खाेजी गर्नुहाेस्
Monday, January 16, 2017
व्यंग्यचित्रकाे शक्ति
व्यंग्यचित्र शायद सबैभन्दा सशक्त माध्यम हो समाचारको, सूचनाको अनि विश्लेषणको । आज धेरैले न्यायको जीत भनिरहँदा केही प्रश्न सोध्न मनलाग्यो । के यो चित्रमा देखाइएका तलबाट उचाल्नेहरूले न्याय पाउनुपर्दैन? अझ माथिको त्यो अदृश्य हातवालाले न्याय पाउनुपर्दैन? के हाम्रो न्यायालय सक्षम छ? हामी जनता सक्षम छौँ? साँच्चैको जनता बन्न? साँच्चैको राष्ट्र बन्न? साँच्चैको न्यायव्यवस्था बाँध्न? नभए तिनै दृश्य र अदृश्य शक्तिका दास हाम्रालागि यो यौटा रून्चे पालाको पैँचो देखि के फरक भयो र?
Sunday, January 1, 2017
तन्ना मैलिएछ
म समयलाई चिन्दिन
म आफ्ना विचारपंक्तिलाई नियाल्छु
परिचित अनुहारहरू
अपरिचित भावहरू
अस्पष्ट आन्दोलित मुद्राहरू
तर किंकर्तव्यविमूढ चलिरहेछन्
समय बगिसकेछ
तन्ना मैलिएछ
.
असम्बन्धित अनियन्त्रित र छरपष्ट आशाहरू
सिरानीमा जिस्ता कागजहरू जस्तै थुप्रिएछन्
सुन्दर पुस्तकको कल्पना नगरौ
सामान्य बन्धनको पनि फुर्सत भएन
विश्वासका दुर्गहरू खण्डहरमा बदलिँदा
अक्षरहरूमा घोत्लिन खोज्दा नखोज्दा
दिनहरू र महिना पनि वितिसकेछ
तन्ना मैलिएछ
.
भएभरको साहस बटुलेर
जीवनकक्षामा एकाग्र हुन खोज्दा
भोलिबाट त अवश्य अध्ययनमा जुट्छु भन्दा
छेपाराको आहान भएछ
अध्ययनबाट विचलित हुँदा
सोचहरू खिइँदै गएछन्
तालको डुंगा पारी पुगिसकेछ
तन्ना मैलिएछ
.
ज्ञानलाई जोखेर प्रयोगमा उतार्न खोज्दा
आफ्नै विचारहरू धमिलिइसकेछन्
सोचको नदीमा बाँध बाँध्न नसक्दा
समयको वेगसँगै दगुर्न खोज्दा
लडेको म र मेरो मर्केको हात सुम्सुम्याउन खोज्दा
हिमाल पग्लिएछ
तन्ना मैलिएछ
.
मूल्याङ्कनको मापदण्ड बदलिँदा
गलत र सही दुबैले एउटै पछ्यौरा ओढेर आउँदा
शुभेच्छुकहरूको कुरै छाडौँ
आत्मीयहरूले समेत चिन्न गारो मान्दा
आँसु र हाँसोमा फरक नदेख्दा
आँखाहरू बेकम्मा भैसकेछन्
विचार नदी पनि सुकेछ
तन्ना मैलिएछ
.
चञ्चल चित्तमा जंजीर फसाएर
हिँड्ने अपाङ्गहरूलाइ थाहा छैन
चित्तविजयको आनन्द
स्वतन्त्र साँढे झैँ देखिनाले
बोलेको सत्य समेत
एक्ला बृहस्पति झुट्टा भएछ
मनको कलुष धुन पनि फुर्सद भएनछ
तन्ना मैलिएछ
Recitation of the Poetry @CafeKabita Pokharaप्सिडोनेशनलिष्ट
धर्म मास्नि, भाषा मास्नि, अरू संस्कृति मास्नि अनि टोपी एउटा चैँ उकासे झैँ गर्नि त्यो नि जनवरी १ को दिन रोजेर, एस्ता जरो काटेर पाताँ पानी छम्किनिहरूलाई तिनैका भाषाँ "प्सिडोनेशनलिष्ट" भञ्चन् ।
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
