Friday, June 17, 2022

के हाे डीआईडी ? बताउने नाटक केस नं ३११

 

अदालतकाे कठघरामा उभिएकी एकजना युवतीकाे व्यवहार अचम्मलाग्दाे छ ।   न्यायाधीशले उनकाे स्वास्थ्यपरीक्षण गराउन आदेश दिन्छन् । डाक्टरसँग ती युवती छिनमै आँफूलाई शिखा शर्मा र छिनमै तारा विद्राेही बताउछिन् । यसाे बताइरहँदा उनकाे हाउभाउ भावभङ्गी सबै फरक फरक देखिन्छ । 

याे दृश्य हाे पाेखरा  थिएटर गैह्रापाटनका चाैथाे र पाँचाै ब्याचका प्रशिक्षार्थीहरूकाे सक्रियतामा हाल पाेखरा  थिएटरमा मञ्चन भैरहेकाे नाटक केस नं ३११ काे  । याे नाटक डिसाेसिएटिव आइडेन्टिटि डिसअर्डर वा डीआईडी  भनिने मानसिक राेगसँग तथा पारिवारभित्रै हुने याैन दुर्व्यवहारसँग सम्बन्धित छ । सामान्य भाषामा स्प्लिट पर्सनालिटि समेत भनिने डीआईडी  उत्पन्न हुने अनेक कारणमध्ये बाल्यकालमा हुने याैनहिंसाकाे  विषयलाई नाटकले उठाएकाे छ । पारिवारिक मूल्य र मान्यताकाे स्खलन, मानसिक राेग उत्पन्न गराउने सामाजिक कारण र अवस्थालाई नाटकीय स्वरूप  दिएर बनाइएकाे नाटक शिक्षाप्रद छ । 

नाटक न्यायालयकाे पृष्ठभूमिमा बुनिएकाे छ । नाटककाे द्वैध चरित्र रहेकाे मुख्य भूमिकामा अनामिका रिजालले उत्कृष्ट अभिनय गरेकी छन् । नाटकमा  वकील बनेका एलिसा भाेग र अदित भुजेलले नाटकलाई उचालेका छन् । न्यायाधीश बनेका झलक थापा, आमा बनेकी  प्रतिभा रिमाल, प्रहरी बनेकी दिप्सना विश्वकर्मा, डाक्टर बनेका दिव्य अमृत  सबैले आ आफ्नाे भूमिकालाई न्याय गर्न परिश्रम गरेका छन् । नाटकका अन्य कलाकारहरूमा सुशील बराल, मनीषा केसी, पालमती थापा, सुरज तिवारी, गोपाल भुसाल र कमल तामाङ रहेका छन् । नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गरेका हुन् ।



कलाकार प्रकाश घिमिरे, अधिवक्ता एवं लेखक दीपक पराजुली, पाेखरा  थिएटरका  निर्देशक परिवर्तन
तथा नाटक केस नं ३११ का नाट्यकर्मीहरूका साथमा शिव सङ्कल्प


चित्रहरू पाेखरा थिएटरकाे फेबुबाट





Monday, May 9, 2022

संसारभरका प्रतिनिधि लोकगीतहरू

 

नेपाली

चिनियाँ

स्पेनिस

अङ्ग्रेजी

हिन्दी

बङ्गाली

पुर्तगाली

रस्सियन

जापानी



पञ्जाबी



भियतनामी

मराठी

तेलुगु



फारसी (इरानी)

सिन्धी

जर्जियन

तान्जानियन स्वाहिली

Saturday, November 27, 2021

चरणदास चोरको पोखरा यात्रा


चरणदास चोरको कथा राजस्थान भारतको लोकथा हो । यसला
 राजस्थानकै लोककथाकार विजयदान देथाले लिपिबद्ध गरेका हुन् । यसलाई भारतीय नाट्यक्षेत्रमा प्रसिद्धि कमाएका छत्तीसगढका हबीव तनवीरले नाटकीय रूप दिए पछि यो कथाको प्रसिद्धि बढेको हो । हबीवकै नाटकमा धरित रहेर सन् १९७५मा श्याम बेनेगलले यही नामको चलचित्र बनाएका थिए । नाटकको रूपमा यो कथा धेरै लोकप्रिय भयो । यसको अनेक भाषामा अनुवाद भयो र मञ्चन भयो । यसलाई  नवलपरासीका रङ्गकर्मी आशान्त शर्माले नेपाली  पश्चिम नेपालको परिवेश र लबजमा ढालेर अनुवाद गरे पछि यो नाटक नेपालमा पनि मञ्चन हुन थाल्यो । यसै क्रममा यो कथालाई पोखराका युवा रङ्गकर्मी निश्चल विमलले पोखरामा पुनर्जीवन दिएका छन् । कोरोना महामारी पछि सुषुप्त रहेको रङ्गकर्मलाई पुनर्जीवन दिने उद्देश्यले स्थापित नाट्यसमूह रेनेसँन्स थिएटरको प्रथम प्रस्तुतिको रूपमा रहेको यो नाटक अहिले पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको छ ।

लोक नाटकको रूपमा रहेको यो नाटकको कथानकमा समाजमा घटित हुने अनेक चरित्रको चित्रण गरिएको छ । कथाला शास्त्रीय दर्शवादी दृष्टिकोण, मनोवैज्ञानिक दृष्टिकोण तथा मार्क्सवादी वर्गसङ्घर्षको दृष्टिकोणबाट समेत हेर्न सकिन्छ । कथा अनुसार चरणदास चोर एक इमानदार चोर हो , जो सत्यवादी छ । उसले फ्ना गुरु समक्ष उसले पाँच कार्य नगर्ने प्रतिज्ञा गरेको छ । शुरुमा ती परिस्थिति कल्पनातीत लागे पनि समयक्रमले उसलाई तिनै काम गर्न पर्ने परिस्थितिमा ल्याउँछ । उसले अनेक कष्ट सहेर फ्ना प्रतिज्ञा पालन गर्छ ।  कथाको अधिकांश समयलाई  हास्यरसले भरिपूर्ण बनाउन खोजिएको छ  भने कथाको अन्तरमा सामाजिक विसङ्गतिप्रतिको कटाक्ष  पनि प्रशस्त रहेको छ ।

करीब २ घण्टा लामो नाटक प्रारम्भमा केही सुस्त लागे पनि अलिकति अघि बढे पछि भने अन्त्यसम्म नै दर्शकला निरन्तर बाँध्न सफल छ । नाटकको मेरुदण्डकै  रूपमा रहेको मुख्य भूमिका निर्वाह गरेका शरदको चपलता तथा भावभङ्गी उत्कृष्ट छन् ।   हवल्दारको भूमिकामा रहेका ध्रुव पौडेल जमेका छन् ।  मुखियाको भूमिकामा रहेका मनोजको अभिनय जीवन्त छ । गुरु बनेका रमेश तिमिल्सिना  र मन्त्री बनेका एमडी काफ्लेको  अभिनयमा परिपक्वता र परिश्रम झल्किएको छ ।   रानी बनेकी एलिसाले फू उत्कृष्ट कलाकार रहेको छाप छोडेकी छन् ।  पनि अन्य भूमिकामा रहेका कलाकारले पनि फ्ना स्थानमा प्रभाव छोडेका छन् । मञ्चसज्जा धेरै सिर्जनात्मक छ । यो नाटकको सबल पक्ष भनेको यसको साङ्गीतिक पक्ष पनि हो । नाटकका मध्य मध्यमा बज्ने गीतहरूका अतिरिक्त पार्श्वध्वनिका रूपमा प्रयोग भएको  शास्त्रीय लापमा समेत रोम तामाङ श्रोताका रोम रोममा बस्न सफल छन् ।

स्थान र समयको अनुकूलता मिल्ने सबै नाट्यप्रेमीहरूले यो नाटक हेर्न पर्ने र अन्यला पनि हेर्न प्रेरणा दिनुपर्ने देखिन्छ । शा छ दर्शकको मागले यसको मञ्चन अवधि लम्बिनेछ ।

स्थान: गन्धर्व नाटकघर, गैरापाटन, पोखरा, लिचीबोट पार्टि प्यालेस नजिकै ।
मिति २०७८ मङ्सिर १ देखि १४ गतेसम्म ।
समय: बेलुका ५ बजे (शनिबार दिउसो १ बजे अतिरिक्त मञ्चन)
टिकट: रू. ५००, र रू. ३०० तथा विद्यार्थीहरूका लागि रू.२००

चित्रहरूः रेनेसन्स थिएटरको फेसबुक

 

 

धेरै पढिएकाे

पृष्ठ संग्रह