Thursday, December 28, 2017

ज्ञानकी डाँकुरानीः अलेक्जाण्ड्रा


अल्मा अाटा डिक्लेरेशनका लागि प्रसिद्ध कजाकिस्तानकाे अल्माटी शहरमा अाजभन्दा २९ वर्ष पहिले जन्मेकी अलेक्जाण्ड्रा एल्बाक्यानले कम्प्युटर र मस्तिष्ककाे सम्बन्धका विषयमा अध्ययन गरेकी  थिइन् । कम्प्युटर सुरक्षा र ह्याकिङमा सिद्धहस्त भएकी उनले रसियाकाे मस्काे र जर्मनीकाे  फ्राइबर्गमा काम गरिन् । 

२०११ मा कजाकिस्तान फर्केर उनले विज्ञान जगत् मा तहल्का मच्चाउने काम गरिन् । मात्र २३ वर्षकी अलेक्जाण्ड्राले संसारका पैसा तिरेर मात्र पढ्न पाइने वैज्ञानिक लेखहरू अाफ्नाे साइट "साइ हब" मार्फत् निःशुल्क पढ्न पाइने व्यवस्था गरिन् । प्रति लेख कम्तिमा ३० डलर तिरेर पढ्नु पर्ने हज्जाराैँ लेखहरू उनकाे साइटमा निःशुल्क पढ्न मिल्ने भयाे । (हाल साइ हबमा उपलब्ध लेखकाे संख्या छ कराेड भन्दा धेरै छ ।) विपन्न देशका विपन्न शाेधार्थीहरूले उनकाे साइटबाट धेरै लाभ लिए तर प्रतिलिपि अधिकार उल्लङ्घनकाे गम्भीर अाराेप उनलाइ लाग्याे । पश्चिमी नवसाम्राज्यवादकाे विराेधी रहेकी अलेक्जाण्ड्राले अाफ्नाे काम कजाकिस्तान र धेरै अरू विपन्न देशमा पनि अनुसन्धान हाेस् भन्ने अवधारणाले जन्मिएकाे बताइन् ।

अमेरिकाकाे प्रकाशक एल्सभाएरले उनी विरूद्ध मुद्दा हालेर उनकाे बेवसाइट बन्द गर्न लगायाे । तर उनले पटक पटक डाेमेन नाम फेर्दै अाफ्नाे बेवसाइट चलाइराखिन् । तर सुपुर्दगीका डरले उनले हाल भूमिगत हुनु परेकाे छ। उनले गर्दै गरेकाे मस्तिष्क विज्ञानकाे शाेध पनि हाल राेकिएकाे छ । 

विश्वप्रसिद्ध वैज्ञानिक पत्रिका नेचरले २०१६ मा विज्ञान जगत् मा व्यापक प्रभाव पार्ने १० व्यक्तिकाे सूचीमा उनलार्इ सामेल गरेकाे  थियाे ।

२०१७मा एउटा नयाँ पत्ता लागेकाे परजीवि बारूलाकाे नाम उनकाे नाममा इडियाेग्रामा एल्बाकिनी भनेर राखियाे ।  उनले यसकाे प्रतिक्रियामा भनिन्  "वास्तविक परजीविहरू ती प्नकाशकहरू हुन् जाे एउटा वैज्ञानिक लेख पढेकाे माेटाे रकम असुल्छन् ।" पछि यसका नामकर्ताले याे नाम उनकाे अपमान गर्न नभै उनकाे  याेगदानकाे सम्मानमा राखिएकाे बताए ।
हाल विश्वकाे वैज्ञानिक जगत् उनकाे पक्ष र  विपक्षमा विभक्त भएकाे छ । उनकाे काम   गैरकानूनी भएकाले धेरैकाे नजरमा उनी अपराधी हुन् भने धेरैकाे नजरमा उनी धनीहरूकाे एकाधिकार ताेड्ने समाजसेवी हुन् ।

Friday, December 15, 2017

मेरा व्यायाम प्रेरणाहरूःसपना व्यास र अदिति गुरुङ

शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारकाे व्यायाम गरीरहेका देखिन्छन् । पुरूष र महिला दुबैले  हिजाेअाज अाफ्नाे शारीरिक तन्दुरुस्ति र स्वास्थ्यकाे लागि व्यायामलार्इ समय छुट्याएका हुन्छन् । 



अाज लेख्दैछु यस्तै दुर्इ जना महिलाहरूकाे बारेमा जसले व्यायामलार्इ अाफ्नाे लगन बनाएका छन् । नियमित व्यायामका साथसाथै खानपानमा  विशेष ध्यान दिएकै कारणले यी दुबैले अाफ्नाे शारीरिक कायापलट मात्र हैन धेरै अरूलार्इ प्रेरणा पनि दिएका छन् ।


भारतकाे गुजरात राज्यस्थित अहमदाबादमा बस्ने  सपना व्यास कुनैबेला ८६ केजी  थिइन् । व्यायाम प्रतिकाे अाकर्षणले उनलार्इ ५३ केजीकी तन्दुरुस्त मात्रै बनाएन व्यायाम र पाेषणमा गम्भीर अध्ययन गर्ने समेत बनायाे । यसै लगनले गर्दा पाेषणमा  पिएच् डी गरेकी व्यास हाल एक चर्चित व्यायाम तथा पाेषण प्रशिक्षक हुन् ।

यसैगरी नेपालकाे पाेखरा निवासी अदिति गुरुङ  मात्र तीनवर्ष अघि ९० केजी थिइन् । तन्दुरुस्त हुन व्यायाम थालेकी अदिति हाल ६० केजी भएकी मात्रै हाेइनन् अाफैमा एक प्रमाणपत्र प्राप्त व्यायाम प्रशिक्षक पनि भैसकेकी छन् । अध्ययनले पेडियाट्रिक नर्सिङकी विशेषज्ञ गुरुङ पाेखरा विश्वविद्यालयकी उपप्राध्यापक हुन् ।

सपना र अदितिकाे परिश्रम र सफलताकाे कथाबाट मैले चाहिँ निरन्तर प्रेरणा लिएकाे छु । यदि तपार्इँ पनि चाहनुहुन्छ भने सपना व्यासकाे फेसबुक तथा इन्स्टाग्राम र अदिति गुरूङकाे फेसबुक तथा इन्स्टाग्राममा गएर व्यायाम र पाेषण सम्बन्धि थप जानकारी र प्रेरणा लिन सक्नुहुन्छ ।

(चित्रः सपना र अदितिकाे इन्स्टाग्रामबाट पूर्व अनुमतिका साथ प्रकाशित )

Monday, December 11, 2017

प्रेमरहस्य (हरिभजन)



हे हरि...
म त  तिम्रै प्रेममा परेँ नि
संसारका दुःख संसारका पीडा
यसैमा भुलेँ नि
हे हरि...

राधा र मीराले पिएथे प्याला
मलाइ नि पिलाउ नन्दका लाला
तिम्रै प्रेममा लपक्कै परेँ नि
हे हरि...

प्रेमकाे डाेरी बाट्दा बाट्दै
न छुट्टी चाय्याे न विदा चाय्याे नि
म त हरि यसैमा भुलेँ  नि
हे हरि...

घर छ मेराे, घर् छैन मेराे
जाँ बसे पनि भर् छैन मेराे
फैलिएँ म त संसारै भरी नि
हे हरि...

तिमी त बस्याै मन् भित्र मेरा
(हरि तिम्लाइ) घर् किन चाय्याे नि
म त हरि कता पाे बस्नु नि
हे हरि...

अाकाश् र धर्तीले पुग्दैन तिम्लाइ
थपक्कै मेराे मनमा अाउनु नि
अनि बस्नु ढली र मली निहे हरि...

छु भने छैन, नभए छु म
बन्नेछु मै पनि
हरि!तिम्राे चरणकाे धूलाे नि 
हे हरि...

बेनामकृत रामूजे इश्कमा अाधारित । मेरा प्रिय मित्र सबिन एकतारे र अाबिदा परवीनलार्इ विशेष धन्यवाद । 



Monday, December 4, 2017

भेडागोठालो र अर्थशास्त्री (बाेधकथा)

कुनै समयमा एउटा गाेठालाे अाफ्ना भेडाहरूकाे विशाल बथानका साथ चरन तर्फ गैरहेकाे  थियाे । यस्तैमा विपरीत दिशाबाट एउटा मान्छे अाएर गाेठालाेलार्इ भन्याे -
"हेर गाेठाला! तिम्राे याे विशाल बथानमा कति भेडा छन् भनेर म नगनीकन ठ्याक्कै भन्नसक्छु नि!"
"हाे र ?" गाेठालाले अचम्म मान्दै साेध्याे, "तिमीले ठ्याक्कै मिलायाै भने म तिमीलार्इ एउटा भेडा उपहारमै दिन्छु!"
"लाै भन त! तिम्राे बथानमा ८८४ भेडा छन् हाे कि हाेइन ?" त्याे मान्छेले भन्याे ।"अाेहाे तिमीले त ठ्याक्कै पार्‍यौ!, एउटा भेडा राेजेर लैजाऊ" गोठालाले चकित पर्दै भन्यो ।
त्यो मानिसले रोजेर एउटा जन्तु काँधमा हालेर लैजान खोज्दै थियो, गोठालाले भन्यो, "सुन त! म पनि तिम्रो पेशा नसोधिकन नै भन्नसक्छु नि!, तिमी पक्कै पनि अर्थशास्त्री हुनुपर्छ, होइन त? "
अब छक्क पर्ने पालो त्यो मान्छेको थियो, उसले उदेक मान्दै सोध्यो-"हो, म अर्थशास्त्री नै हुँ, तर तिमीले कसरी ठ्याक्कै पार्‍यौ? मैले भेडाको संख्या ठ्याक्कै मिलाएकाले होला हैन?"
"हो शङ्का त मलाई त्यतिबेलै लागेको हो तर जब तिमीले मेरो कुकुर रोजेर काँधमा हाल्यौ, त्यसपछि मलाई पक्का भयो।" गोठालाले जबाफ दियो ।

(चित्रः विकिमिडिया कमन्स)

धेरै पढिएकाे

पृष्ठ संग्रह

मैले रूचाएका पानाहरू