Monday, March 6, 2017

पाेलेमनपा नाम मिलेन हाै!

लेखनाथ कविको म ठूलो प्रशंसक हुँ, उनका शिखिरिणी छन्दका कविता भाका हालेर पढ्दा छुट्टै मजा मिल्छ । उनको यथास्थानमा उचित सम्मान हुनु पर्छ । तर महानगरपालिकाको नाम पोखरा-लेखनाथ भनेर राख्नु भन्दा पोखरा मात्रै राख्नु उचित हो । पोखरा र लेखनाथलाई नाममा अस्वाभाविक रूपमा जोल्ट्याइरहन आवश्यक छैन ।

Sunday, March 5, 2017

अक्षरहरूको वास्ना

'

I do not love reading books... rather I would love smelling the letters in them'~Shiva Sankalpa
'मलाई पुस्तकहरू पढ्न मन पर्दैन, मलाई त तिनमा रहेका अक्षरहरूको वास्ना सुँघ्न मन पर्छ'~शिव संकल्प

Saturday, March 4, 2017

गाडी र नेता

कण्डिशनमा भए बीस बर्ष त के तीस, चालीस वर्ष पुरानो गाडी पनि राम्ररी गुडाउन सकिन्छ । कण्डिशनमा नराखे दस बर्ष पुरानो गाडी पनि फाल्नु पर्ने हुन्छ । त्यसैगरी स्वच्छ विचार र स्वस्थ नेता असी बर्ष को भए पनि फरक पर्दैन भने रोगी, ढोंगी र दास मानसिकताको नेता चालीस पचासैको त के अट्ठाइस वर्ष नकटेको भएनि काम लाग्दैन ।

धेरै पढिएकाे

पृष्ठ संग्रह