खाेजी गर्नुहाेस्
Friday, June 10, 2016
ज्ञान र धर्म (न्याय र क्षमा )
कुनै बखतमा एउटा राजकुमार र ऋषिकुमारका बीचमा 'को ठूलो?' भन्ने विवाद भएछ । विवादले ठूलो स्वरूप लिँदै जाँदा कुरा बाजीसम्म पुगेछ । कति बाजी थाप्ने भन्दा राजकुमारले दश करोड स्वर्णमुद्रा वा अझ बीस करोड स्वर्णमुद्राको बाजी थाप्ने कुरा गरे । ऋषिकुमारसँग त त्यत्रो सम्पत्ति नभएकाले उनले भने, "यो दश करोड वा बीस करोड स्वर्णमुद्रा त मसँग छैन यो त असमान बाजी भयो, अाऊ बरु दुवैसँग भएको प्राणकै बाजी थापौँ" । राजकुमार पनि सहमत भए, बरु निर्णय 'कोसँग लिने?' भन्दा ऋषिकुमारले निर्णय राजासँगै लिने कुरा बताए र दुवै राजा समक्ष पुगे । राजाले निर्णय सुनाउँदै राजकुमारलाई भने, "बाबु तिमीबाट बाजी थापेर ठूलो गल्ती भएछ, यी ऋषिकुमारकी आमा तिम्री आमा रानी भन्दा धेरै महान् हुन्, यिनका पिता ऋषि पनि मभन्दा धेरै महान् हुन् र यी ऋषिकुमार पनि तिमीभन्दा धेरै महान् हुन् , अब बाजी अनुसार तिमीले प्राण दिनुपर्ने भयो "। तर ऋषिकुमारले राजकुमारलाई क्षमा दिए । राजकुमारको पनि दम्भ हट्यो । उनले ज्ञान र क्षमाशीलता तथा शासकधर्म र न्यायको सम्बन्ध एवं महत्त्व बुझे ।
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...