Wednesday, December 25, 2013

योजकस्तत्र दुर्लभः

अमन्त्रमक्षरं नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुष: नास्ति योजकस्तत्र दुर्लभः ।।
अर्थ: 
त्यस्तो कुनै (कन्द)मूल [वनस्पति] छैन जसको औषधीय गुण नहोस्
त्यस्तो कुनै पुरुष ( मान्छे) छैन जसको कुनै न कुनै योग्यता नहोस्
तर यी कुराहरु (गुण  गुणी) लाई जोड्नेवाला भने दुर्लभ छ!

Sunday, August 18, 2013

धार्मिक व्यापारी

एउटा व्यापारी साहुले नयाँ कर्मचारी राखेको थियो र उसलाई व्यापारको तालीम दिँदै थियो । नयाँ ग्राहक आएपछि कर्मचारीले सोध्थ्यो 'केशव! केशव! ( यी को हुन्? )। साहुले भन्थ्यो 'गोपाल! गोपाल! ( गोठाला हुन्, ग्रामीण हुन्, अज्ञानी हुन्) ।
कर्मचारीले सोध्थ्यो 'हरि! हरि! ( लुटौँ? लुटौँ? ) साहुले भन्थ्यो 'हर! हर! (लुट! लुट!) । जनतालाई लाग्थ्यो खुब धार्मिक स्वभावका व्यापारी छन्, तर उनीहरूको खेल भिन्दै थियो ।

Sunday, June 23, 2013

गायिकाहरू

मलाई मन पर्नेमा गायिकाहरूमा भारतका सुब्बुलक्ष्मी, शमशाद बेगम, गीता दत्त, हेमलता, अाशा, पूर्णिमा(सुषमा श्रेष्ठ), कविता कृष्णमूर्ति, श्रेया घोषाल, कौशिकी चक्रवर्ती अादि हुन् । 
पाकिस्तानका नूरजहाँ, अबिदा परवीन, मुन्नी वेगम, रेशमा  बंगलादेशकी रूना लैला तथा पश्चिमकामा सेलेन डियोन, मराया क्यारी, सनाया ट्वीन, टोनी ब्राक्स्टन अादि मेरा मनपर्ने कलाकार हुन् ।
तर चन्द्रकला नेवारको "अाउन माया गाँसौन " सुन्न पायो भने यी अरू कुनै सुन्न मन लाग्दैन ।

धेरै पढिएकाे

पृष्ठ संग्रह