Wednesday, May 31, 2017

पैतालामुनि के छ ?


~शिव सङ्कल्प (कृति समीक्षा)

कृति: पैताला (उपन्यास)

लेखक: गनेस पौडेल
प्रकाशक: बुक हिल
पृष्ठ: ३६३
मूल्य: रू. ४००

गुणवत्ता: ✘✔✔✔✔



अनन्य मित्रहरू ‘भाषिक’ र ‘प्रेमिक’ गनेस पौडेलको ‘पैताला’को गृह लाेकार्पणमा पसे । भाषिकले कुनामा बस्ने आसन भेट्टायो । प्रेमिकले उभिएरै हेर्यो । तामझाम सकिए पछि भाषिकले रू. ३३० तिर्यो । प्रेमिकले पुस्तक झोलामा हाल्यो । यस अघि नै पुस्तकको प्रचारात्मक लघुचलचित्रबाट प्रभावित भएका दुवैले खोसाखोस गर्दै तीन दिनका तीन तीन घण्टे तीन बसाइमा पुस्तक धुल्याए ।
 

‘‘गनेस पौडेल त तँ जस्तै रहेछ, नाम देखि नै अशुद्ध (प्रेमिक हुँदैन प्रेमी मात्र हुनुपर्ने हो तेरो नाम भनेर भाषिकले सँधै भन्थ्यो प्रेमिकले भने भाषिककै प्रेममा उसैको नामसँग अनुप्रास मिलाउन आफ्नो नाम प्रेमिक बनाएको थियो ) अनि उसका पात्रका नामहरू पनि असंगत र अशुद्ध छन् । त्रुपक, स्त्रीका, जोस्मणि, व्रणतुका, लोथिरा, उत्किलन आदि आदि... अझ मलाई त कथा-कानुनको नु ह्रस्व लेखेको पनि मन पर्दैन । अनि यो परिच्छेदै पिच्छे न्यारेटर अनि आख्यानकारको पर्दा किन? फेरी एक ठाउँमा त पोखराका चल्तापूर्जा युवा गनेस पौडेल अरे... कथालाई बढी जेलेर पाठकलाई कुइराको काग बनाउन हो?’’ भाषिकले प्रश्न गर्यो ।

Thursday, May 18, 2017

मरूभूमिका ऊँट

एउटा चिडियाघरमा ऊँट र उसको बच्चा थिए । बच्चा ऊँट धेरै चकचके र चलाख थियो । एकदिन बच्चा ऊँटले आमा ऊँटलाई सोध्यो 'हाम्रो ढाडमा किन जुरो हुन्छ?' आमा ऊँटले भनिन् 'हामीलाई मरूभूमिमा धेरै दिन हिँड्दा खाना र पानीको अभाव नहोस् भनि भण्डारको रूपमा हाम्रो जुरो हुन्छ।'
'अनि हाम्रो खुट्टा किन लामा र बलिया?' बच्चाले फेरी सोध्यो। 'मरूभूमिमा हिँड्न' आमाले जबाफ दिइन् ।
'अनि हाम्रो आँखिभौँ किन यति लामो र बाक्लो? कहिलेकाहिँ त हेर्न पनि गाह्रो हुन्छ।' बच्चाले फेरि सोध्यो । 'मरूभूमिमा हावा चल्दा उड्ने वालुवाबाट बचाउन ।' आमाले जवाफ दिइन्।
... ...
'हाम्रो जुरो, खुट्टा अनि आँखिभौँ सबै मरूभूमिमा काम लाग्ने रहेछ त हामी किन चिडियाखानामा?' बच्चाले एकछिन पछि पुन: सोध्यो । यसपटक आमासँग जबाफ थिएन ।
(Photo credit: www.manonthelam.com)

भाेट के मा ?

रूखले छहारी दिञ्च, सूर्जेले उज्यालो दिञ्च, हँस्सियाले घाँस काट्न काम दिञ्च, हथौडाले किलो ठोक्न काम दिञ्च, गाईले दुध दिञ्च, यस्तै अरू चिह्नहरूले पनि एक्थोक् एक्थोक् दिनि भा'भेर सप्पै चिह्नमा एकेक् भोट् दिनि निर्णे अरियो! :-

धेरै पढिएकाे

पृष्ठ संग्रह