककाे लाइसेन्स निकालेर सिंहलार्इ देखाउँदै भन्याे
'हे सिंह हेर् त मसँग बन्दूककाे लाइसेन्स छ, तैँले मलार्इ खान सक्दैनस्' ।


पाठकहरूले साेचीसक्नुभयाे हाेला, त्याे  शिकारीकाे के अवस्था भयाे हाेला? हामीसँग रहेका धेरै नीति,  नियम, कानून पनि त्यस्तै कागज नै हुन् जबसम्म ती लागू हुँदैनन् ।

Monday, June 12, 2017

फूलहरूले श्रद्धा चढाउँदै शिव संकल्पकाे युट्युब च्यानल प्रारम्भ


फूलहरूले श्रद्धा चढाउँछाैँ ... शब्दकाे याे सुन्दर नेपाली गीतमा प्रस्तुत गरीएको कलात्मक शास्त्रीय नृत्यका साथमा अाजबाट मैले अाफ्नाे युट्युब च्यानल प्रारम्भ गरेकाे छु । दुर्इ वर्ष अघि पाेखरामा मनाइएकाे पुस्तकालय  दिवसकाे उद्घाटनका अवसरमा याे नृत्य प्रस्तुत गरिएकाे थियाे ।
मेराे च्यानलमा विशेष गरी साहित्य संगीत र कला सम्बन्धि चलदृश्य राखिने छ भने बेलाबेलामा युवा वैज्ञानिकसँगकाे अन्तर्वार्ता जस्ता रमाइला चलदृश्य पनि राखिनेछ ।
१०० जना सब्स्क्राइबर नभैकन युट्युबले च्यानलकाे  विशिष्ट ठेगाना नदिने रहेछ , अतः मित्रहरूलार्इ सब्स्क्राइब गरिदिनुहुन पनि अनुराेध छ ।

धेरै पढिएकाे

पृष्ठ संग्रह