Sunday, July 8, 2012

वरं शून्या शाला...

वरं शून्या शाला न च खलु वरो दुष्ट वृषभो
वरं वेश्या पत्नी न पुनरविनीता कुलवधूः ।
वरं वासोऽरण्ये न पुनरविवेकाधिपपुरे
वरं प्राणत्यागो न पुनरधमानामुपगमः ॥ (हितोपदेशः ४, १३१)
I prefer an empty stable rather than a wild bull in it
I prefer a whore wife rather than an indecent housewife
I prefer a shelter in woods rather than in a state ruled by idiots
I prefer to die rather than be in the circle of scoundrels.

Saturday, January 21, 2012

हरित्-मृत्यु

हरित्-मृत्यु (शार्दूलविक्रीडित)


हे मृत्यु तँ कसो गरीकन अहो! रङ्गीन छस् दूरमा
कुर्दैछु तँसितै बिहे गरुँ भनी माला लिई हातमा
प्याला लाल बनेर हात बिचको हेर्छस् तँ आँखा तरी
तेरो चुस्कि म लिन्छु सोचिकन यो 'जाडो छ' रातैभरी ।।१।।

मेरो प्रीति कडा छ जीवित अझै साक्षात् हरित्-मृत्युमा
यस्तो लाग्छ म हूँ कि एक पुतली झुल्दो सडक बत्तिमा
साथी होस् तँ बुढो, युवा पनि तँ नै, त्यो दीव्य दैत्यै तँ होस्
निल्दो सुस्तरि छामि चेतनतलै निश्वास सुंघ्दो तँ होस् ।। २ ।।

ताजा बूटि र धूमपूरित अहो यो कक्ष मेरो न हो
मेरो जीवनको स्वतन्त्र पलको मुस्कानको साक्षि हो
हे मृत्यु तँ हरित्-रहस्य जसरि लुक्थिस् सुरापात्रमा ?
धूँवा बन्दुक, गोलि, राजपथमा की जङ्गलि फूलमा ।। ३ ।।

इन्द्रेणी अनि श्यामश्वेत रँगमा, चौडा रजत्-पट्भरी
तेरो त्यो स्मित हास्य फैलन गयो लाखौँ परेको सरी
ज्यूँदो छु म अझै पनि, ग्रहणको छाया सरी सर्दछु
हे प्यारो हरियो ! तँ मृत्यु प्रतिको यो वासना पाल्दछु ।।४।।



Wednesday, November 2, 2011

मोनसान्टोलार्इ राेकाैँ

मोनसान्टो एउटा अमेरिकी बीउ कम्पनी हो जसले आफ्ना उन्नत भनाउँदा बीउ बेच्नका लागि षडयन्त्रपूर्वक हाम्रा परम्परागत बीउ मासिदिन्छ। त्यसपछि हाम्रो कृषि जैविक विविधता खत्तम हुन्छ  हामी सधैँका लागि बीउबिजनका लागि पराश्रित हुन पुग्छौँ। कृषकहरू बीउ मलको खर्च उठाउन सक्दैनन्  भारतमा जसरी आत्महत्या गर्ने अवस्थासम्म पुग्छन्। कृषि गरीबहरुका हातबाट साहुहरूका हातमा पुग्छ। सरकारमा बस्नेहरूलाई स्वार्थमा फसाउन/वा अल्मल्याउन सक्ने भ्रष्ट कर्मचारीका बुई चढाएर स्वार्थी दाताले नेपालमा छिराउन लागेको मोनसान्टोलाई रोक्न तपाईँ हामी पनि सक्छौँ - यसका बारेमा लेखेर, बोलेर आआफ्ना जानपहिचानका राजनीतिक व्यक्तिहरूलाई लबी गरेर। मोनसान्टोलाई रोकौँ, कृषिको सार्वभौमिकता जोगाओँ।

धेरै पढिएकाे

पृष्ठ संग्रह