Sunday, September 20, 2009

सबैलाई वशमा कसरी राख्ने ?

सबैलाई वशमा राख्नि टिप्स्:
"मित्रं स्वच्छतया, रिपुं नयबलैर्, लुब्धं धनैरीश्वरं
कार्येण, द्विजमादरेण, युवतीं प्रेम्णा, शमैर् बान्धवान् ।
अत्युग्रं स्तुतिभिर्, गुरुं प्रणतिभिर्, मूर्खं कथाभिर्, बुधम्
विद्याभि: रसिकं रसेन सकलं शीलेन कुर्याद् वशम् ।।"
अर्थ:
"मित्रलाई बिनाछलकपटको स्वच्छभावले, शत्रूलाई कूटनीतिले, लोभीलाई धनले, ईश्वरलाई कर्मले, विद्वान् लाई आदरले, युवतीलाई प्रेमले, बन्धुलाई समभावले,अतिउग्रलाई स्तुतिले, गुरुलाई प्रणाम(समर्पणभाव)ले, मूर्खलाई कथाले, बुद्धिमान् लाई विद्याले, रसिकलाई रसले सबैलाई शील(चरित्र)ले वशमा गर्न सकिन्छ ।"

प्रेम र कर्म

तिनिहरू अति भाग्यमानी थिए
जसले प्रेमलाई कर्म सम्झिन्थे 
वा कर्मसँगै प्रेम गर्थे 
म पनि जीवनभर व्यस्त रहेँ
अलिकति प्रेम गरेँ अलिकति कर्म गरेँ
कर्मले प्रेममा भाँजो हालिरह्यो
प्रेमले कर्मलाई उल्झाइरह्यो
 अन्तिममा दिक्क भएर मैले
दुवैलाई अधुरै छोडिदिएँ...
( मूल: ऊर्दू, फैज अहमद फैज)

Wednesday, June 10, 2009

दिने ? कि लिने ?

कुनै बखतमा दुईजना सन्यासीहरू जंगलको बाटो कतै जाँदै थिए । बाटोमा एउटा पाँच रूपैयाँको नोट देखा पर्यो । एक जना सन्यासीले त्यो नोट टिपेर कमण्डलुमा हाले तर अर्को सन्यासीले सम्झाउँदै भने “सन्यासीले धन लिनु गलत हो, तसर्थ यो नोट नलिनु नै ठीक हो ।” नोट लिने सन्यासीले सुनेनन् र दुबै जना अघि बढे । साँझपख दुबै जना एउटा नदीको किनारमा पुगे जसको पारीको मठमा उनीहरूलाई जानु थियो । उनीहरूले नदीको माझीलाई पारी पुर्याइदिन अनुरोध गरे तर माझीले अन्तिम पटक नाउ खियाइ सकेर बाँधीसकेको बताएर अस्वीकार गर्यो । पाँच रूपैयाँ लिने सन्यासीले माझीलाई पाँच रूपैयाँ दिए र पारी पुर्याइदिन भने । यसपटक माझीले नाउ फुकायो र दुबैलाई पारी पुर्याउन लाग्यो । रूपैयाँ लिने सन्यासीले अर्को सन्यासीलाई भने “ हेर्नुहोस् मैले त्यो रूपैयाँ लिएको हुनाले अहिले काम लाग्यो” । अर्को सन्यासीले भने “तपाईँलाई अझै भ्रम रहेछ, त्यो रूपैयाँ लिएको हुनाले होइन दिएको हुनाले काम लागेको हो ।”

धेरै पढिएकाे

पृष्ठ संग्रह