Thursday, May 18, 2017

मरूभूमिका ऊँट

एउटा चिडियाघरमा ऊँट र उसको बच्चा थिए । बच्चा ऊँट धेरै चकचके र चलाख थियो । एकदिन बच्चा ऊँटले आमा ऊँटलाई सोध्यो 'हाम्रो ढाडमा किन जुरो हुन्छ?' आमा ऊँटले भनिन् 'हामीलाई मरूभूमिमा धेरै दिन हिँड्दा खाना र पानीको अभाव नहोस् भनि भण्डारको रूपमा हाम्रो जुरो हुन्छ।'
'अनि हाम्रो खुट्टा किन लामा र बलिया?' बच्चाले फेरी सोध्यो। 'मरूभूमिमा हिँड्न' आमाले जबाफ दिइन् ।
'अनि हाम्रो आँखिभौँ किन यति लामो र बाक्लो? कहिलेकाहिँ त हेर्न पनि गाह्रो हुन्छ।' बच्चाले फेरि सोध्यो । 'मरूभूमिमा हावा चल्दा उड्ने वालुवाबाट बचाउन ।' आमाले जवाफ दिइन्।
... ...
'हाम्रो जुरो, खुट्टा अनि आँखिभौँ सबै मरूभूमिमा काम लाग्ने रहेछ त हामी किन चिडियाखानामा?' बच्चाले एकछिन पछि पुन: सोध्यो । यसपटक आमासँग जबाफ थिएन ।
(Photo credit: www.manonthelam.com)

भाेट के मा ?

रूखले छहारी दिञ्च, सूर्जेले उज्यालो दिञ्च, हँस्सियाले घाँस काट्न काम दिञ्च, हथौडाले किलो ठोक्न काम दिञ्च, गाईले दुध दिञ्च, यस्तै अरू चिह्नहरूले पनि एक्थोक् एक्थोक् दिनि भा'भेर सप्पै चिह्नमा एकेक् भोट् दिनि निर्णे अरियो! :-

मतपत्र ७ कोलमको हुनुपर्ने!

मतपत्र ७ कोलमको हुनुपर्ने!
१४ कोलमकोमा भोटहाल्न त शहरका 'शिक्षित'लाई सिकाउन पनि गाह्रो पर्‍यो मलाई! 
दूरदराजका अल्पशिक्षितको के दशा होला? 
ठूला दलका अन्ध भोटरलाई मात्र सजिलो बनाइएको रहेछ! :-(
अझ मतपत्रमै अपवित्र गठबन्धन छ, रूख र हँस्सिया हथौडा एकातिर, सूर्य र गाई अर्कातिर! :-P

धेरै पढिएकाे

पृष्ठ संग्रह